स्याङ्जामा प्राइम टायल्सको नयाँ शोरूम

काठमाडौं । टायल्स उत्पादक प्राइम सिरेमिक्सले स्याङ्जामा नयाँ शोरूम उद्घाटन गरेको छ ।

न्यू भुसाल स्टोरमार्फत सञ्चालनमा आएको उक्त शोरूमले स्थानीय उपभोक्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरका डिजाइन तथा गुणस्तरीय टायल्स सहज रूपमा उपलब्ध गराउने कम्पनीले जनाएको छ।

उद्घाटन कार्यक्रममा उद्योगी, इन्जिनियर, निर्माण व्यवसायी, आर्किटेक्ट, कन्ट्र्याक्टर, डिलर तथा टायल्स मिस्त्रीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्राइम टायल्सले आर्थिक वर्ष २०७८/७९ मा एकल ब्रान्डका रूपमा नेपालमै सबैभन्दा बढी बिक्री हासिल गरेको दाबी गर्दै छोटो समयमै देशभर डिलर नेटवर्क विस्तार गरेको जनाएको छ । कम्पनीका अनुसार वाल र फ्लोर टायल्स दुवैमा नेपाल गुणस्तर प्रमाणपत्र (NS) प्राप्त गरिसकेको छ ।

२०७८ मा स्थापना भएको प्राइम सिरेमिक्सले रौतहटको बृन्दावन नगरपालिकामा अत्याधुनिक प्रविधियुक्त उद्योग स्थापना गरी वार्षिक ४० लाख वर्गमिटर उत्पादन क्षमता विकास गरेको छ । करिब ३ अर्ब रुपैयाँ लगानी रहेको उक्त उद्योगले नेपालमै पहिलोपटक वाल र फ्लोर टायल्स दुवै उत्पादन गर्दै आएको कम्पनीको दाबी छ ।

कम्पनीले 'टायल्स मात्र होइन, जीवन पनि जोड्छ' भन्ने मूल मन्त्रसहित आगामी दिनमा पनि ग्राहकको भरोसा जित्दै जाने विश्वास व्यक्त गरेको छ ।    

Share News