काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘के’ को खेलमा उपाधि दाबेदार पोर्चुगल कंगोसँग बराबरीमा रोकिएको छ ।
पोर्चुगल १-१ गोलको बराबरीमा रोकिएको हो । उसले सुरुवाती अग्रताक अग्रता जोगाउन असफल हुँदा तीन अंक गुमाउन पुग्यो ।
पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले राम्रा अवसर गुमाउँदा गोलविहीन बन्न पुगे । उनको यो छैटौं विश्वकप हो ।
खेलमा छैटौं मिनेटमा पेड्रो नेटोको क्रसमा जाओ नेभेसले उत्कृष्ट हेड गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।
तर पहिलो हाफको इन्जुरी समयमा योआने विसाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
कंगोले ५२ वर्षपछि भएको विश्वकप पुनरागमन गरेको हो ।
उपाधि दाबेदार पोर्चुगल गोलपश्चात लामो समयसम्म खेल नियन्त्रणमा राखे पनि दोस्रो गोल थप्न नसक्दा दबाबमा परेको थियो ।
कंगाेसँग अंक बाँडेसँगै पोर्चुगलमाथि समूह चरणका बाँकी खेलमा दबाब बढेको छ ।