काठमाडौं । लामो समयदेखि बन्द रहेको सवारी चालक अनुमति पत्रका (नयाँ तथा वर्ग थप) अनलाइन आवेदन सोमबार साँझदेखि खुल्ने भएको छ ।
यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै साँझ ६ बजेदेखि नयाँ अनलाईन आवेदन खुल्ने जनाएको हो ।
विभागले आजदेखि नयाँ अनलाईन आवेदन खुला गरिएको जनाउँदै अर्काे साताको सोमबारबाट खुला गरिने जनाएको छ ।
सेवाग्राहीको अधिक चाप र सर्भरमा समस्या देखिएपछि विभागले गत चैत १ गतेदेखि लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द गरेको थियो ।