काठमाडौं । वैद्य इनर्जी प्रालिद्वारा सञ्चालित एथर इनर्जी नेपालले एकै दिन २०८ वटा विद्युतीय स्कुटर ग्राहकलाई हस्तान्तरण गर्दै नेपाली विद्युतीय सवारीसाधन क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको छ ।
कम्पनीले आयोजना गरेको ‘मेगा डेलिभरी’ कार्यक्रममार्फत एथर स्कुटर ग्राहकलाई हस्तान्तरण गरिएको हो । यस उपलब्धिले नेपाली बजारमा एथर ब्रान्डप्रतिको बढ्दो विश्वास, अत्याधुनिक प्रविधिप्रति आकर्षण तथा दिगो यातायातप्रतिको झुकाव स्पष्ट भएको कम्पनीले जनाएको छ ।
देशका विभिन्न स्थानबाट आएका ग्राहकहरूले नयाँ स्कुटर ग्रहण गर्दै विद्युतीय सवारीसाधनतर्फ भइरहेको तीव्र रूपान्तरणलाई उत्सवका रूपमा मनाएका थिए ।
कार्यक्रमका अवसरमा वैद्य इनर्जीका प्रतिनिधिहरूले ग्राहकप्रति आभार व्यक्त गर्दै स्वच्छ, स्मार्ट तथा दिगो यातायात प्रणाली विकासमा कम्पनी प्रतिबद्ध रहेको बताएका थिए ।
एकै दिन २०८ वटा स्कुटर हस्तान्तरण गर्ने यो उपलब्धिले एथर नेपाललाई प्रिमियम विद्युतीय स्कुटर सेग्मेन्टमा अझ सशक्त बनाएको कम्पनीको दाबी छ । साथै, यसले नेपाली बजारमा उच्च गुणस्तरयुक्त तथा नवप्रवर्तनमा आधारित विद्युतीय सवारीसाधनप्रतिको माग बढ्दो रहेको संकेत गरेको छ ।