सानिमा बैंकको नाफा १ अर्ब ३० करोड, ३० प्रतिशले बढायो नाफा
काठमाडौं । सानिमा बैंकले पनि एक वर्षमै १ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको छ । यो बैंकले गत आर्थिक वर्ष ९९ करोड ६० लाख मात्रै नाफा कमाएको थियो । यो बैंकले गत आव२०७३/७४ मा ३० दशमलव ५३ प्रतिशतले नाफा बढाउन र अर्ब बढी नाफा कमाउने बैंकको सूचीमा पर्न सफल भएको छ । यसले अघिल्लो आवको तुलनामा गत आवमा ३० करोड ४१ लाख रुपैयाँ नाफा गरेको छ । यो बैंकले असार मसान्तसम्ममा संचित कोषमा २ अर्ब १६ करोड रुपैयाँ जम्मा गरेको छ । यो बैंकको असार मसान्तसम्मको सेयर पुँजी ६ अर्ब ८९ करोड रुपैयाँ छ । बैंकले असार मसान्तसम्ममा निक्षेप ५८ अर्ब २२ करोड रुपैयाँ संकलन गरेको छ भने ५१ अर्ब २६ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो बैंकले ९ अर्ब १६ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको खराब कर्जा अनुपात शून्य दशमलव ०१ प्रतिशत रहेको छ । बैकको प्रति सेयर आम्दानी १८ रुपैयाँ ८५ पैसा रहेको छ । यो बैंकको सीडी रेसियो ७२ दशमवल ०४ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर नेटवर्थ १३१ रुपैयाँ ३२ पैसा रहेको छ ।
गफै गरेर सक्छन नेपालीले दैनिक १८ करोड, मोवाइल रिचार्जमा ठूलो खर्च
काठमाडौं । झन्डै एक चौथाइ नागरिक गरिबीको रेखामुनि रहेका मुलुकमा दैनिक कम्तीमा १८ करोड रूपैयाँ मोबाइलमा खर्च हुने गरेको तथ्यांक बाहिर आएको छ। मुलुकका दुई ठूला मोबाइल प्रदायक कम्पनीमध्ये एक नेपाल टेलिकमका ग्राहकले दिनमा नौ करोड रुपैयाँ खर्च गरेको देखिएको छ। टेलिकमका अनुसार उसलाई गत आवको नौ महिनामा मोबाइल रिचार्जमा २४ अर्ब ३८ करोड रुपैयाँ आम्दानी भएको छ। यो दैनिक औसत नौ करोड रुपैयाँभन्दा बढी हो। अर्को ठूलो मोबाइल सेवा प्रदायक एनसेलको वार्षिक आम्दानी हेर्दा ग्राहकले अझै धेरै खर्च गरेको देखिन्छ। दुबै कम्पनीका ग्राहकले गरेको खर्च जोड्दा १८ करोडभन्दा बढी हुन्छ। मुलुकभर ६ वटा दुरसञ्चार सेवा प्रदायक कम्पनी भए पनि अरू चार वटाको कारोबार धेरै छैन। मुलुकभर कार्ड र अनलाइनबाट गरेको रिचार्जमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामा मात्र हुने गरेको छ। नागरिक दैनिकबाट ।
एक बर्षमा सातै प्रदेशबाट भिषा, केन्द्रको चाप अन्त्य हुने
काठमाडौं । गृह मन्त्रालयले एक बर्षभित्र सातवटै प्रदेशबाट प्रवेशाज्ञा (भिषा) जारी गर्ने भएको छ । केन्द्रमा देखिएको सेवाग्राहीको चाप व्यवस्थापन तथा प्रविधियुक्त अध्यागमन कार्ययोजना लागू गर्न हध्यागमन विभागले सबै प्रदेश र कर्पटकीय गन्तव्यका रुपमा रहेका स्थानबाट भिषा जारी गर्न पक्रिया अघि बढाएको खबर आजको कारोबारमा छ । २०७५ असोजभित्र यो सुविधा सबै प्रदेशबाट उपलब्ध गराइने बताइएको छ । विभागका महानिर्देशक गंगाराम गेललका अनुसार आवश्यकता, औचित्य र सेवाग्राहीको चापका आधारमा प्रदेश अन्र्तगतका विभिन्न स्थानमा भिषा सेन्टर स्थापना गरिने छ । कारोबार दैनिकबाट ।
मन्त्रिपरिषद् विस्तार आज, नयाँ अनुहारको बाहुल्यता
