नेपाल विरुद्ध भारतको दलाई लामा कार्ड, वुद्ध भारतमा जन्मिएको प्रचार
काठमाडौं । निर्वासित चिनियाँ धर्म गुरु दलाई लामाले वुद्ध भारतमा जन्मिएको भन्ने विवादास्पद अभिव्यक्ति दिएका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतलाई स्वतन्त्र बनाउने अभियानमा लागेपछि चीनबाट निर्वासित गरिएका दलाई लामाले वुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिएका हुन् ।(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ) चीनले लखेटेपछि १९५९ मा लामा भारतमै निर्वासित जिवन बिताईरहेका छन र उनलाई भारत तथा पश्चिमा मुलुकहरुले सहयोग गरिरहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा वुद्ध नेपालमै जन्मिएको बताएका थिए । तर मोदीले अन्य अन्तराष्ट्रिय मञ्चहरुमा भने वुद्ध भारतमै जन्मिएको दावी गर्दै आएका छन् । केहि दिन अघि भारतमै आयोजीत एक कार्यक्रममा लामाले वुद्ध नेपालमा जन्मिएको भन्ने तर्क हास्यास्पद भएको आरोेप समेत लगाएका छन् । ‘केहि नेपाली भन्छन वुद्ध लुम्बिनीमा जन्मिएका हुन र उनी नेपाली हुन् भारतीय होइनन्, त्यो वुद्धिहिन(नन सेन्स) हो, पौराणिक कालमा एउटै राज्य थियो, भारत बर्ष, त्यसैले वुद्ध भारतमा जन्मिएका हु’, लामाले भनेका छन् । लामाले वुद्ध नेपालमा नजन्मिएको भनिरहँदा एक जना भारतीयले उनलाई पछाडीबाट थप केहि सिकाईरहेको देखिन्छ । लामाले वुद्धलाई तिब्बति, चिनियाँ वा नेपाली नभएर भारतीय भएको दावी समेत गरेका छन् । भारतले स्वतन्त्र तिब्बतको कार्ड मार्फत चीनलाई तर्साउँदै आएको थियो । अब भने तिनै निर्वासित दलाई लामालाई उपयोग गरेर वुद्ध भारतमा जन्मिएको प्रचार सुरु गरेको छ । भारतीय संस्थापनले अन्तराष्ट्रिय मञ्चहरुमा वुद्ध भारतमा जन्मिएको प्रचार गरिरहँदा नेपालले त्यसको खण्डन गर्दै आएको थियो । तर वुद्ध धर्मका गुरु समेत रहेका दलाई लामाकै मुखबाट वुद्ध भारतमा जन्मिएको प्रचार गरेर भारतले नेपाल विरुद्ध दलाई लामा कार्ड फ्याकेको हो । वुद्ध भारतमा जन्मिएको भन्ने दलाई लामाको अभिव्यक्तिबारे समाजिक सञ्जालहरुमा व्यापक आलोचना भैरहँदा पनि नेपाल सरकारले भने अझै औपचारिक खण्डन गरेको छैन् ।
अग्निमोटो इन्कको ‘गस्टो आर एस’ स्कुटर नेपाली बजारमा, मूल्य १ लाख ६७ हजार पर्ने
काठमाडौं । अग्नि ग्रुपको सहायक कम्पनी तथा महिन्द्रा टुह्विलरको आधिकारिक विक्रेता अग्निमोटो इन्कले नयाँ ‘गस्टो आर एस’ स्कुटर नेपाली बजारमा ल्याएको छ । यस स्कुटरको मूल्य नेपाली बजारमा १ लाख ६७ हजार ५०० रुपैयाँ तोकिएको छ । महिन्द्रा गस्टोे आर एस विभिन्न रंगहरुको संयोजनका साथ उपलब्ध रहेको छ । स्पोर्टी बडि ग्राफिक्सको साथ रातो र सेतो रंग, साथ साथै नीलो र सेतो रंगको अत्यन्त आकर्षक संयोजन गरिएको छ । यान्त्रिक रुपमा, स्कुटरमा १०९.