आज विश्व मिर्गौला दिवस, विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै

<p>काठमाडौं । आज विश्व मिर्गौला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाउँदै आइएको छ । यस वर्ष लागि ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन लागिएको छ । विभिन्न स्वास्थ्यसँग सम्बन्धित सङ्घसंस्थाले बिहान रत्नपार्क, शान्ति बाटिका बाट [&hellip;]</p>

काठमाडौं । आज विश्व मिर्गौला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाउँदै आइएको छ ।

यस वर्ष लागि ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन लागिएको छ ।

विभिन्न स्वास्थ्यसँग सम्बन्धित सङ्घसंस्थाले बिहान रत्नपार्क, शान्ति बाटिका बाट मिर्गौला पदयात्राको सुरुवात गर्दैछन् । उक्त पदयात्रा दशरथ रङ्गशालामा पुगेर प्रत्यारोपित र अङ्गदाताको समूहसँग कलाकार, पत्रकार, समाजसेवी, चिकित्सक र कर्मचारीहरूबीच मैत्रीपूर्ण फुटबल खेल हुनेछ ।

प्रत्येक १० जना मध्ये एक जनालाई मिर्गौला रोग लाग्ने गरेको तथ्यांकले देखाउँछ । विश्वभरि नै मिर्गौला रोगको प्रकोप बढी रहेको परिप्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्त्वपूर्ण उपायहरूबारे सबैलाई सचेत गराउने उद्देश्यले मिर्गौला दिवसको आयोजना हुने गरेको छ ।

Share News