काठमाडौं । सरकारले विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) स्वीकृत गरेर जग्गा विकासको माध्यमबाट बनाउँन लागेको बाहिरी चक्रपथ निर्माण गर्न आवश्यक जग्गा रोक्का गर्ने अन्तिम तयारी भइरहेको छ । तर, सहरी विकास मन्त्री प्रभु साहले भने हालको चक्रपथभन्दा चौडाइमा सानो गरेर किन डिजाइन गरेको भनेर प्रश्न उठाएका छन् ।
मन्त्री शाहले भने ‘हालको चक्रपथ ६२ मिटरको रहेको छ भने नयाँ बानाउने बाहिरी चक्रपथ जम्मा ५० मिटर चौडाइको मात्रै किन ?’, मन्त्री साहले यो आयोजना रोक्न प्रश्न तेर्साएको नभएर आफ्नो जिज्ञासा मात्रै रहेको बताएका छन् । उनले बाहिरी चक्रपथको काम अगाडि बढ्ने जानकारी पनि दिएका छन् ।
हाल बनाउन लागिएको ७३ किमीको बाहिरी चक्रपथको तुलनामा हाल सञ्चालनमा रहेको कलंकी—कोटेश्वर—चावहिल—बालाजु—सितापाइला २७ किमीको चक्रपथको चौडाइ बढी रहेको छ । हालको चक्रपथको चौडाई ६२ मिटर रहेको छ भने बाहिरी चक्रपथको ५० मिटरको मात्रै हुने गरी काम सुरु गरिएको छ ।
हालको चक्रपथ विस्तार कलंकीदेखि बल्खु—सातदोबाटो हुँदै कोटेश्वरसम्मको १० किमी सडक विस्तार भइरहेको छ । यो सडक हालको ५० मिटरबाट ६२ मिटर नै हुँदै छ ।
सडक ऐन अनुसार पूरै चक्रपथ ६२ किलोमिटर बनाउने योजना छ । यो योजनामा गौशाला चावहिल अधिक घर भएको मुआव्जामा दिन नसकिने भएको यो स्थानमा बाहेक अन्यत्र सबै सडक ६२ किमी नै बनाउने पनि उल्लेख छ । यो स्थानको पनि विकल्प खोज्न सकिने चक्रपथ सुधार आयोजना प्रमुख ज्ञानेन्द्रकुमार झाको भनाइ छ ।
बाहिरी चक्रपथ अलग्गै मोडल भएको र जग्गा अधिग्रहणको माध्यमबाट गर्न लागिएकोले चक्रपथभन्दा बाहिरी चक्रपथ फरक मोडल भएको काठमाडौं उपत्यका विकास प्रधिकरणका योजना प्रमुख दीपक श्रेष्ठले बताए । उनका अनुसार मन्त्रीले जिज्ञासा मात्रै राख्नुभएको हो । त्यो हामीले बुझाउन सक्नुर्छ । यसले कुनै समस्या पार्ने त हैन हामीले दशकौ अगाडि बनाएको योजना अनुसार नै काम हुने पनि उनको भनाइ छ ।
बाहिरी चक्रपथको जग्गा अधिग्रहण गर्नुपर्ने भएकोले र धेरै जग्गा लिन नसकिने भएकोले पनि ५० मिटर राखिएको हो । यो क्षेत्रमा व्यवस्थित सहरीकरण पनि हुने भएकोले अहिलेको चक्रपथको जस्तो ठूलो बाटो नै आवश्यकता नभएको बुझाइ श्रेष्ठको छ ।
बाहिरी चक्रपथको पहिलो खण्ड चोभार सतुङ्गल खण्डको ६ किमी सडकको लागि बाहिरी चक्रपथ विकास आयोजनाले सार्वजनिक सूचना सार्वजनिक गर्ने तयारीमा रहेको छ । यो सडक खण्ड ७३ किमीको हुने छ ।
यो सडक स्थानीयसँगको सहकार्यमा हुँदै छ । यो सडक बनाउँन पहिले उपभोक्ता समिति बनाइने र उपभोक्ता समितिले नै खोलेको ट्याकलाई अन्तिम रुप दिने पनि उल्लेख छ । आयोजनाका अनुसार यो सडक उपभोक्ता समितिले २ वर्षभित्रमा ट्याक खोल्ने र चीनले बनाउने भएको छ ।