६ सिसिको सिंगल सिलिण्डर, एयर कुल्ड इन्जिनजसले ८ बीएचपीको पावर र ९ एनएमको पिक टर्ग दिन्छ । १२ इन्च टायरको सथामा १६५ एमएम को ग्राउन्ड क्लियरन्स जुनयस सेग्मेन्टमा धेरै हो । साथै, यसमा ६ लिटरको इन्धन स्टोरेज क्षमता रहेको छ । यसका साथै डिसप्ले प्यानलमा सरल तथा छिटो पहुचका लागी आर्कषक फन्ट स्टोरेज पनि राखिएको छ । गस्टो आर एस स्कुटर अझ धेरै स्टाइलिस, अझ धेरै सहज, अझ धेरै सुविधा र आकर्षक रुपमा प्रस्तुत गरिएको हुँदा यसको प्रवद्र्धन नै “एस्पाइर टु मोर” भनी गरिएको कम्पनीले जनाएको छ । विशेष गरि यस स्कुटर युवावर्गलाई लक्षित गरि प्रस्तुत गरिएको र सहजै मन जित्ने विश्वास कम्पनीले लिएको छ ।
चर्पी सुधार्ने मुलुकहरुमध्ये नेपाल विश्वकै चौथो, भारत अझैं पुछारमा
काठमाडौं । नेपाल विश्वकै शौचालय सुधार गर्ने मुलुकहरुमध्ये चौथो स्थानमा परेको छ । वाटर एडले सार्वजनिक प्रतिवेदन अनुसार गरेको सन् २०१७ को शौचालय प्रतिवेदन अनुसार नेपाल सरसफाईमा सुधार ल्याउने उत्कृष्ट १० मुलुकहरुको सुचीमा परेको हो । सन् २००० मा खुला दिसापिसाब गर्ने मानिसहरुको संख्या ६५ प्रतिशत पुगेको थियो । सरसफाईमा तिव्र अगाडी बढ्दै गरेको सन् २०१५ मा खुला शौच गर्नेको संख्या ३० प्रतिशतमा झर्यो । सरकारको बलियो पहलकदमीका कारण सम्भव भएको वाटर एडको दाबी छ । सन् २०१५ को तथ्यांक अनुसार नेपालमा ८५ लाख मानिसहरु खुला शौच प्रयोग गर्छन् । खानेपानी तथा सरसफाई विभागका अनुसार हाल ९ प्रतिशत मानिसहरु शौचालयको प्रयोगबाट बञ्चित छन् । जसअनुसार २६ लाख मानिस खुला शौच गर्न बाध्य छन् । काठमाडौं उपत्यकामा ४६ हजार जनसंख्यामध्ये एउटामात्र सार्वजनिक शौचालय अपाङ्गमैत्री छ । आधारभुत शौचालय तथा सरसफाईको अभावमा वर्षमा करिब ७ सय जना बालबालिका झाडापखालाबाट पीडित छन् । विश्वका दश खराब सरसफाई भएको मुलुकमा अफ्रिकी मुलुकहरु परेका छन् । भारतमा करिब साढे ३५ करोड मानिस शौचालयबाट बञ्चित छन् । यसै तथ्यांकका आधार भारत शौचालयमा सबैभन्दा लामो लाइन भएको मुलुकमा अग्रस्थानमा परेको छ । लक्ष्य सरकारको दिगो विकासको लक्ष्य अनुसार सबैका लागि पानी र शौचालयको उपलब्धता तथा दिगो व्यवस्थापन सुनिक्षित गर्नुपर्ने उल्लेख छ । त्यस्तै दिगो विकासको लक्ष्य अन्तर्गत आगामी २०३० सम्म ९९५ घरधुरीमा पानीको पहुँच पुर्याअउने र ९५ प्रतिशत घरधुरीमा पाइपलाइनबाट खानेपानीको सुविधा तथा सुधारिएको शौचालय पहुँचको व्यवस्था गर्ने लक्ष्य रहेको छ । वाटर एडका अनुसार काठमाडौं उपत्यकामा मात्र ८४ वटा सार्वजनिक शौचालय रहेको जसमध्ये ९ को अस्तित्व नरहेको, २५ वटा निर्माणाधिन अवस्थामा रहेका र १ वटा शौचालय मात्र अपाङ्गमैत्री रहेको छ । उपत्यकाका ४६ हजार जनसंख्याका एउटा मात्र सार्वजनिक शौचालय आपाङ्गमैत्री रहेको छ । त्यस्तै गुणस्तरहिन शौचालयका कारण वार्षिक करिब ७ सय बालबालिकाहरु झाडापखालाबाट संक्रमित हुने गरेका छन् । हाल उपत्यकाका शार्वजनिक शौचालयहरुको सरसफाईको अवस्था खराब रहेको र पानीको पनि अभाव रहेको छ । त्यस्तै सरसफाइका लागि साबुन, सरफ र अन्य सामग्री पनि नरहेको पाइएको छ । शौचालयमा फोहोर व्यवस्थापनका लागि स्यानिटरी बिनको व्यवस्था पनि छैन ।
