९४२० सुकुम्बासीलाई घर बनाउन ४ अर्ब ७१ करोड

<p>काठमाडौं । ९ हजार ४ सय २० परिवार भूकम्प पीडितलाई घर बनाउन ४ अर्ब ७१ करोड दिईने भएको छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणले भूकम्पले घर भत्किएका सुकुम्बासीहरुलाई घर बनाउन प्रतिपरिवार ५ लाख दिने निर्णय गरेको हो । ‘९ हजार ४ सय २० परिवार भूकम्प पीडितहरु सुकुम्बासी रहेको तथ्यांक तयार भएको छ, उनीहरुलाई घर बनाउन [&hellip;]</p>

काठमाडौं । ९ हजार ४ सय २० परिवार भूकम्प पीडितलाई घर बनाउन ४ अर्ब ७१ करोड दिईने भएको छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणले भूकम्पले घर भत्किएका सुकुम्बासीहरुलाई घर बनाउन प्रतिपरिवार ५ लाख दिने निर्णय गरेको हो । ‘९ हजार ४ सय २० परिवार भूकम्प पीडितहरु सुकुम्बासी रहेको तथ्यांक तयार भएको छ, उनीहरुलाई घर बनाउन प्रति परिवार ५ लाख रुपैंयाँ दिइन्छ’, पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोबिन्द पोखरेलले भने ।

सुकुम्बासीहरुलाई घर बनाउन अन्य पीडितहरुलाई झै ३ लाख रुपैंयाँ दिइनेछ भने घडेरी किन्ने प्रयोजनका लागि थप २ लाख प्रदान गर्नेछ । तर उनीहरुले हाल बसोबास गर्दै आएको निजी वा सरकारी जमिन भने छोड्नुपर्नेछ । ‘सुकुम्बासीहरुलाई घर बनाउन पैसा दिन्छौं तर अहिले बसिरहेको निजी वा सरकारी जुन जमिन भएपनि त्यो भने छोड्नुपर्नेछ’, प्राधिकरणका सिइओ पोखरेलले भने ।

उनले नेपाललाई हाइटी बन्न नदिने प्रतिवद्धता पनि व्यक्त गरे । ‘नेपाल हाइटी भन्छ की भन्ने चिन्ता पनि देखियो, ढुक्क हुनुस, नेपाल हाइटी बन्दैन, हामी गुजरात भन्दा केहि पछि परेका छौं तर पाकिस्तानको पुननिर्माणको गतिसँगै छ, नेपाल चाँडै उठ्छ’, पोखरेलले भने । उनले तोकिएको समयभित्रै पुरातात्विक महत्वका केहि संरचना बाहेक सबैको पुननिर्माण सम्पन्न भैसक्ने दावी पनि गरे ।

दाताहरुको सहयोग तथ्यांकमा मात्रै देखिएको तर रकम नआएको भन्द्र असन्तुष्ठि पनि व्यक्त गरे । अन्तर सरकारी समन्वयको अभावमा पुननिर्माणको कामले अपेक्षाकृत गति लिन नसेको धारणा पनि राखे । प्राधिकरणलाई ठुलो रकम दाताहरुकै सहयोगको दिइएको र उनीहरुसँग सम्झौता खासै नभएको उनको भनाई थियो ।

प्राधिकरणका प्रवक्ता यमलाल भुषालले सुकुम्बासीहरुका लागि निजी आवास निर्माणको अनुदान वितरण कार्यक्रम सुरु हुनै लागेको पनि बताए ।‘केहि दिन भित्रै सुकुम्बासीलाई जमिन किन्न र घर बनाउन पैसा दिने काम सुरु हुन्छ’, प्रवक्ता भुषालले विकासन्युजसँग भने ।

Share News