३१.३१ अंकले घट्यो नेप्से, ८ अर्बको सेयर किनबेच

<p>काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) घटेको छ । नेप्से ३१.३१ अंकले घटी २६८०.४४ विन्दुमा बन्द भएको छ। आज कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । आज आठ अर्ब २५ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएकाे छ । आज ८ अर्ब २५ करोडको सेयर कारोबार भएकाे [&hellip;]</p>

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) घटेको छ । नेप्से ३१.३१ अंकले घटी २६८०.४४ विन्दुमा बन्द भएको छ।

आज कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । आज आठ अर्ब २५ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएकाे छ ।

आज ८ अर्ब २५ करोडको सेयर कारोबार भएकाे छ ।

आज ४३ कम्पनीको सेयर मूल्य बढेको छ भने १९७ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य स्थिर छ ।

सामुदायिक लघुवित्त र थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । जानकी फाइनान्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

कारोबारतर्फ नेपाल फाइनान्सको २५ करोडको सर्वाधिक कारोबार भएको छ। यसबाहेक ङादी ग्रुप पावर २३ करोड, रसुवागढी हाइड्रोपावर १९ करोड, हिमालय ऊर्जा १८ करोडको कारोबार भएको छ ।

Share News