बैंकहरुले बढाएको ब्याज तत्काल फिर्ता लिन महासंघको माग, अर्थतन्त्रमा थप संकट आउने चिन्ता

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बैंकहरुले बढाएको ब्याज तत्काल फिर्ता लिन माग गरेको छ । बैंक वित्तिय संस्थाहरूले असोज एक.देखि लागू हुने गरी ब्याज बढाएको बताउँदै महासंघले सो निर्णय तत्काल फिर्ता लिन माग गरेको हो । यो निर्णयले कर्जाको ब्याजदर अकासिने महासंघको अनुमान छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको समयमा वाह्य र [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बैंकहरुले बढाएको ब्याज तत्काल फिर्ता लिन माग गरेको छ । बैंक वित्तिय संस्थाहरूले असोज एक.देखि लागू हुने गरी ब्याज बढाएको बताउँदै महासंघले सो निर्णय तत्काल फिर्ता लिन माग गरेको हो ।

यो निर्णयले कर्जाको ब्याजदर अकासिने महासंघको अनुमान छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको समयमा वाह्य र वित्तिय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत हुनेतर्पm महासंघ सरकार, केन्द्रिय बैंक र बैंक वित्तिय संस्थाहरूको ध्यानाकर्षण गराएको छ ।

‘बढदो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको छ भने उत्पादित सामानको मुल्य अकासिएर आम सर्वसाधारणको जिविका पनि कष्टकर हुँदै गएको छ, आठ प्रतिशत भन्दा माथि पुगिसकेको मुद्रास्फिति दरलाई बैंक वित्तिय संस्थाहरूको यस निर्णयले थप माथि लग्नेछ, अर्थतन्त्र सुंकचित हँुदै जाँदा सरकारको राजस्व संकलन समेत करिब २० प्रतिशतले न्यून हुन गएको छ,’ महासंघको विज्ञप्तिमा उल्लेख छ ।

संकटको बेलामा जोखिम बा“डेर अर्थतन्त्रका सबै क्षेत्रले एक अर्कालाई सहयोग गर्नुपर्ने अहिलेको रहेको बताउँदै विशेषगरि कोभिडका कारण पहिलो बन्दाबन्दीको अवस्थामा बैकिङ क्षेत्रबाट प्राप्त सहयोगको महासंघ प्रशंसा गरेको उल्लेख छ । तर, पछिल्लो निर्णयले व्याज दरमा अस्थिरता हुँदा संचालनमा रहेको व्यवसाय जोखिममा पर्ने र नया“ लगानी निरूत्साहित हुने बताइएको छ ।

अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्रमा ऋणको ब्याजभार थपिन जाँदा अर्थतन्त्रमा संकट आउन सक्ने आंकलन गर्न महासंघको छ ।

Share News