अटो क्षेत्र अब एकादेशको कथा बन्ने अवस्था आउँदैछ : करण चौधरी

<p>नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले अटो क्षेत्रको बिजनेस ७२ प्रतिशतले घटेको बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले वर्तमान आर्थिक संकट र अबको सम्भावना विषयमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा उनले यस्तो बताएका हुन् । ‘विगतमा चारपांग्रे सवारीसाधन १९ हजार आयात हुन्थ्यो, अहिले ६ हजारमा सीमित भएर यो महिना १२ हजार [&hellip;]</p>

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले अटो क्षेत्रको बिजनेस ७२ प्रतिशतले घटेको बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले वर्तमान आर्थिक संकट र अबको सम्भावना विषयमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

‘विगतमा चारपांग्रे सवारीसाधन १९ हजार आयात हुन्थ्यो, अहिले ६ हजारमा सीमित भएर यो महिना १२ हजार पुग्छ कि भन्ने विश्वास छ,’ उनले भने, ‘त्यो पनि ईभीको संख्या जोडेर ।’

अध्यक्ष चौधरीले अहिले नेपालमा कमर्सियल भेइकलको काम इण्डियन मालवाहक भेइकलले गरेको पनि बताए । यस्तै उनले मान्छे डिजेल पेट्रोलका गाडीबाट ईभीमा ट्रान्सफर भए भन्ने बजार हल्ला पनि गतल भएको बताए ।

अध्यक्ष चौधरीले अहिलेको समयमा अटो क्षेत्रले मात्रै नभएर डिलरहरू पनि समस्यामा भएको बताए । ‘डिलरको पनि लगानी डुबिरहेको छ, अधिकांश डिलरले जग्गा लिनु भनेर भन्छन् ।’

उनले गाडीका ४० प्रतिशत पार्टस् र लुब्रिकेन्ट अवैध रूपमा भित्रिरहेको बताए । ‘यो अवस्थामा अब अटो क्षेत्रको भविष्यमाथि प्रश्न गर्ने बेला आएको छ, अब सबैका लागि एकादेशको कथा अटो क्षेत्र बन्न सक्छ,’ उनले भने ।

Share News