प्योर इभीको नयाँ वर्ष अफर: हात खाली नजाने क्यासब्याक र उपहार

<p>काठमाडौं । इलेक्ट्रिकल स्कुटर प्योर इभीको आधिकारी विक्रेता वाहईट लोटस मोटर्सले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । कम्पनीले यस अफर अन्तर्गत ग्राहकले प्योर इभीको हरेक स्कुटरको खरिदमा छुटसँगै हात खाली नजाने उपहार पाउनेछन् । कम्पनीको अनुसार प्योर इभीको इप्लुटो ७ जि, इट्रेन्स एनइवो र इट्रेन्स प्लसको खरिदमा ग्राहकले छुट र उपहार [&hellip;]</p>

काठमाडौं । इलेक्ट्रिकल स्कुटर प्योर इभीको आधिकारी विक्रेता वाहईट लोटस मोटर्सले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । कम्पनीले यस अफर अन्तर्गत ग्राहकले प्योर इभीको हरेक स्कुटरको खरिदमा छुटसँगै हात खाली नजाने उपहार पाउनेछन् ।

कम्पनीको अनुसार प्योर इभीको इप्लुटो ७ जि, इट्रेन्स एनइवो र इट्रेन्स प्लसको खरिदमा ग्राहकले छुट र उपहार पाउनेछन् । यी तिन स्कुटर मध्ये कुनै एक खरिद गर्दा ग्राहकले ८ हजार रुपैयाँ क्यासब्याक र प्योर इभीको हुडी वा स्वेटर पाउनेछन् ।

यसका साथै बम्पर उपहारमा एकजना ग्राहकले लक्की ड्र मार्फत पोखराको वाटरफ्रन्ट रिसोर्टमा दुई दिन तीन रात नि:शुल्क बस्न पाउनुको साथै दुई वटा टु वे हवाई टिकट पाउनेछन् ।

Share News