शंकर अग्रवाल छुटे, सुलभलाई म्याद थप्न लगियो

काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले छोडेको छ । आइतबार अपरान्ह विभागले उनलाई छाडेको हो ।

विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरले अग्रवाललाई छाडिएको विकासन्युजलाई जानकारी दिए  । 

‘बयानको काम सकिएपछि उहाँलाई आज छाडेका हौं,’ ठाकुरले भने । 

उनले सुलभ अग्रवाललाई अदालतमा म्याद थप गर्न लगिएको पनि जानकारी दिए । आइतबार बिहान मात्र सुलभलाई विभागले नियन्त्रणमा लिएको थियो ।

Share News