काठमाडौं । जम्बो ब्राभो इलेक्ट्रीक स्कुटरको शोरुम काठमाडौंमा संचालनमा आएको छ । कम्पनीले आज एक कार्यक्रमबीच नक्साल नागपोखरीमा सोरुम उद्धघाटन गरेको हो ।
कम्पनीले क्यापाचिनो एस इलेक्ट्रीक स्कुटरसमेत नेपाली बजारमा सार्वजनिक गरेको छ । जम्बो ब्राभो इलेक्ट्रीक स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी जम्बो मोटर्सले ४ लाख २९ हजार रुपैयाँ तोकेर क्यापाचिनो एसको विक्री सुरु गरेको हो ।
उक्त कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष विनोद न्यौपानेले भने, ‘हामि पहिलादेखि नै हेटौडामा इलेक्ट्रीक दुई पाग्रे तथा तीन पाग्रे सवारी साधन विक्री गर्दै आएका छौं, काठमाडौंमा समेत हाम्रो स्कुटरको माग बढ्दै गएका कारण आज हामीले यहाँ नक्सालमा सोरुम संचलनामा ल्याएका छौ र गुणस्तरीय इलेक्ट्रीक स्कुटर ग्राहकलाई उपलब्ध गराउने छौं ।’ हामिले एक पटकको फुल चार्जमा १४० किलोमिटर सम्म गुडाउन सकिने स्कुटर नेपाली बजारमा भित्र्याएका छौं ।
कम्पनीले सार्वजनिक गरेको क्यापाचिनो इलेक्ट्रीक स्कुटरमा ५५ एम्पीयर ७२ भोल्टको लिथियम आयन ब्याट्री रहेको छ । यसमा ६ किलोवाट पिक क्षमताको मोटर प्रयोग गरिएको कम्पनीले जनाएको छ । यो स्कुटरको टप स्पीड क्षमता भने ८० किलोमिटर प्रतिघन्टा रहेको छ ।
क्यापाचिनोमा २८ लिटर क्षमताको ठुलो बु्ट स्पेश रहेको छ । त्यस्तै, यसमा ब्लुटुथ कनेक्टिभिटीसहितको फुल डिजिल डिस्प्ले रहेको छ भने, कि लेस स्टार्ट, एलइडी लाइट्स, डबल डिस्क ब्रेक, सिबिसी ब्रेकिङ जस्ता फिचर पाउन सकिन्छ ।
जम्बो मोटर्सले विगत १० वर्षदेखि विद्युतिय सवारी साधनको विक्री वितरण गर्दै आएको छ । कम्पनीले जम्बो तथा ओपाइ ब्रान्डका इलेक्ट्रीक स्कुटरहरू बिक्री गर्दै आएको छ ।