राष्ट्रिय सभामा नेकपाको दलको नेता बने झक्कु सुवेदी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभा संसदीय दलको नेतामा झक्कु सुवेदीलाई चयन गरेको छ । दलको निर्णयअनुसार सुवेदीलाई औपचारिक रूपमा दलको नेतृत्वको जिम्मेवारी दिइएको हो ।

नवनियुक्त दलका नेता सुवेदीले आइतबार आफूलाई अध्यक्ष पुष्पकमल दाहालबाट नियुक्तिसम्बन्धी पत्र प्राप्त गरेको बताए । 

उक्त पत्रमार्फत नै आफ्नो जिम्मेवारी औपचारिक रूपमा सुरु भएको उनले उल्लेख गरे।

राष्ट्रिय सभामा नेकपा दोस्रो ठूलो दलका रूपमा रहेको छ । नयाँ नेतृत्व चयनसँगै दलले आगामी संसदीय गतिविधिलाई थप सशक्त बनाउने सुवेदीले जानकारी दिए ।

Share News