एमाले विधान महाधिवेशन विभिन्न प्रस्ताव पारित गर्दै आज समापन हुने

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आइतबार समापन हुँदैछ । भदौ २० मा सुरु भएको महाधिवेशनको आज तेस्रो दिन हो । 

आज विभिन्न प्रतिवेदनहरू पारित गर्दै महाधिवेशन समापन हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

एमालेको विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि १० समूह बनाएर छलफल गरिएको थियो । ती समूहले शनिबार छलफल सकाएको प्रवक्ता गौतमले बताए ।

आइतवार बिहान ८ बजेबाट सुरु भएको बन्दसत्रमा छलफलका निष्कर्षहरू सुनाउने कार्य सकिएका उनले जानकारी दिए ।

यसक्रममा उठेका जिज्ञासाहरूको जवाफ अध्यक्ष ओलीले दिने तयारी भएको छ । 

आजै विविध समसामयिक प्रस्ताव पारित गरिने गौतमले जानकारी गराए । आजै केन्द्रीय निर्वाचन आयोगको निर्वाचनसमेत हुनेछ । त्यसपछि महाधिवेशन समापन हुनेछ ।

Share News