अग्नि ग्रुपको चौथो क्षेत्रीय कार्यालय कोहोलपुरमा
काठमाडौं । महिन्द्राका युटिलिटि भेइकल्स तथा ट्राक्टरहरुको लागि अग्नि ग्रुपले आफ्नो चौथो क्षेत्रीय शाखा कार्यालय कोहोलपुरमा शुभारम्भ गरेको छ । यस कार्यालयको उद्घाटन अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले गरेका हुन् । उक्त शाखाको शुभारम्भ पछि पश्चिम क्षेत्रका ग्राहकहरुले सर्वसुलभ एवं सहज तरिकाबाट कम्पनीको गुणस्तरीय सेवा पाउने छन् । यस अघि कम्पनीले विरगञ्ज, इटहरी, भैरहवामा जस्ता प्रमुख सहरहरुमा आफ्नो आधिकारिक क्षेत्रीय कार्यालयको स्थापना गरिसकेको छ । हालै सञ्चालनमा ल्याइएको क्षेत्रीय कार्यालयले अग्निका डिलरहरुलाई मूलधारमा ल्याई गुणस्तरीय सेवाको साथ छुट्टै अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।
विशाल बजार कम्पनीले खुलायो सीईओको जागिर, ७ दिनभित्र आवेदन दिनुपर्ने
काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मागेको छ । कम्पनीले ७ दिनभित्र आवेदन दिन भनेको छ । अर्थशास्त्र, वाणिज्यशास्त्र र समाजशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर उतिर्ण वा क वर्गको वाणिज्य बैंकमा १० औं तहसम्म काम गरेकाले आवेदन दिन पाउने व्यवस्था गरेको छ । कम्पनीले प्रशासन सहायक, लेखापाललगायत कनिष्ठ तहमा ६ जनाका लागि जागिर खुलाएको छ ।
पैसा धेरै खर्च भो ! जोगाउन अपनाउनुहोस् यस्तो उपाय
यदि तपाईले ध्यानपूर्वक पैसा खर्च गर्नुभयो भने तपाईले पैसा बचाउन सक्नुहुन्छ । खर्च तपाईका आर्थिक योजनाको एउटा महत्वपूर्ण हिस्सा हो । तर कहिले र कहाँ खर्च गर्ने, कति खर्च गर्ने र कसरी खर्च गर्ने यो सब कुरामा ध्यान दिएर बुद्धिमानी ढंगले पैसा खर्च गर्नुपर्छ । त्यसैले, बुद्धिमानीका साथ खर्च गर्नका लागि योजना बनाएर तपाईले धेरै पैसा जोगाउन सक्नुहुन्छ र अनावश्यक खर्चबाट पनि बच्न सकिन्छ । यसका लागि तपाईले केही वित्तीय अनुशासन पालना गर्नपर्छ । बुद्धिमानीका साथ पैसा खर्च गर्दा अवकाशको जिवनपछि ठुलो कोष जम्मा गर्नसकिन्छ । खर्च गर्नुभन्दा अगाडी योजना बनाउनुहोस् तपाईको व्यक्तिगत वित्तिय कारोबारका प्रत्येक चरणमा योजना बनाउनु जरुरी छ । सुरुमा आफ्नो सबै खर्चहरुको एउटा सूची बनाउनुपर्छ । वस्तुहरुको महत्वका अनुसार प्राथमिकताका वस्तु, अर्थात सबैभन्दा बढी महत्वपूर्ण वस्तुको नाम उक्त सूचीमा माथी र कम महत्वपूर्ण वस्तुको नाम सबैभन्दा तल लेख्नुपर्छ । अब हिसाब गर्नुहोस् – लगानीपछि, बीमाको प्रीमियम तिरेपछि, कर्जा चुकाएपछि र अन्य नियमित आवश्यक बिलहरुको भुक्तान गरेपछि अन्य वस्तुमा खर्च गर्नका लागि तपाईसँग कति पसा जोगिन्छ ? तपाईसँग भएका पैसाको परिमाणका आधारमा आफ्नो सूचीमा सबैभन्दा माथीका वस्तुहरुको पैसा छुट्टै राख्नुहोस् । सूचीमा सबैभन्दा तलका वस्तुहरुको लागि बचत गर्न सक्ने/नसक्ने कुरा ख्याल राख्नुपर्छ । तपाईको