एमजी जेडएस इभीको फेसलिफ्ट मोडल नेपालमा सार्वजनिक हुँदै, यस्तो छ विशेषता

<p>काठमाडौं ।  एमजीको जेडएस इभी नेपालमा सर्वाधिक विक्री भएको विद्युतीय गाडी हो । एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले एमजीको जेडएस इभी सर्वाधिक बिक्री भएपछि नयाँ मोडलको एमजी नेपालमा ल्याउन लागेको छ । मोटर्सले एमजीको सर्वाधिक सफल इलेक्ट्रीक मोडल जेडएसको फेसलिफ्ट मोडल नेपालमा आइतबार सार्वजनिक गर्न लागेको छ । आईतबार गाडीको मोडल सार्वजनिक गरेपछि बुकिङ खुल्ला [&hellip;]</p>

काठमाडौं ।  एमजीको जेडएस इभी नेपालमा सर्वाधिक विक्री भएको विद्युतीय गाडी हो । एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले एमजीको जेडएस इभी सर्वाधिक बिक्री भएपछि नयाँ मोडलको एमजी नेपालमा ल्याउन लागेको छ ।

मोटर्सले एमजीको सर्वाधिक सफल इलेक्ट्रीक मोडल जेडएसको फेसलिफ्ट मोडल नेपालमा आइतबार सार्वजनिक गर्न लागेको छ । आईतबार गाडीको मोडल सार्वजनिक गरेपछि बुकिङ खुल्ला गर्ने कम्पनीले तयारी गरेको छ । कम्पनीले आईतबार दुई भेरियन्ट सार्वजनिक गर्न लागेकाे हाे ।

नेपालमा सर्वाधिक बिक्री भएको जेडएस गाडीको तुलनामा नयाँ फेसलिप्टमा धेरै फरक रहेको छ । यसअघिको जेडएसमा ४४.५ किलोवाट आवरको ब्याट्री रहेकोमा नयाँ भेरियन्टमा ५१.१ किलोवाट र ७२.६ किलोबाट गरी दुई ब्याट्री रहेको छ ।

ब्याट्रीको साइज बढाइएका कारण यसले दिने रेन्ज बढ्ने मूल्य बढ्ने कम्पनीले जनाएको छ । कम्पनीले जेडएस मोडलको गाडीलाई ५१ लाख रुपैयाँमा बिक्री वितरण गर्दै आएको छ ।

Share News