काठमाडौं । कांग्रेसले पार्टीका गुट उपगुटको व्यवस्थापन गर्न नसक्दा मंगलबार रोकिएको मन्त्रिपरिषद् विस्तार बुधबार हुँदै छ। सत्तासाझेदार माओवादी केन्द्रसँग मन्त्रालय भागबन्डा टुंगिए पनि पार्टीकै तर्फबाट कांग्रेसले मन्त्री छान्न नसकेपछि मन्त्रिपरिषद् विस्तार सरेको हो। यद्यपि, यसपटक सरकारमा कांग्रेसबाट नयाँ अनुहार सहभागी हुने देखिएको छ। राष्ट्रपति कार्यालयमा मंगलबार ४ देखि ५ बजेसम्म मन्त्रीको शपथ गराउने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समय लिएको थियो। तर, वरिष्ठ नेता रामचन्द्र पौडेल समूह मात्र होइन, आफ्नै समूहबाट मन्त्री बन्नेहरूको नाम टुंग्याउन प्रधानमन्त्री शेरबहादुर देउवा असफल भएपछि मन्त्रिपरिषद् विस्तार बुधबारलाई सरेको उनीनिकट नेताले बताएका छन्। केन्द्रीय कार्यसमिति बैठक सम्पन्न भएसँगै प्रधानमन्त्री एवं पार्टी सभापति देउवालगायत नेताले मंगलबार बिहानैदेखि मन्त्रिपरिषद् विस्तारका लागि कसरत गरेका थिए। पार्टीको संस्थापन पक्षसँग ४० प्रतिशत भाग माग गरेको पौडेल समूहसँग सहमति जुटे पनि कुन(कुन मन्त्रालय दिने भन्ने विवाद सुल्झन नसकेको नेताहरू बताउँछन्। पौडेल समूहले बलबहादुर केसीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित चार जनाको नाम पठाउन खोजेपछि केसीको नाममा समूहभित्रै विवाद भएको थियो। प्रधानमन्त्री देउवा पनि अनिच्छुक देखिनुका साथै भौतिक मन्त्रालय आफूनिकटलाई दिने अडान लिएपछि पौडेल समूहले केसीको नाम हटाएको थियो। सुरुमा पाँच मन्त्रालय दाबी गरे पनि देउवासँग पौडेलको भेटघाटपछि चारवटामा सहमति जुटेको थियो। पौडेल समूहले कुन मन्त्रालय लिने भन्ने टुंगो नलागेपछि विवाद भएको थियो। त्यसपछि उक्त समूहले साढे ५ बजे मात्र चार जना नयाँ अनुहार मन्त्रीका लागि सिफारिस गरेको देउवा समूहको दाबी छ। पौडेल समूहबाट रामकृष्ण यादव, राजन केसी, सञ्जय गौतम र यज्ञबहादुर थापाको नाम देउवालाई बुझाइएको छ। कमला पन्त र सरिता प्रसाईंको नाम मन्त्रीमा चर्चा चले पनि ‘प्रत्यक्ष निर्वाचित’लाई मात्र मन्त्रीमा पठाउने भन्ने मापदण्ड बनाएर पौडेल समूहले दुवै जनाको नाम हटाएको थियो। यद्यपि, पौडेल समूहका केसी सोलुखुम्बु १ का प्रत्यक्ष निर्वाचित सांसद हुन्। मन्त्री नबनाएकोमा असन्तुष्ट बनेका केसीले ‘मेरो केही भन्नु छैन’ भन्दै अन्नपूर्णसँग थप कुरा गर्न अस्वीकार गरे। पौडेल समूहबाट सिफारिस गरिएका यादव सार्वजनिक लेखा समितिका पूर्वसभापति हुन् भने संविधानसभाको दोस्रो निर्वाचनमा केसीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई काठमाडौँ १० मा पराजित गरेका थिए। बर्दिया२ बाट निर्वाचित गौतम र कास्की१ बाट निर्वाचित थापा कम चर्चामा रहेका नेता हुन्। देउवा समूहबाट मीन विश्वकर्मा, अर्जुन जोशी, वीरबहादुर बलायर र अम्बिका बस्नेतको नाम मन्त्रीमा टुंगो लागेको स्रोतले जनाएको छ। यी चारै जना मन्त्रीमा नयाँ अनुहार हुन् भने जोशी मात्र प्रत्यक्ष निर्वाचित सांसद हुन्। उक्त समूहबाट विश्वकर्मा र जोशीले सूचना तथा सञ्चार मन्त्रालयमा दाबी गरेका छन् भने बलायरले भौतिक मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना छ। खुमबहादुर खड्का समूहबाट