अर्घाखाँची सिमेन्टले थप्याे ‘धन वर्षा’ योजनाको समयावधी

<p>काठमाडौं । अर्घाखाँची सिमेन्टले आफ्ना उपभोक्ताका लागि बिगत दुई महिनाअघिदेखि लागू गरिरहेको ‘धन वर्षा’ योजनाको समयावधी केहि समयका लागि थप गरेको छ । अर्घाखाँची सिमेन्टको ‘धन वर्षा’ योजनामा ग्राहकको उत्साहजनक सहभागीता रहेकोले यस स्युर सट नगद उपहार योजनालाई अतिरिक्त केही समयमा लागि निरन्तरता दिइएको कम्पनीले बिहीबार प्रेश विज्ञप्तिमार्फत जानकारी दिएको छ । “नव निर्माणमा धनको [&hellip;]</p>

काठमाडौं । अर्घाखाँची सिमेन्टले आफ्ना उपभोक्ताका लागि बिगत दुई महिनाअघिदेखि लागू गरिरहेको ‘धन वर्षा’ योजनाको समयावधी केहि समयका लागि थप गरेको छ ।

अर्घाखाँची सिमेन्टको ‘धन वर्षा’ योजनामा ग्राहकको उत्साहजनक सहभागीता रहेकोले यस स्युर सट नगद उपहार योजनालाई अतिरिक्त केही समयमा लागि निरन्तरता दिइएको कम्पनीले बिहीबार प्रेश विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

“नव निर्माणमा धनको बहार, अर्घाखाँचीमा करोडाैं उपहार” नारा दिइएको यस योजना अर्घाखाँची सिमेन्टलले स्थापनाको पाँचाैं वर्षको उपलक्ष्यमा मंसिर ८ गतेदेखि माघ ८ सम्मका लागि ल्याएको थियो ।

कम्पनीले यस योजनाअन्तर्गत समयावधी बाहेक अन्य शर्तहरु परिवर्तन नभएको पनि जनाएको छ । यस योजनाअन्तर्गत ग्राहक तथा उपभोक्ताले अर्घाखाँचीको जुनसुकै (ओपिसी वा पिपिसी) १५ बोरा सिमेन्टको खरिदमा एक स्क्रयाच कुपन पाउनेछन् जसलाई स्क्रयाच गरी उपभोक्ताहरुले रु १ सय देखि रु ५ सय, रु १ हजार, रु १० हजार, रु २५ हजार, रु ५० हजार र रु १ लाखसम्मको सुयोर सट नगद उपहार पाउनेछन् । यसरी पाउने नगद उपहारमा नेपाल सरकारको नियमानुसार लाग्ने कर विजेताले नै तिनुपर्नेछ ।

देशैभरी लागु हुने यस योजनाअन्तर्गत भाग्यशाली विजेताले डिलर वा हार्डवयेरमार्फत सिमेन्ट खरिद गर्दाकै समयमा सुयोर सट नगद उपहार प्राप्त गर्नेछन् । ग्राहकसँगको सम्बन्धलाई थप सुदृढ गर्न यस योजनाको समयावधी थपिएको कम्पनीका सहायक महाप्रबन्धक रमेश थापाले बताएका छन् ।

Share News