ज्योति विकास बैंक अब देवघाटमा पनि, ४०० वृद्धवृद्धालाई भोजनको व्यवस्था

<p>काठमाडौं । ज्योति विकास बैंकले देवघाटमा शाखा विस्तार गरेको छ । देवघाट गाउँपालिका उपाध्यक्ष विमला थापा तथा बैंकका संचालक नारायणप्रसाद पौड्यालले शुक्रबार एक कार्यक्रमका बीच उक्त विस्तारित शाखाको उद्घाटन गरेका हुन् । उक्त अवसरमा बैंकको देवघाट शाखाले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत गलेश्वर आश्रम देवघाटका ४०० वृद्धवृद्धालाई भोजनको व्यवस्था गरेको थियो । यस बैंकको निकट भविष्यमा [&hellip;]</p>

काठमाडौं । ज्योति विकास बैंकले देवघाटमा शाखा विस्तार गरेको छ । देवघाट गाउँपालिका उपाध्यक्ष विमला थापा तथा बैंकका संचालक नारायणप्रसाद पौड्यालले शुक्रबार एक कार्यक्रमका बीच उक्त विस्तारित शाखाको उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा बैंकको देवघाट शाखाले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत गलेश्वर आश्रम देवघाटका ४०० वृद्धवृद्धालाई भोजनको व्यवस्था गरेको थियो ।

यस बैंकको निकट भविष्यमा नै १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य रहेको छ ।

हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।

Share News