काठमाडौं । चन्द्रागिरि यातायातले नागढुंगा देखि गोदावरीको टिकाथली पुलसम्म बस सञ्चालन गर्ने भएको छ । काठमाडौंको चन्द्रागिरि यातायातले नागढुंगा देखि महालक्ष्मी नगरपालिका ०५ गोदावरीको टिकाथली पुल सम्म बस संचालनमा ल्याएको हो ।
चन्द्रागिरि यातायातले नागढुंगा, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्क, माइतीघर, बानेश्वर, कोटेश्वर, जडिबुटी, इमाडोल र ललितपुरको महालक्ष्मी नगरपालिका ०५ गोदावरीको टिकाथली पुलसम्म रुट बस संचालनमा ल्याएको हो ।
चन्द्रागिरि यातायातले नागढुंगा देखी ललितपुरको महालक्ष्मी नगरपालिका ०५ गोदावरी पुल सम्म ३० ठूला बस संचालनमा ल्याएको हो ।
चन्द्रागिरी यातायातले चालक, सहचालक र यात्रुको सुरक्षा मापडण्ड अपनाई बसमा चढ्ने व्यवस्था गरिएको छ । ती बसहरु यात्रुको चाप हेरि हरेक ५ देखि १० मिनेटमा छुट्ने बताइएको छ ।