नाडामा देखिएका समस्या समाधान गर्न मेरो उम्मेद्वारी: ध्रुव थापा

<p>काठमाडौं । व्यवसायी धुव्र थापाले नाडामा देखिएका समस्या समाधान गर्न नै आफुले अध्यक्ष पदमा उम्मेद्वारी दिएको बताएका छन् । ‘अब बनाउनु छ नाडा, सबै अटोमोवाइल्स व्यवसायसीको साझा’ भन्ने मूल नाराका साथ ध्रुव थापाको समूह चुनावकाे लागि तयार गर्दैछ । अध्यक्षका प्रत्याशी थापा आफू विगतमा दुई पटक नाडाको उपाध्यक्ष पदमा रहेर काम गरेको भन्दै नाडामा देखिएको समस्या [&hellip;]</p>

काठमाडौं । व्यवसायी धुव्र थापाले नाडामा देखिएका समस्या समाधान गर्न नै आफुले अध्यक्ष पदमा उम्मेद्वारी दिएको बताएका छन् ।

‘अब बनाउनु छ नाडा, सबै अटोमोवाइल्स व्यवसायसीको साझा’ भन्ने मूल नाराका साथ ध्रुव थापाको समूह चुनावकाे लागि तयार गर्दैछ ।

अध्यक्षका प्रत्याशी थापा आफू विगतमा दुई पटक नाडाको उपाध्यक्ष पदमा रहेर काम गरेको भन्दै नाडामा देखिएको समस्या समाधान गर्न आफू सक्षम रहेको बताउँदै आएका छन् । उनले दुई कार्यकाल उपाध्यक्ष पदमा बसेको भएपनि केही व्यक्तिले आफूले नेतृत्व गर्न नसक्ने आरोप लगाएको भन्दै त्यसको खण्डन समेत गरेका छन् ।

‘हरेक संघ संस्थामा बसेर मैले कुसल नेतृत्व दिएको छु । यो क्षेत्रमा रहेका सानादेखि ठूला समस्यासँग म जानकार छु, विगतदेखिनै तपाईहरुको बीचमा रहेर काम गरेको छु । तपाईंहरुको हरेक समस्या आफैँलाई परेको सम्झेर काम गर्ने छु’, उनले भने ।

उनले आफू नाडामा २० औँ वर्षदेखि प्रत्यक्ष सकृय भएर लागेको र मफोसलबाट प्रतिनिधित्व गर्दा नाडालाई देशव्यापी रुपमा विस्तार गर्नु पर्छ भनि पटक पटक आवाज उठाउँदै आएकाे पनि बताए ।

थापाले आगामी चुनावपछि नाडाको समस्या निराकरणका लागि नीतिगत सुधार, सचिवालय सुधार, नाडाको अटो शो, सदस्यहरुको क्षमता अभिबृद्धि, डाटा हव निमार्ण, समाजिक उत्तरदायित्व जस्ता सुधारात्मक कामहरुलाई ध्यान दिने बताएका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को निर्वाचन नजिकिएसँगै व्यवसायीहरु चुनाव केन्द्रीत भएर अन्तक्रिया तथा छलफलमा जुटेका छन् ।

 

 

 

Share News