लक्ष्यअनुसार कम भन्दा कम खर्च गर्नुमा केन्द्रित हुनुपर्छ । खर्च गर्नु भन्दा अगाडी लगानी गर्नुपर्छ र खर्च गर्ने समयमा बचत गर्नुपर्छ । हातमा धेरै पैसा हुँदा धेरै खर्च गर्न मन लाग्छ । त्यसैले, खर्च गर्नुभन्दा पहिला लगानी गर्नुपर्छ । तपाईको आफ्नो भावी आवश्यकताका बारेमा थाहा पाउनु जरुरी छ । पैसा पाउने बितिकै सबैभन्दा अगाडी त्यो पैसाले आफ्नो लगानीसम्बन्धी आवश्यकता पूरा गर्नुपर्छ । त्यसपछि आफ्नो कर्जा चुकाउनुपर्छ । अन्तमा बचेको पैसाको प्रयोग आफ्नो मनचाह वस्तु खरीदका लागि गर्नपर्छ । धेरै पैसा जोगाउन डिस्काउन्टको पनि लाभ उठाउनुपर्छ, अनलाइन तुलना गर्ने तथा क्रेडिट कार्ड क्यासब्याक अफरहरुको पनि लाभ उठाउने कोसिस जारी राख्नुपर्छ । अफ्नो वित्तीय क्षमताभन्दा अधिक खर्च नगर्नुहोस् आफ्नो वित्तीय क्षमताभन्दा अधिक खर्च गर्नुमा तपाईको कर्जाको जालोमा फस्न सक्नुहुन्छ । केही मानिस खर्च गर्ने समयमा आफ्नो वित्तीय क्षमतालाई नजर अन्दाज गर्छन् । उधारो लिने साधन जस्तो क्रेडिट कार्ड तथा पर्सनल लोन आफ्नो क्षमताभन्दा अधिक खर्च गर्नका लागि प्रेरित गर्छ । कहिलेकाही मानिस आफ्नो वित्तीय योजनाकम यस्तो ऋणको प्रभावको बारेमा सोच्दैन र अनावश्यक वस्तुमा खर्च गर्छन् । यस्तो परिस्थितिमा उधारो तिर्नु पनि ठुलो चुनौती बन्न सक्छ र आवश्यम वस्तु खरिदमा भने समझौता गर्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले आफ्नो वित्तीय क्षमताका अनुसार पैसा खर्च गर्नुपर्छ । आफ्नो बानीव्यहोरामा पनि ध्यान दिनुपर्छ बीचबीचमा आफ्नो खर्च गर्ने बानीमा पनि ध्यान दिनु निकै आवश्यक हुन्छ । यो काम कुनै वित्तीय विशेषज्ञबाट गर्नु फाइदाजनक हुन्छ । कतिपय अवस्थामा आफ्नो खर्च बढी रहेको पत्तै हुँदैद्द । यदि तपाईलाई योजनाबाहेकको खर्च गर्नुपर्यो भने योजनालाई थोरै एडजस्ट गर्नुपर्छ ।
चुनाव लगत्तै बीपीसीको २ अर्ब ४ करोडको एफपीओ आउने, प्रतिकित्ता मूल्य ५०१ रुपैयाँ
काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले चुनावलगतै थप निष्कासन (एफपीओ) ल्याउने भएको छ । प्रति कित्ता ५०१ रुपैयाँ प्रिमियम मूल्यमा ४० लाख ८१ हजार कित्ता एफपीओ ल्याउन लागेको हो । यसअघि बीपीसीले धितोपत्र बोर्डमा प्रतिकित्ता ५१८ रुपैयाँमा एफपीओ निष्कासन गर्ने प्रस्ताव गरेकोमा परिमार्जन गरी ५०१ कायम गरिएको हो । पछिल्लो व्यवस्थाअनुसार नयाँ मूल्य प्रस्ताव गरेका बीपीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठले बताए । उनले बोर्डले स्वीकृति दिने काम अन्तिम चरणमा पुगेकाले चुनाव सकिएलगतै एफपीओ निष्कासन थाल्ने उनले बताए । बीपीसीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको एफपीओ आउने भएको छ । कम्पनीले सेयर निश्कासन(अण्डर राइटर)का लागि लक्ष्मी क्यापिटल र एनएमबी क्यापिटललाई नियुक्त गरेको छ । गत आर्थिक वर्ष ०७३/०७४ मा बीपीसीले ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ । चालु