मोहनबहादुर बस्नेत र कृष्णप्रसाद सिटौला समूहबाट भीमसेनदास प्रधानले मन्त्रीमा अवसर पाउँदै छन्। बस्नेत र प्रधान दुवै प्रत्यक्ष निर्वाचित सांसद हुन्। कांग्रेसले १३ र माओवादी केन्द्रले नौ मन्त्रालय लिने सहमति भए पनि दुवै दलबाट तीनरतीन जना यसअघि नै मन्त्री भइसकेकाले बाँकी मन्त्रालयमा भागबन्डा मिलाउनुपरेको हो। लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधानसहित संघीय मामिला तथा स्थानीय विकासमन्त्री बनिसकेका कारण उक्त दललाई पर्यटन र भूमिसुधार मन्त्रालय दिइने भएको छ। फोरमले माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा छोटो समय मात्र मन्त्री बनेका जितेन्द्र देव र गोपाल दहितलाई नै मन्त्री बनाउने तयारी गरेको नेता रामजनम चौधरीले जानकारी दिए। नेकपा संयुक्तले दाहाल नेतृत्वको सरकारका पालामा पाएको वातावरण मन्त्रालय नै पाउने भएको छ। उद्योग, वन, शान्ति र विज्ञान तथा प्रविधि मन्त्रालय हाललाई प्रधानमन्त्रीसँग राख्ने र राप्रपालगायत दलसँग कुरा मिले उनीहरूलाई पछि ती मन्त्रालयको जिम्मा दिने सहमति कांग्रेस र माओवादी केन्द्रबीच भएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ। मन्त्री बन्नेको सम्भावित सूची पौडेल समूह रामकृष्ण यादव राजन केसी सञ्जय गौतम यज्ञबहादुर थापा देउवा समूह मीन विश्वकर्मा चीनकाजी श्रेष्ठ वीरबहादुर बलायर अम्बिका बस्नेत खड्का समूह मोहनबहादुर बस्नेत सिटौला समूह भीमसेनदास प्रधान माओवादी केन्द्र गिरिराजमणि पोखरेल टेकबहादुर बस्नेत शिवकुमार मण्डल महेन्द्रबहादुर शाही श्यामकुमार श्रेष्ठ सीता नेपाली वा आशा खनाल लोकतान्त्रिक फोरम जितेन्द्र देव र गोपाल दहित अन्नपूर्ण पोस्टबाट ।
हकप्रद र बोनसबाट एनबी इन्सुरेन्सले एक अर्ब पूँजी पुर्याउने
काठमाडौं । एनबी इन्सुरेन्स कम्पनीले हकप्रद र बोनसबाट आगामी असार मसान्तसम्ममा एक अर्ब पूँजी पुर्याउने निर्णय गरेको छ । उक्त निर्णय असार ११ गते बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको हो । बैंठकको निर्णय अनुसार इन्सुरेन्सले आर्थिक वर्ष २०७४/२०७५ को अन्तिमसम्ममा ८० प्रतिशत हकप्रद र ५ प्रतिशत बोनस सेयर वितरण गरेर कम्पनीको पूँजी एक अर्ब २ करोड ६ लाख रुपैयाँ पुर्याउने भएको छ । हाल इन्सुरेन्सको चुक्ता पूँजी २७ करोड रुपैयाँ रहेको छ । कम्पनीले हालै जारी गर्दै रहेको शतप्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी ५४ करोड रुपैयाँ हुने छ । उक्त पूँजीमा कम्पनीले फेरी ८० प्रतिशत(१०ः८०) हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । सो मात्राको हकप्रद पश्चात कम्पनीको पूँजी ९७ करोड रुपैयाँ पुग्ने छ । त्यस्तै, हकप्रद पश्चात कायम हुने उक्त पूँजीमा कम्पनीले फेरी ५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले ४ करोड ८६ लाख रुपैयाँको बोनस सेयर वितरण गर्ने भएको छ । सो मात्राको बोनस वितरण पश्चात कम्पनीको पूँजी एक अर्ब २ करोड ६ लाख रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ ।
३७ वटा जलविद्युत् आयोजनालाई निर्माण अनुमतिपत्र, हेरौँ क-कसले पाए ?
