ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैंकिङ्ग सेवा गुल्मी र अर्घाखाँचीमा

<p>काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो थप दुई शाखा गुल्मी र अर्घाखाँचीमा विस्तार गरेको छ । बैंकले माघ १० गते देखि आफ्नो ६३ औँ शाखा गुल्मीको दिगाममा र ६४ औँ शाखा अर्घाखाँचीको वाड्लामा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार गुल्मीको दिगाममा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि भगिरथ बहुउदेशिय सहकारी संस्था र अर्घाखाँचीको वाड्लामा खोलिएको सेवाको लागि [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो थप दुई शाखा गुल्मी र अर्घाखाँचीमा विस्तार गरेको छ । बैंकले माघ १० गते देखि आफ्नो ६३ औँ शाखा गुल्मीको दिगाममा र ६४ औँ शाखा अर्घाखाँचीको वाड्लामा सञ्चालनमा ल्याएको छ ।

बैंकका अनुसार गुल्मीको दिगाममा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि भगिरथ बहुउदेशिय सहकारी संस्था र अर्घाखाँचीको वाड्लामा खोलिएको सेवाको लागि स्थानिय पशुपति भट्टाईलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि दुवै क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

बैंकले हालसम्म ११३ वटा शाखा, १२७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र बुधबारबाट ६४ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

Share News