टेकुमा डेंगी संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । डेंगी संक्रमणबाट एक जनाको मृत्यु भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत २४ वर्षीया युवतीको डेंगी सङ्क्रमणबाट मृत्यु भएको जनाइएको छ । 

अस्पतालमा उपचाररत अन्य ४ जना संक्रमितको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

त्यस्तै, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडिका अनुसार २४ घण्टामा थप २१ जना नयाँ संक्रमित थपिएका छन् भने एक सातामा १ सय ६८ जनामा डेंगीको संक्रमण पुष्टि भएको छ । 

योसँगै गएको पुसयता देशका ७४ जिल्लामा २ हजार ९ सय ८४ जनमाा डेंगी संक्रमण पुष्टि भएको छ ।

Share News