महानगरले अनामनगरको भद्रकुमारी घले सेवा सदनमा चलायो डोजर

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा कब्जा गरि भद्रकुमारी घले सेवा सदन सञ्चालन गरिएको भन्दै त्यसलाई खाली गराउन नगरप्रहरी पुगेको छ । नगरप्रहरीले तीन दिन अघि उक्त भवन खाली गर्न पत्रकाटेको थियो । तर तोकिएको समयमा भवन खाली नगरेपछि नगरप्रहरीले डोजर चलाउन लागेको हो । सदनमा ठूलो संख्यामा प्रहरी समेत परिचालन गरिएको छ । उक्त [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा कब्जा गरि भद्रकुमारी घले सेवा सदन सञ्चालन गरिएको भन्दै त्यसलाई खाली गराउन नगरप्रहरी पुगेको छ ।

नगरप्रहरीले तीन दिन अघि उक्त भवन खाली गर्न पत्रकाटेको थियो । तर तोकिएको समयमा भवन खाली नगरेपछि नगरप्रहरीले डोजर चलाउन लागेको हो ।

सदनमा ठूलो संख्यामा प्रहरी समेत परिचालन गरिएको छ । उक्त भवनमा असहाय अशक्त वृद्धवृद्धाहरुको लागि आश्रम सञ्चालन गरिएको छ ।

महानगरका मेयर बालेन्द्र शाहको सचिवालयकाअनुसार सार्वजनिक जग्गामा अनाधिकृत रुपमा भद्रकुमारी घलेले आफ्नो संस्था ‘भद्रकुमारी घले सेवा सदन’ सञ्चालनमा ल्याएकी थिइन् ।

महानगरले यसअघि सूचना प्रकाशित गर्दै उक्त ठाउँलाई खाली गर्नका लागि पनि निर्देशन दिएको थियो । पछिल्लो पटक तीन दिने सूचना निकाल्दै कब्जा गरिएको सार्वजनिक जग्गा खाली गर्न भन्दा पनि सो नभएपछि नगर प्रहरी आफैं पुगेको हो ।

महानगरले पछिल्लो समय अनाधिकृत रुपमा सार्वजनिक जग्गा कब्जा गरेर बस्नेहरुलाई जग्गा खाली गर्न सुचित गराइरहेको छ । बुधबार महानगरको नगर प्रहरी पुगेकै वडा नम्बर १० क्षेत्रमा अन्यले पनि सार्वजनिक जग्गा कब्जा गरेको महानगरका मेयरको सचिवालयले जनाएको छ ।

 

Share News