भेस्पा र अप्रिलियाको ‘मनसुनमा पाँच गुणा मजा’ अफर सार्वजनिक

काठमाडौं । भेस्पा र अप्रिलिया स्कुटरहरूको नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले वर्षायामको क्षणमा ‘मनसुनमा पाँच गुणा मजा’ अफर सार्वजनिक गरेको छ ।  यस अफरअन्तर्गत ग्राहकहरूले भेस्पा वा अप्रिलिया स्कुटरको खरिद गर्दा नगद छुट, आकर्षक उपहार तथा सहभागी मात्र भई क्यासब्याक जित्ने अवसरसमेत पाउने डेल्टा अटोकर्पले जनाएको छ ।  यस अफरमा ग्राहकहरूले आधिकारिक वेबसाइटमा रजिस्ट्रेशन गर्दा १० हजारसम्मको क्यास ब्याक पाउन सक्छन् । साथै स्कूटर खरिदमा ७५ हजार सम्मको नगद छुट, तथा आर्थिक वर्ष २०८१/२०८२ र २०८२/२०८३ को  सवारी कर छुट, हालसम्मकै न्यूनतम ब्याजदर ४.९९ प्रतिशतमा फाइनान्स सुविधा तथा सहज एक्सचेन्ज सुविधा पनि उपलब्ध छ ।  यसका साथै  उपहार स्वरूप प्रत्येक खरिदमा ब्राण्डेड हेल्मेट, रेनकोट र स्कूटर कभर पनि प्रदान गरिनेछ ।  यो अफर सम्पूर्ण नेपालभरका अधिकृत शोरूमहरूमा लागू हुने जनाइएको छ । यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ ।

फोटोन टुनल्यान्ड जी ७ नेपाली बजारमा आउँदै

काठमाडौं । फोटोनले नयाँ पिकअप ट्रक ‘टुनल्यान्ड जी ७’ नेपाली बजारमा भित्र्याउने तयारी गरेको छ । ‘बिल्ट फर हिमालयज’ नारासहित सार्वजनिक हुन लागेको यो पिकअप गाडी नेपालको कठिन भौगोलिक संरचनामा उत्कृष्ट प्रदर्शन गर्ने हिसाबले निर्माण गरिएको बताइएको छ । कम्पनीका अनुसार नेपालको हिमाली बाटो र पहाडी भेगको चुनौतीलाई सहज पार गर्ने क्षमतासहित जी ७ मा १६० हर्सपावर र ३९० एनएम टर्क शक्ति उपलब्ध छ । २२५ मिमीको ग्राउन्ड क्लियरेन्स, हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोल जस्ता विशेषताले अप्ठ्यारा सडकमा पनि सुरक्षित र भरपर्दो यात्रा सुनिश्चित गर्नेछन् । फोटोनले चीनमै पहिलो अटोनोमस कमर्शियल भेहिकल निर्माण गरेर प्रविधिमा नयाँ इतिहास रचेको हो । यही प्रविधिमा आधारित टुनल्यान्ड जी ७ ले सुरक्षा, शक्ति र स्मार्ट सुविधा एकसाथ प्रदान गर्ने दाबी गरिएको छ । यस पिकअपमा १२.३ इन्चको इन्फिनिटी टचस्क्रिन, पुस बटन स्टार्ट, स्वचालित एयर कन्डिसनिङ, प्यानोरामिक सनरूफ, र हीटेड–भेन्टिलेटेड सिट जस्ता प्रिमियम सुविधा उपलब्ध छन् । सिटहरू १२ तरिकाले इलेक्ट्रिक रूपमा मिलाउन मिल्ने छन् । जसले यात्रा अझ आरामदायी बनाउनेछ । फोटोन टुनल्यान्ड जी ७ व्यापारिक प्रयोजनका साथसाथै पारिवारिक यात्रा वा एडभेन्चर ट्रिपका लागि पनि उपयुक्त विकल्प बन्न सक्ने कम्पनीको विश्वास छ । कम्पनीका अनुसार यो गाडी केवल बिक्रीका लागि ल्याइएको हैन, 'नेपालका लागि नै डिजाइन गरिएको विशेष मोडल' हो ।

