वायुसेवा निगमको बोइङ किन्न ७ कम्पनी इच्छुक, ५ अर्ब पर्ने जहाज १२ देखि १६ करोड रुपैयाँमा बिक्री हुँदै

<p>काठमाडौं । नेपाल वायुसेवा निगमले ९एनएन एसीए नामक १९० सिट क्षमताको बोइङ बी ७५७ आपसी समझदारीमा विक्री गर्ने भएको छ । निगमले २ पटकसम्म न्युनतम १७ करोड रुपैयाँ मूल्यांकन गरेर जहाज विक्री गर्ने तयारी गरेको थियो । उक्त मूल्य राखेर सार्वजनिक प्रस्ताव माग गर्दा एउटा पनि आवेदन नपरेको बोइङ किन्न अहिले भने संस्था, कम्पनी र व्यक्तिगतसम्मको [&hellip;]</p>

काठमाडौं । नेपाल वायुसेवा निगमले ९एनएन एसीए नामक १९० सिट क्षमताको बोइङ बी ७५७ आपसी समझदारीमा विक्री गर्ने भएको छ । निगमले २ पटकसम्म न्युनतम १७ करोड रुपैयाँ मूल्यांकन गरेर जहाज विक्री गर्ने तयारी गरेको थियो । उक्त मूल्य राखेर सार्वजनिक प्रस्ताव माग गर्दा एउटा पनि आवेदन नपरेको बोइङ किन्न अहिले भने संस्था, कम्पनी र व्यक्तिगतसम्मको सात वटा आवेदन परेको छ ।

निगमले आपसी छलफलबाट जहाज विक्री गर्ने भनेपछि दुइ साताको समय दिएर मागेको आपसी छलफलबाट विक्री गर्ने प्रस्तावमा भने नेपालकै वायुसेवा कम्पनीदेखि विदेशीसम्मले आवेदन दिएको वायुसेवा निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले बताए । उनका अनुसार पछिल्लो प्रस्तावमा १२ करोडदेखि १६ करोड रुपैयाँसम्मको मूल्य राखेर ७ वटा कम्पनीले आवेदन दिएका छन् ।

आवेदन दिएका कम्पनीलाई आगमी एक साताभित्रै आपसी छलफलमा आउन पनि निगमले सूचना जारी गरिसकेको छ । उक्त समय अब जम्मा चारदिन मात्रै बाँकी रहेको छ । यस अवधिमा सबैजसोले आफ्नो प्रस्तावमाथि छलफल गर्ने भएको पनि उल्लेख छ ।

निगमले दिएको जानकारी अनुसार आपसी छलफलबाट जहाज किन्न नेपालकै एक अमेरिकी र एक इजरायली कम्पनीले आवेदन दिएका छन् । सात वटा आवेदनमध्ये बाँकी नेपाली कम्पनीकै परेको छ । बीबी एयरवेज र हिमालयन एभिएसनले पनि प्रस्ताव पेश गरेका छन् ।

वायुसेवा निगमका अनुसार जहाज किन्न आवेदन दिनेमा अमेरिकाको एभिएसन सिस्टम इंक, नेपालकै हिमालय एभिएसन कन्सल्यान्ट, टीबीआई ग्रुप नेपाल, जनार्दन मान डंगोल, बीबी एयरवेज, अनु मानन्धर, एपीएस एयरपोर्ट सभिस एण्ड सप्लाईज इजरायलले आवदेन दिएको पनि उल्लेख छ ।

यसअघि मागिएको १७ करोड न्युनतमको मूल्य राखेर दिनुपर्ने प्रस्तावमा १२० दिनको बैंक ग्यारेन्टी राख्नुपर्ने सर्तले आवेदन नपरेको हुनसक्ने अनुमान निगमको छ ।

निगमका अनुसार आपसी छलफलबाट जहाज लैजान र जुन पक्ष सफल हुन्छ उसैले पाउने पनि उल्लेख छ । सकेसम्म धेरै मूल्य प्रस्ताव गर्नेलाई नै जहाज दिने प्रयास हुने पनि निगमको भनाइ छ ।

निगमको यो जहाज मर्मत खर्च अधिक लाग्ने भएपछि बनाएर बेच्ने भन्दा विक्री गर्ने र नयाँ थप गर्ने योजना बनाएको छ । निगमले हाल सोही सिट क्षमतको जहाज खरिद गर्दा कम्तिमा ५ अर्ब रुपैयाँ पर्छ । कवाडीमा विक्री हुँदा भने सोही जहाजलाई १६ करोड रुपैयाँसम्ममा नै विक्री गनुपर्ने भएको छ ।

निगमसँग साढे २ दशक पूराना २ वटा यस्तो जहाज मध्ये एउटा भने उडामै रहेको छ । एउटा मात्रै विक्री गर्न लागिएको हो । निगमसँग अन्तर्राष्ट्रिय उडानमा अर्को २ वटा एयरवसको ए३२० नामक जहाज छ । यो बाहेक निगमले आगामी एक वर्ष भित्रमै थप २ वटा वाइडवडि नामक लामो दुरीमा उडा गर्न सक्ने क्षमतको जहाज ल्याउँदै छ ।

 

Share News