आवको पहिलो त्रैमाशमा बीपीसीको नाफा २३५ प्रतिशतले बढेर ७ करोड २२ लाख रुपैयाँ पुगेको छ । बीपीसीले साढे ६६ मेगावाटका न्यादी र कावेली ए आयोजना निर्माणमा थप लगानी जुटाउन बीपीसीले प्रिमियम दरमा एफपीओ निश्कासन गर्न लागेको उनले जानकारी दिए । धितोपत्र बोर्डले उत्पादनमूलक लगायत अन्य क्षेत्रका संगठित संस्थाले पनि एफपीओ निष्कासन गर्न पाउने नीतिगत व्यवस्था गरेपछि बीपीसीले एफपीओ निष्कासन गर्न लागेको हो । सहायक कम्पनी कावेली इनर्जी लिमिटेड र न्यादी हाइड्रोपावर लिमिटेडमार्फत निर्माण हुन लागेका २ आयोजनामा बीपीसीले २ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ लगानी गर्नेछ । यी आयोजनामा हालसम्म ९५ करोड ३६ लाख रुपैयाँ लगानी भैसकेको छ । १ अर्ब ३९ करोड ५० लाख रुपैयाँ लगानी गर्न बाँकी छ ।बीपीसीले कायम रहेको चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँबाट बढाएर २ अर्ब २२ करोड पुयाउने तयारी छ । बीपीसीले ४ मेगावटको खुदी, ९ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिम्रुक आयोजना सञ्चालन गरिरहेको छ । आउँदो ४ वर्षमा बीपीसीको जडित क्षमता ९५ मेगावाट पुग्नेछ । कम्पनीमा सरकार, युनाइटेड मिसन टु नेपाल, एनआईडीसी डेभलपमेन्ट बैंक र नेपाल विद्युत प्राधिकरणको गरी १३ प्रतिशत, सांग्रिला इनर्जी लिमिटेड र आईकेएन नेपाल एसको ७५ र सर्वसाधारण र कर्मचारीको गरी १२ प्रतिशत स्वामित्व छ ।
टुरिजम डेभलपमेन्टलाई मर्ज गर्न मेगा बैंकले पुस ४ गते बोलायो विशेष साधारणसभा
काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकलाई मर्ज गर्न मेगा बैंकले पुस ४ गते विशेष साधारणसभा बोलाएको छ । सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा विवाद भएपछि मर्जरमा जानका लागि गत सोमबार बोलाइएको मेगाको विशेष साधारणसभा स्थगित भएपछि पुनः पुस ४ गतेलाई तोकिएको हो । टुरिजम्को साधारणसभाले मेगासंग मर्जरमा जाने प्रस्ताव पारित गरेको छ । मर्जर सम्झौता पारित गर्न दुबै बैंकले सोमबार साधारणसभा बोलाएका थिए । टुरिजम मेगामा मर्ज भएपछि स्वाप रेसियो ९५ हुने गत माघमा सम्झौता भएको थियो । तर सम्पत्तिको दाइत्व मूल्याँकन (डीडीए) गर्दा टुरिजमको मेगामा ९१.९७ हुने प्रतिवेदन आएपछि विवाद भई सोमबारको विशेष साधारणसभा रोकिएको हो । मर्जरमा जाने सम्झौता गरेपछि १० महिनादेखि दुबै बैंकको सेयर कारोबार बन्द छ । सेयर कारोबार नहुदा लगानीकर्ता मारमा परेका छन् । अब २५ प्रतिशत गणकपुरक संख्या भएपछि सभा हुने छ । दुबै संस्थाको चुक्तापुँजी पुगेकाले मर्जरमा जान आवश्यक नभएको तर्क सेयरधनीले उठाएका थिए । हकप्रद सेयर बिक्रीपछि मेगाको चुक्तापुँजी ७ अर्ब ५६ करोड र गत आवको नाफाबाट बोनस सेयर बितरण गर्दा चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुग्ने भएपछि मर्जरमा जानुनपर्ने तर्क सभामा उठेको थियो । टुरिजमले पनि चुक्तापुँजी साढे २ अर्ब रुपैयाँ पर्याउने भएको छ ।