नेतृत्वप्रति आक्रोस भए पनि व्यवस्थाप्रति समर्थन घटेको छैन: अध्यक्ष नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा विचलन आएका कारण  नेतृत्वप्रति जन आक्रोस र निराशा भए पनि वर्तमान व्यवस्थाप्रतिको समर्थन नघटेको बताएका छन् । 

पार्टीको धनुषा जिल्ला कमिटीको सातौं अधिवेशन उद्घाटन समारोहमा उनले जन आक्रोस र निराशा चिर्न सेवा प्रवाहमा जोड दिनुपर्ने बताए । 

अध्यक्ष नेपालले राजनीतिमा प्रतिक्रिया वादी एवं पुँजीवादी चिन्तनका कारणले सिङ्गो कम्युनिष्ट पार्टी नै बदनाम हुन थालेको भन्दै सचेत हुनुपर्ने धारणा राखे । 

उनले पतञ्जलि जग्गा प्रकरणबारे आफू  ‘नबिराउनु, नडराउनु’ भन्ने पक्षमा रहेको उल्लेख गरे । 

Share News