महिन्द्राकाे गाडी किन्न माछापुच्छ्रे बैंकले सहुलियतपुर्ण सवारी कर्जा दिने

<p>काठमाडौं । महिन्द्राकाे गाडी किन्न माछापुच्छ्रे बैंकले सहुलियतपुर्ण सवारी कर्जा दिने भएकाे छ । आइतबार बैंक र महिन्द्रा बाण्डको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड बिच सहुलियतपुर्ण सवारी कर्जा दिने सम्झौता भएको हाे । उक्त सम्झौता पत्रमा अग्नि इन्कर्पोरेटेडको तर्फबाट प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ तथा माछापुच्छ«े बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका थिए [&hellip;]</p>

काठमाडौं । महिन्द्राकाे गाडी किन्न माछापुच्छ्रे बैंकले सहुलियतपुर्ण सवारी कर्जा दिने भएकाे छ । आइतबार बैंक र महिन्द्रा बाण्डको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड बिच सहुलियतपुर्ण सवारी कर्जा दिने सम्झौता भएको हाे ।

उक्त सम्झौता पत्रमा अग्नि इन्कर्पोरेटेडको तर्फबाट प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ तथा माछापुच्छ«े बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत र अग्नि इन्कर्पोरेटेडका देशभर रहेका डिलरबाट सवारीसाधान खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।

Share News