काठमाडौं । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा कृषि मन्त्री दिनेश पन्थीले सडक पूर्वाधार कार्यालय गुल्मीलाई लेखेको पत्रको बारेमा विभिन्न प्रतिक्रिया आउन थालेका छन् ।
धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले मन्त्री पन्थीको चिठी कानूनी दृष्टिले विपरीत रहेको बताएका छन् । विकास न्यूजसँग प्रतिक्रिया दिँदै पोखरेलले भने, 'मन्त्रीले यस्ता चिठी लेख्नै मिल्दैन ।'
उनका अनुसार पूर्वाधार कार्यालयलाई पठाइएको पत्रमा 'प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरी गुणस्तरीय काम गर्नू' भन्नु उपयुक्त हुने थियो । मन्त्रीलाई सोधेर मात्रै काम गर्नू भन्ने शैली अनैतिक र गैरकानूनी रहेको उनको भनाइ छ ।
