धौलागिरी लघुवित्तले लाभांश नदिने, सेयरधनीको हात खाली

<p>काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । संस्थाको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । योसँगै सेयरधनीको हात खाली हुने भएको छ । संस्थाको सोही बैठकले २०८१ असार मसान्तसम्मको बासलात, आर्थिक वर्ष [&hellip;]</p>

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष सेयरधनीहरुलाई लाभांश नदिने भएको छ ।

संस्थाको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । योसँगै सेयरधनीको हात खाली हुने भएको छ ।

संस्थाको सोही बैठकले २०८१ असार मसान्तसम्मको बासलात, आर्थिक वर्ष २०८०/८१ को नाफा, नोक्सान, तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण माथि छलफल गरी सो लाई स्वीकृतका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

Share News