चन्द्रागिरिका महाप्रबन्धक शाह ‘वर्ल्ड बुक अफ रेकर्डस्’ बाट सम्मानित

<p>काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाह सम्मानित भएका छन् ।  बेलायतस्थित वर्ल्ड बुक अफ रेकर्डस्ले हस्पिटालिटी र पर्यटन क्षेत्रमा पुर्याएको योगदानको लागि शाहलाई सम्मान गरेको हाे। आइतबार आयोजित एक विशेष कार्यकमकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनले शाहलाई उक्त सम्मानबाट सम्मानित गरेका हुन् । व्यवसायिक र सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने प्रभावशाली व्यक्तित्वहरुलाई सम्मान गर्दै जाने [&hellip;]</p>

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाह सम्मानित भएका छन् ।  बेलायतस्थित वर्ल्ड बुक अफ रेकर्डस्ले हस्पिटालिटी र पर्यटन क्षेत्रमा पुर्याएको योगदानको लागि शाहलाई सम्मान गरेको हाे।

आइतबार आयोजित एक विशेष कार्यकमकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनले शाहलाई उक्त सम्मानबाट सम्मानित गरेका हुन् ।

व्यवसायिक र सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने प्रभावशाली व्यक्तित्वहरुलाई सम्मान गर्दै जाने परम्परा अनुरुप उक्त सम्मानबाट शाहलाई सम्मानित गरिएको वर्ल्ड बुक अफ रेकर्डस् नेपाल च्याप्टर प्रमुख सागर कटुवालले बताए । शाह गत ६ वर्षदेखि उक्त कम्पनीमा कार्यकारी प्रमुखकाे जिम्मेवारीमा छन् ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

Share News