काठमाडाै । सरकारले आगमी आर्थिक वर्ष २०८२/८३ मा पशुपालनमा लाग्ने रोग तथा महामारी नियन्त्रणको लागि ५ करोड ५० लाख डोज खोप उत्पादन गर्ने भएको छ । बिहीबार अर्थमन्त्रीले विष्णु पौडेलले आव २०८२/८३ को बजेट प्रस्तुत गर्दै सो डोज बराबरको खोप उत्पादनको लागि लागि ८५ करोड विनियोजन गरिएको छ ।
सरकारले मासु निर्यातको सम्भावनालाई प्रवद्र्धन गर्न ठूला फर्महरुमा पशुपालन र गुणस्तरीय मासु उत्पादनमा जोड दिइने जनाएको छ । त्यस्तै नष्ल सुधार कार्यक्रममार्फत ८ लाख ५० हजार कृत्रिम गर्भधारण गराई पशुपालनको उत्पादकत्व वृद्धि गरिने भएको छ ।