बेइजिङमा महासंघका उपाध्यक्ष ढकालको संबोधन-नेपालमा लगानी गर्न चिनियाँ उद्योगीलाई आग्रह

<p>काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको राजकीय भ्रमणमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकालले आइतचबार बेइजिङमा आयोजित नेपालमा लगानीका अवसर तथा नेपाल–चीन आर्थिक सम्बन्ध विस्तार विषयक कार्यक्रमलाई सम्बोधन गरेका छन् । राष्ट्रपति भण्डारी उपस्थितिमा आयोजना भएको सो कार्यक्रममा संबोधनका क्रममा उपाध्यक्ष ढकालले सरकारले लगानी मैत्री नीति तथा कानूनहरू परिमार्जनसंगै [&hellip;]</p>

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको राजकीय भ्रमणमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकालले आइतचबार बेइजिङमा आयोजित नेपालमा लगानीका अवसर तथा नेपाल–चीन आर्थिक सम्बन्ध विस्तार विषयक कार्यक्रमलाई सम्बोधन गरेका छन् ।

राष्ट्रपति भण्डारी उपस्थितिमा आयोजना भएको सो कार्यक्रममा संबोधनका क्रममा उपाध्यक्ष ढकालले सरकारले लगानी मैत्री नीति तथा कानूनहरू परिमार्जनसंगै लगानीको वातावरण बन्दै गएको बताउँदै नेपालमा यतिखेर लगानीका लागि उत्कृष्ट समय रहेको प्रष्ट पारे ।

चिनिया उद्यमी व्यवसायीहरूको समेत बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा उपाध्यक्ष ढकालले नेपालमा स्थिर सरकारसंगै लगानीको वातावरण बन्दै गएको स्पष्ट पारे । उनले नेपालमा लगानीका लागि अन्तराष्ट्रिय लगानीकर्ताको आकर्षण समेत बढ्दै गएको पनि बताए ।

नेपाली निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासंघको तर्फबाट उक्त संयुक्त मञ्चलाई सम्बोधन गर्दै उपाध्यक्ष ढकालले सरकारले गत महिना सम्पन्न गरेको लगानी सम्मेलनमा नेपालमा लगानीका लागि विदेशी लगानीकर्ताहरूको उत्साहजनक प्रतिबद्धता आएको र यसबाट निजी क्षेत्रका उद्यमी व्यावसायीहरू पनि उत्साहित भएको बताए ।

नेपालका उद्योगी व्यावसायीहरू चिनियाँ व्यावसायीहरूसँग मिलेर नेपालमा संयुक्त लगानीमा काम गर्न इच्छुक रहेको पनि उनले बताए । सन् १९९६ देखि नै दुवै देशका उद्योगी व्यावसायीहरूले व्यापारिक, सांस्कृतिक एवम् विविध क्षेत्रको सम्बन्ध सुदृढिकरणका लागि काम गरिरहेको जानकारी पनि गराए ।

राष्ट्रपति भण्डारीको भ्रमणबाट आगामी दिनमा दुई देशबीचको आर्थिक सम्बन्ध विकास अझ मजवुद हुने विश्वास निजी क्षेत्रले गरेको पनि उनले स्पष्ट पारे । नेपालमा चिनियाँ लगानी भित्रिने विषयबाट नेपाल सरकारसहित उद्योगी व्यवसायीहरू पनि उत्साहित भएको उपाध्यक्ष ढकालले बताए ।

नेपाल लगानीका लागि उर्वर भूमि रहेको बताउनुहुँदै उपाध्यक्ष ढकालले नेपालमा पूर्वाधार निर्माण, उर्जा, पर्यटन, निर्माण क्षेत्र, सिमेन्ट उद्योग, फलाम खानी, केबलकार, रिसोर्ट तथा व्यावसायिक कृषि लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

चीनले अगाडी सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ्सको अंग बन्न पाउँदा नेपाललाई खुशी लागेको बताउँनुहुँदै यसबाट दुई देशबीचको आर्थिक तथा व्यावसायिक सम्बन्धको प्रवद्र्धन र विकासमा ठूलो सघाउ पुग्ने अपेक्षा नेपाली निजी क्षेत्रले गरेको उपाध्यक्ष ढकालले बताए ।

चीनजस्तो समृद्ध छिमेकी हुनु नेपालका लागि सौभाग्य रहेको बताउनुहुँदै उपाध्यक्ष ढकालले नेपाली उद्योगी व्यवसायीहरूले पनि योजनाबद्ध ढंगबाट अघि बढ्नु पर्ने समय आइसकेको बताए ।

चीनको बीआरआई आयोजनाबाट हामी जस्ता छिमेकीहरूले प्राथमिकता पाउनुपर्ने धारणा राख्नुहुँदै उपाध्यक्ष ढकालले यो आयोजनाले नेपाललाई ‘ल्याण्डलिंक’ हुने अवसर मिल्ने धारणा राख्नु हुंदै नेपालले यस आयोजनाबाट बढी भन्दा बढी लाभ लिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा भ्रमण दलमा सहभागी भएका मन्त्रीहरू, चीनका लागि नेपाली राजदूत लीलामणी पौडेल, भ्रमणदलका सदस्यहरू, चिनिया“ उद्यमी व्यवसायीहरू, राजदूताबासका उच्च अधिकारीहरूको पनि उपस्थिति थियो ।

Share News