३ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं ।  नेपाली बजारमा आइतबार सुनको मूल्य ३ हजार ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलाको १ लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा १ लाख ९६ हजार ५ सय रुपैयाँमा पुगेको हो ।

सुनको मूल्यसँगै चाँदीको भाउ पनि बढेको छ । 

शुक्रबार तोलाको २ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार २ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share News