धरासायी बन्दै हवाई उद्योग, भदौ १६ गतेदेखि आन्तरिक हवाई सेवा नखाेले आन्दोलन गर्ने

<p>काठमाडाैं ।  कोरोना भाइरसको कारण विगत ५ महिनादेखि बन्द रहेको हवाई उद्योग धरासायी बन्दै गएकोप्रति वायु सेवा सञ्चालकहरुले चिन्ता प्रकट गरेका छन् । वायु सेवा सञ्रचालकले मंगलबार विज्ञप्ती जारी गर्दै सरकारले हवाई सेवा सञ्चालन गर्ने निर्णय नगर्दा दिनप्रतिदिन समस्या बढ्दै गएको बताएका छन् । उनीहरुले भदौ १६ गतेदेखि हवाई उडान सञ्चालन गर्न नदिए आन्दोलन गर्ने [&hellip;]</p>

काठमाडाैं ।  कोरोना भाइरसको कारण विगत ५ महिनादेखि बन्द रहेको हवाई उद्योग धरासायी बन्दै गएकोप्रति वायु सेवा सञ्चालकहरुले चिन्ता प्रकट गरेका छन् । वायु सेवा सञ्रचालकले मंगलबार विज्ञप्ती जारी गर्दै सरकारले हवाई सेवा सञ्चालन गर्ने निर्णय नगर्दा दिनप्रतिदिन समस्या बढ्दै गएको बताएका छन् ।

उनीहरुले भदौ १६ गतेदेखि हवाई उडान सञ्चालन गर्न नदिए आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् । सरकारले भदौ १ गतेदेखि लामो दुरीको यातायात र नियमित उडान सुचारु गर्ने निर्णय गर्दा कम्पनीहरूले स्वास्थ्य सुरक्षा निर्देशिकाअनुसार तयारी गरिसकेको भएपनि अहिले पुनः बन्द गरेकोले आफुहरु झ,न बढी समस्यामा पर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

पाँच महिनादेखि व्यवसाय ठप्प रहँदा कम्पनी चलाउन गाह्रो भएको हवाई सेवा व्यवसायीहरूले बताएका छन्। ुहामी विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशिका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर गरेर सबै तयारी गरिसकेको भएपनि फेरि सरकारले हवाई सेवा स्थागित गर्नु राम्रो नभएको उनीहरुको भनाई छ ।

Share News