काठमाडौं । ओम डेभलपमेन्ट बैंकसँग औपचारिक रुपमा सम्झौता तोडिएको भोलिपल्ट प्राइम बैंकले औसत सुधारसहितको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले प्रकाशन गरेको विवरण अनुसार नाफा करिब ३१ प्रतिशतले बढेर १ अर्ब ५४ करोड रुपैंया पुगेको हो ।
नाफा विस्तार गरेपनि एक वर्षको अवधिमा बैंकको निक्षेप करिब ४ अर्बले घट्दा कर्जा प्रवाह भने करिब साढे २ अर्बले बढेको छ । बैंकको ब्याज आम्दानी १ अर्ब ८३ करोड रुपैंयाबाट २ अर्ब ६० करोड रुपैंया पुर्याएको छ भने कर्मचारी खर्च भने ४५ करोडबाट बढेर ५७ करोड पुगेको छ ।
बैंकले एक वर्षको अवधिमा रिजर्भको आकार १ अर्ब ८३ करोड २ अर्ब ३३ करोड पुर्याएको छ । बैंकको निष्क्रिय कर्जा अनुपात करिब ०.५२ प्रतिशतले बढ्दा १.५८ प्रतिशत पुगेको छ ।
बैंकले बेसरेट र कस्ट अफ फण्डमा सुधार गरेर क्रमशः १०.२० प्रतिशत र ८.२९ प्रतिशत कायम गर्न सफल भए पनि ब्याजको स्प्रेडदर भने घटेको छ ।