कारागारबाट भागेकी सपना प्रेमीसहित पक्राउ

काठमाडौं । केन्द्रीय कारागार सुन्धाराबाट फरार भएकी सपना तामाङ पक्राउ परेकी छन् । उनलाई काठमाडौं  इन्द्रचोकको भेडासिंहबाट आइतबार राति १ बजे पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काले विकासन्युजलाई जानकारी दिए ।

उनी शुक्रवार कारागारबाट राति फरार भएकी थिइन् । प्रहरीले उनको प्रेमीलाई पनि  नियन्त्रणमा लिएको एसएसपी खड्काले बताए ।

तामाङ कारागारको वाल नाघेर फरार भएकी थिइन् । तामाङ नुवाकोटको विदुर नगरपालिकाकी हुन् । उनी चोरी र कर्तव्य ज्यानको कसुरमा जन्म कैदको फैसला सुनाएर कैद भुक्तान गर्दै आएकी थिइन् । 

यसअघि जेनजी आन्दोलनको बेलामा पनि फरार भएकी उनी २ महिनापछि पक्राउ परेकी थिइन् ।

Share News