मेट्रो रेलको सम्भाव्यता अन्तिम चरणमा, यी हुन् सम्भावित तीन रुट

<p>काठमाडौं । उपत्यकामा मेट्रो रेल निर्माण सम्बन्धी सम्भाव्यता अध्ययन अन्तिम चरणमा पुगेको छ । लगानी बोर्ड, राष्ट्रिय योजना आयोग र एसियाली विकास बैंकले संयुक्त रुपमा उपत्यकाभित्र मेट्रो रेल निर्माणको सम्भाव्यता अध्ययन गरिरहेका छन र त्यो अब अन्तिम चरणमा पुगेको हो । ‘ काठमाडौंमा कहाँ कहाँ मेट्रो निर्माण् गर्न सकिन्छ र आर्थिक रुपले पनि सम्भव छ भन्ने [&hellip;]</p>

काठमाडौं । उपत्यकामा मेट्रो रेल निर्माण सम्बन्धी सम्भाव्यता अध्ययन अन्तिम चरणमा पुगेको छ । लगानी बोर्ड, राष्ट्रिय योजना आयोग र एसियाली विकास बैंकले संयुक्त रुपमा उपत्यकाभित्र मेट्रो रेल निर्माणको सम्भाव्यता अध्ययन गरिरहेका छन र त्यो अब अन्तिम चरणमा पुगेको हो । ‘ काठमाडौंमा कहाँ कहाँ मेट्रो निर्माण् गर्न सकिन्छ र आर्थिक रुपले पनि सम्भव छ भन्ने अध्ययन अन्तिम चरणमा पुगेको छ’, लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले विकासन्युजसँग भने ।

एसियाली विकास बैंकको आर्थिक तथा प्राबिधिक सहयोगमा बोर्ड र राष्ट्रिय योजना आयोगका भौतिक पुर्वाधार हेर्ने सदस्य हिरेन्द्रमान श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको थियो । सोही समितिले सम्भाव्यता अध्ययनको रिपोर्टलाई अन्तिम रुप दिएको हो । गत बुधबार राष्ट्रिय योजना आयोगमा रिपोर्टबाट छलफल भएको थियो । अध्ययनले उपत्यकामा तीन वटा रुटमा मेट्रो रेल सञ्चालन गर्न सकिने रिपोर्ट तयार पारेको हो । ‘तीन वटा रुटमा मेट्रो रेल बनाउन आर्थिक र भौतिक रुपले पनि सम्भव छ भन्ने देखाएको छ’, रिपोर्टमाथीका छलफलमा सहभागी एक अधिकारीले भने ।

मेट्रो रेल अध्ययन गर्न गठित समितिका संयोजक समेत रहेको योजना आयोगका पुर्वाधार हेर्ने सदस्य हिरेन्द्रमान श्रेष्ठले पनि अध्ययन अन्तिम चरणमा पुगेको बताए ।‘एडिबी र लगानी बोर्डले पुराना अध्ययनहरुलाई अद्यावधिक गरेर नयाँ रिपोर्ट तयार पारेका छन्, त्यसमा आर्थिक र भौतिक सम्भाव्यताको खोजी गरिएको छ’, श्रेष्ठले विकासन्युजसँग भने ।

यी हुन सम्भावित चार वटा लाइन
अध्ययनले थानकोटदेखि भक्तपुरको जगातिसम्म, बुढानिलकण्ठदेखि रत्नपार्क हुँदै लगनखेल गोदाबरीसम्म र अर्काे लाइन रिङरोडमा रहनेछ । पर्याप्त जमिन तथा यात्रुको आवत जावतको अनुपातलाई हेरेर अध्ययन समितिले रिपोर्ट तयार पारेको हो । लगानी बोर्डले अब सम्बन्धीत क्षेत्रका जन निर्वाचित प्रतिनिधीहरुसँग समेत छलफल गर्ने योजना बनाएको छ ।

काठमाडौं महानगरपालिकाले भने तिलगङ्गाबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, नयाँ बानेश्वर, रत्नपार्क, सहिदगेट हुँदै कलङ्कीसम्म ‘स्काई रेल’ निर्माण गर्न सकिने प्रारम्भिक अध्ययन सम्पन्न गरिसकेको छ ।

Share News