कमजोर मागले फरारीको दोस्रो ईभी २०२८ सम्मका लागि स्थगित

काठमाडौं । फरारीले आफ्नो दोस्रो पूर्ण रूपमा विद्युतीय मोडेल कम्तीमा २०२८ सम्मका लागि सारेको छ ।  उक्त मोडेल २०२६ मा आउने भनिएको थियो ।  उच्च प्रदर्शन लक्जरी विद्युतीय सवारीहरूको कमजोर मागका कारण यस्तो निर्णय गरिएको दुई जना नजिकका स्रोतहरूले रोयटर्सलाई बताए । पेट्रोल इन्जिनका लागि प्रसिद्ध फरारीले २०१९ देखि हाइब्रिड मोडेलहरू बेच्दै आएको छ र यस वर्ष अक्टोबरमा पहिलो विद्युतीय गाडी तीन चरणमा सार्वजनिक गर्ने योजना बनाएको छ, जसको विश्वस्तरीय सार्वजनिक प्रिमियर अर्को वर्षको हुनेछ । विद्युतीय गाडीमा आवाजको कमी र विद्युतीय ब्याट्रीहरूको भारीपनका साथै पेट्रोल इन्जिनको जस्तो निरन्तर शक्ति नहुनाले अटो निर्माता कम्पनीहरूका लागि चुनौतीपूर्ण बनेको छ ।  फरारीको गोप्य योजनाअनुसार दोस्रो विद्युतीय मोडेल सन् २०२६ को अन्त्यतिर ल्याउने भनिएको थियो । तर अब त्यो २०२८ भन्दा अघि नआउने स्रोतहरूले बताएका छन् । एक स्रोतका अनुसार विद्युतीय स्पोट्र्स गाडीका लागि वास्तविक र दिगो माग हाल छैन । स्रोतका अनुसार बजारमा चासो कम भएकाले फेरारीलाई दोस्रो विद्युतीय गाडीको लागि आफ्नै प्रविधि अझ विकसित गर्न समय मिल्नेछ, तर मुख्य कारण भने कमजोर माग नै हो । फरारीले यसबारे कुनै टिप्पणी गर्न मानेन । दुवै स्रोतहरूले विषयको संवेदनशीलताका कारण नाम गोप्य राख्न चाहे । फेरारीले दीर्घकालीन रूपमा विद्युतीय गाडी बेच्ने योजना सार्वजनिक गरिसकेको छ तर पहिलो विद्युतीय मोडेल बाहेक थप योजना कम्पनीले सार्वजनिक गरेको छैन । अन्य स्पोर्ट्स गाडी निर्माताहरूले पनि ग्राहकको चासोको अभावका कारण विद्युतीय योजनाहरू ढिलाइ गरेका छन् वा कटौती गरेका छन् । फरारीको इटालीयन प्रतिस्पर्धी ल्याम्बोर्घिनी (फक्सवागन समूहको एक हिस्सा) ले गत डिसेम्बरमा आफ्नो पहिलो विद्युतीय मोडेल २०२८ सट्टा २०२९ मा ल्याउने घोषणा गर्‍यो । जर्मनीको पोर्शेले पनि आफ्नो विद्युतीय मकान एसयूभी र टायकन मोडेलको कमजोर बिक्रीका कारण विद्युतीय योजनामा कटौती गरेको छ । यसै वर्ष स्टेलान्टिसको लक्जरी ब्रान्ड मासेराटीले आफ्नो एमसी २० स्पोट्र्स गाडीको विद्युतीय संस्करणको योजना रद्द गर्‍यो । इटालीको मारानेल्लोमा रहेको फरारी कम्पनीले दोस्रो विद्युतीय मोडेलको योजना दुई पटक ढिलाइ गरिसकेको छ । सुरुमा एक वर्षले सारेको थियो तर अहिले त्यो मोडेल २०२८ भन्दा पहिले आउने छैन । उसले उच्च प्रदर्शन विद्युतीय गाडीको माग हाल ‘शून्य रहेको समेत बताएको छ । स्रोतका अनुसार फरारीको दोस्रो विद्युतीय मोडेललाई कम्पनीले आफ्नो विद्युतीय रणनीतिका लागि वास्तविक परिवर्तनको रूपमा हेरेको छ भने पहिलो मोडेललाई कम मात्रामा उत्पादन हुने, सांकेतिक उपलब्धि हुने मोडेलका रूपमा लिएको छ जुन २०२६ मा सार्वजनिक हुनेछ । फरारीको पहिलो विद्युतीय मोडेल, जसलाई एप्पलका पूर्व मुख्य डिजाइन अधिकारी जोनी आइभले समेत सह-डिजाइन गरेका हुन्, यसको मूल्य ५ लाख अमेरिकी डलरभन्दा बढी हुने जनाइएको छ । स्रोतले यो मोडेललाई फरक किसिमको फेरारी मोडेल भएको बताउँदै आकारमा सामान्यभन्दा ठूलो हुने तर एसयूभी भने नहुने जनाएको छ । स्रोतका अनुसार दोस्रो विद्युतीय मोडेल फेरारीको साधारण मोडेलहरू जस्तै पाँच वर्षको अवधिमा ५ हजार देखि ६ हजार युनिट डेलिभर गर्ने रणनीतिसँग मिल्ने गरी डिजाइन हुनेछ, तर हाल ग्राहकको चासो कमजोर भएकाले त्यो दिगो छैन । फेरारीले अक्टोबर ९ मा लगानीकर्ताहरूका लागि नयाँ दीर्घकालीन व्यवसायिक योजना सार्वजनिक गर्नेछ । चिनियाँ अटो उद्योगले विद्युतीय बजारमा नयाँ कीर्तिमान राख्दै बीवाईडीविरुद्ध जीली र ग्रेट वाल एकजुट, मूल्य युद्धले तात्यो बजार