चीनमा पनि खोलियो नेपाल चेम्बर अफ कमर्सको शाखा

<p>काठमाडाैं । चीनमा नेपाल चेम्बर अफ कमर्सको शाखा खोलिएको छ । द्विपक्षीय व्यापारिक वातावरण सुमधुर बनाउने उद्देश्यले चीन चच्याङ प्रान्तस्थित व्यापारिक सहर यी वू मा पहिलो पटक नेपाल–चीन चेम्बर अफ कमर्सको शाखा स्थापना गरिएको हो । चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेले चिनियाँ अधिकारीहरूसँग मिलेर बिहीबार उद्घाटन शाखाको गरेका थिए । कोभिड महामारीले विश्वको अर्थतन्त्र [&hellip;]</p>

काठमाडाैं । चीनमा नेपाल चेम्बर अफ कमर्सको शाखा खोलिएको छ । द्विपक्षीय व्यापारिक वातावरण सुमधुर बनाउने उद्देश्यले चीन चच्याङ प्रान्तस्थित व्यापारिक सहर यी वू मा पहिलो पटक नेपाल–चीन चेम्बर अफ कमर्सको शाखा स्थापना गरिएको हो ।

चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेले चिनियाँ अधिकारीहरूसँग मिलेर बिहीबार उद्घाटन शाखाको गरेका थिए । कोभिड महामारीले विश्वको अर्थतन्त्र शिथिल भइरहेका बेला चीनले व्यापारिक वातावरणलाई खुलापन दिने क्रममा अन्तरदेशीय सम्पर्क माध्यम स्वरुप चेम्बरको शाखा स्थापनामा अग्रसरता देखाएको हो ।

चीनमा शाखा खोलिएपछि नेपाली व्यवसायीहरु उत्साहित भएका छन् । चीनबाट नेपालमा सामान पठाएर रित्तै फर्किने गरेका कन्टेनरलाई नेपालस्थित चेम्बरको समन्वयमा नेपाली उत्पादन भरेर चीन फर्काउन, कार्गो यात्रामा असहजता भएमा स्थानीय सरकारमार्फत् माथिल्लो तहसम्म ध्यानाकर्षण गराउन, यी वू का लगानीकर्ताहरूलाई नेपालमा लगानीका लागि आकर्षित गर्न र नेपाली वस्तु तथा पर्यटनको प्रवद्र्धन भएर व्यापारिक सम्बन्ध अझै बलियो बनाउन सकिने विश्वास पनि लिइएको छ ।

Share News