काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसुरमा रामबहादुर बम्जनले सफाइ पाएका छन् । जिल्ला अदालत, सर्लाहीले उनलाई सफाइ दिएको हो ।
वैशाख ८ गतेको सर्लाही जिल्ला अदालतका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले उनलाई सफाइ दिएको सूचना अधिकारी सिकिन्दर कापरले जानकारी दिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरी ठूलो मात्रामा रकम बरामद गरेको थियो । त्यसपछि उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गरेर मुद्दा चलाइएको थियो ।
सिन्धुपाल्चोककै आश्रमबाट अर्का एक अनुयायी पनि बेपत्ता पारेको आरोप बमजनमाथि छ । तर उक्त मुद्दा भने अदालतमा दर्ता भइसकेको छैन ।
अदालतमा मुद्दा हुँदा पनि बम्जन लामो समयसम्म फरार हुँदै आएका थिए । २४ पुस २०८० मा सीआईबीले बुढानीलकण्ठबाट बमजनलाई पक्राउ गरेको थियो ।