१३१ व्यवसायिक संस्थालाई कर तिर्न राजश्वको ताकेता, कारोबार रोक्का गर्ने

<p>काठमाडौँ । आन्तरिक राजश्व कार्यालय नोपलगञ्ज बाँकेले कर बक्यौता नतिर्ने १३१ वटा व्यवसायिक संस्था र फर्महरुलाई कर तिर्न ताकेता गरेको छ । विभिन्न मितिमा बक्यौता बुझाउन फोन सम्पर्क, पत्राचार र संकलन भ्रमण समेत गरी बक्यौता रकम दाखिल गर्न भनिएकोमा हालसम्म पनि बुझाएका छैनन् । कार्यालयको कार्यक्षेत्रमा पर्ने बाँके र बर्दिया जिल्लाका व्यवसायिक संस्था र फर्मलाई [&hellip;]</p>

काठमाडौँ । आन्तरिक राजश्व कार्यालय नोपलगञ्ज बाँकेले कर बक्यौता नतिर्ने १३१ वटा व्यवसायिक संस्था र फर्महरुलाई कर तिर्न ताकेता गरेको छ । विभिन्न मितिमा बक्यौता बुझाउन फोन सम्पर्क, पत्राचार र संकलन भ्रमण समेत गरी बक्यौता रकम दाखिल गर्न भनिएकोमा हालसम्म पनि बुझाएका छैनन् ।

कार्यालयको कार्यक्षेत्रमा पर्ने बाँके र बर्दिया जिल्लाका व्यवसायिक संस्था र फर्मलाई १५ दिन भित्र बक्यौता रकम बुझाउन वा बुझाएको भए प्रमाण पेश गर्न अनुरोध गरेको छ ।

यो अवधि भित्र बक्यौता नबुझाएमा आयकर ऐन २०५८ को दफा १०४ देखि १११ सम्मको कुनै प्रक्रिया वा मूल्य अभिबृद्धि कर ऐन २०५२ को दफा २१(१) बमोजिम तरिका अपनाई व्यवसायिक कारोबार रोक्का, बैंक खाता रोक्का र घरजग्गा रोक्का लगायतका कारवाही गरि बक्यौता असुल गरिने कार्यालयले जनाएको छ ।

कर बक्यौता नतिर्नेहरुको सूचिः

Share News