शिवम् सिमेन्टद्वारा निर्माणकर्मीको परिवारलाई १० लाखको बीमा रकम भुक्तानी

<p>काठमाडौं । शिवम् सिमेन्टले दुर्घटना बीमा अन्तर्गत दुई जनालाई १० लाख बराबरको मृत्यु बीमा रकम हस्तान्तरण गरेको छ । कम्पनी आफैले निर्माणकर्मीहरुको बीमा गरिदिएकाे थियाे । यसअघि पनि देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरुबाट माग दाबी भए अनुसार शिवम् सिमेन्टले ५ लाख बराबरको मृत्यु बीमासहित दुर्घटना जोखिम बीमा बापतको रकम हस्तान्तरण गरेको थियो । दैनिक निर्माणकार्यमा खटिने निर्माण [&hellip;]</p>

काठमाडौं । शिवम् सिमेन्टले दुर्घटना बीमा अन्तर्गत दुई जनालाई १० लाख बराबरको मृत्यु बीमा रकम हस्तान्तरण गरेको छ । कम्पनी आफैले निर्माणकर्मीहरुको बीमा गरिदिएकाे थियाे ।

यसअघि पनि देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरुबाट माग दाबी भए अनुसार शिवम् सिमेन्टले ५ लाख बराबरको मृत्यु बीमासहित दुर्घटना जोखिम बीमा बापतको रकम हस्तान्तरण गरेको थियो ।

दैनिक निर्माणकार्यमा खटिने निर्माण कर्मीहरुको जोखिमलाई मध्यनजर गर्दै शिवम् सिमेन्टले देशका विभिन्न ५२ स्थानहरुमा रहेका ३ हजारभन्दा बढि निर्माणकर्मीहरुको ५ लाख बराबरको जोखिम बीमा गरेको थियो ।

 

Share News