ग्लोबल मनी विकको अवसरमा राष्ट्रिय वाणिज्य बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम

<p>काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्लोबल मनी विकको अवसरमा देशभर २९४ शाखामार्फत १० हजारभन्दा बढी नागरिकलाई वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण प्रदान गरिरहेको छ। बैंकले चैत ४ देखि १० गतेसम्म &#8216;Think before you follow, wise money tomorrow&#8217; नारासहित वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिरहेको छ । सातै प्रदेशमा रहेका शाखा कार्यालयमार्फत विद्यार्थी, कर्मचारी, मजदुर, कृषक लगायतलाई [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्लोबल मनी विकको अवसरमा देशभर २९४ शाखामार्फत १० हजारभन्दा बढी नागरिकलाई वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण प्रदान गरिरहेको छ।

बैंकले चैत ४ देखि १० गतेसम्म ‘Think before you follow, wise money tomorrow’ नारासहित वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिरहेको छ । सातै प्रदेशमा रहेका शाखा कार्यालयमार्फत विद्यार्थी, कर्मचारी, मजदुर, कृषक लगायतलाई डिजिटल बैंकिङ, बचत, कर्जाको सदुपयोग, साइबर सुरक्षा, तथा वित्तीय कारोबारका फाइदाबारे सचेतना दिने कार्य भइरहेको छ।

यस अभियान अन्तर्गत, बैंकले क्यूआर, पोस सेवा, आरविवि स्मार्ट बैंकिङ, इन्टरनेट बैंकिङ, ओटीपी, रेमिट्यान्स कारोबार जस्ता सेवाबारे नागरिकहरूलाई जानकारी गराइरहेको छ। साथै, वित्तीय सचेतनामूलक अन्तरक्रिया, सामाजिक सञ्जालमार्फत श्रव्यदृष्य सामग्री प्रसारण, तथा वित्तीय साक्षरता कार्यक्रम समेत नियमित रूपमा सञ्चालन गर्दै आएको बैंकले जनाएको छ ।

सन् २०१२ देखि १७६ भन्दा बढी मुलुकमा मनाइँदै आएको ग्लोबल मनी विक मुख्यतः किशोर-किशोरी तथा युवा-युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरूकता फैलाउने उद्देश्यले सञ्चालन गरिएको विश्वव्यापी अभियान हो । राष्ट्रिय वाणिज्य बैंकले यस अभियानलाई नेपालभर विस्तार गर्दै वित्तीय साक्षरताको पहुँच बढाउने लक्ष्य लिएको छ ।

Share News