भरुवा बन्दुकसहित तीन जना पक्राउ

काठमाडौं । मुलुकभरका विभिन्न स्थानबाट भरुवा बन्दुकसहित तीन जना पक्राउ परेका छन् ।

खार्पुनाथ गाउँपालिका– ४ ६३ वर्षीय मक्कबहादुर रोकायालाई भरुवा बन्दुक १ थान, फलामको रटको गोली १२ थान र बारुद ९० ग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, हुम्लाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

त्यसैगरी, प्युठान, ऐरावती गाउँपालिका– ६ धाइरेचौरस्थित टुनिचौर सामुदायिक वनबाट भरुवा बन्दुक १ थान शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी चुजाठाँटीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

रुकुम-पूर्व, सिस्ने गाउँपालिका– ५ माथिल्लो हेप्लास्थित चिसापानी खोला छेउबाट भरूवा बन्दुक १ थान शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । 

प्रहरी बिट रुमालवाराबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । उनलाई नियन्त्रणमा लिएर प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share News