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७३/७४ मा ३७ वटा जलविद्युत् आयोजनालाई निर्माणका लागि अनुमतिपत्र प्रदान गरेको छ । ऊर्जा मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म तीन हजार ६८४ मेगावाट क्षमता बराबरको विद्युत् उत्पादनका लागि अनुमतिपत्र दिएको छ । आव २०७३/७४ मा अनुमतिपत्र पाएका आयोजनाको क्षमता एक हजार १३६ मेगावाट रहेको छ । गत आवको प्रारम्भमा बेत्रावती हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गर्न लागेको १४.७० मेगावाट क्षमताको पलाँखु खोला जलविद्युत् आयोजनालाई अनुमतिपत्र प्रदान गरेको थियो भने सो आवको अन्तिममा गत जेठ अन्तिम साता बिन्दवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निर्माण गर्न लागेको ६.६ मेगावाट क्षमताको रुदी खोला बी जलविद्युत् परियोजनालाई अनुमतिपत्र दिएको थियो । अनुमतिपत्र दिइएका आयोजनामध्ये सबैभन्दा ठूलो परियोजना ४०० मेगावाट क्षमताको गाली गण्डकी कोबाङ रहेको छ । मुस्ताङमा आयोजना स्थल रहेको सो आयोजना अम्बेस्वर इन्जिनियरिङ हाइड्रोपावर कम्पनीले निर्माण गर्नेछ । माथिल्लो वलेफी ३६ मेगावाट, लिपिङ खोला १६ मेगावाट, माथिल्लो सोलु खोला १८ मेगावाट, मकरी गाड १० मेगावाटले पनि निर्माणको अनुमतिपत्र प्राप्त गरेका छन् । यस्तै सिद्धकाली हाइड्रोपावरले निर्माण गर्न लागेको ७५ मेगावाट क्षमताको त्रिशूली गल्छी, सिन्धुज्वाला हाइड्रोपावर प्रवद्र्धक रहेको ४३ मेगावाटको नेशम खोला, ३७ मेगावाटको राहुघाट मंगाले, १० मेगावाटको माडी भोर्लेटार र ८ मेगावाटको अपर नौगाडले पनि अनुमतिपत्र पाएका छन् । विभागका अनुसार ४८ मेगावाटको खिम्ती दोस्रो, १२ मेगावाटको रुरु, ५२ मेगावाटको माथिल्लो लाप्चे खोला, ४३ मेगावाटको आँखु खोला, सात मेगावाटको दरमखोला, १५ मेगावाटको सवाखोला, २३ मेगावाटको बलेफी, ४४ मेगावाटको सुपर मादी र ५४ मेगावाटको मध्य तमोर पनि निर्माण अनुमतिपत्र प्राप्त गरेका छन् । अनुमतिपत्र लिएका केही आयोजना निर्माणको चरणमा र कतिपयले वित्तीय व्यवस्थापन गरेर निर्माण शुरु गर्ने तयारीमा रहेका विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल निजी क्षेत्रका करिब तीन हजार मेगावाट क्षमताका आयोजना निर्माणको चरणमा छन् । तीमध्ये १३५ मेगावाट क्षमताका १४ आयोजना आव २०७३/७४ मा सम्पन्न भएका थिए । चालु आवमा प्राधिकरणको ३० मेगावाट क्षमताको चमेलिया निर्माण सम्पन्न हुने छ । निजी क्षेत्रमा नदी प्रवाहमा आधारित करिब ३०० मेगावाट बराबरका आयोजना पनि सम्पन्न हुने छन् । तर हिउँदमा ती आयोजनाबाट उत्पादन हुने विद्युत्को मात्रा न्यून रहने छ । सरकारको बास्केटमा हालसम्म १२८ आयोजना रहेका छन् । ती आयोजनाको क्षमता चार हजार २१ मेगावाट छ । सरकारले एक हजार २४८ मेगावाट क्षमताका आयोजनाको अध्ययन सम्पन्न गरेको जनाएको छ भने सात हजार १३६ मेगावाट क्षमताका ५५ आयोजना अध्ययनको चरणमा छन् । रासस
जीवन बीमा कम्पनीको बजार २० प्रतिशतले बढ्यो, नेपाल लाइफको बजार हिस्सा ३१ प्रतिशत(सूचिसहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुको बजार २० प्रतिशतले बढेको छ । ९ वटा जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्ष २०७३/७४ मा २० प्रतिशतले बजार वृद्धि गरेर ३८ अर्ब ४० करोड प्रिमियम(बीमा शुल्क) संकलन गरेका हुन् । यीनै कम्पनीहरुले आर्थिक बर्ष २०७२/७३ मा जम्मा ३१ अर्ब ९७ करोडको प्रिमियम मात्रै संकलन गर्न सकेका थिए । ९ वटा बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै १२ अर्ब प्रिमिय संकलन गरेको छ । कम्पनीले गत आर्थिक बर्षको तुलनामा १७ प्रतिशत बढि प्रिमियम संकलन गरेको हो । कुल प्रिमियममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मात्रै हिस्सा ३१ प्रतिशत ओगट्न सफल भएको हो । धेरै प्रिमियम संकलन गर्ने कम्पनीका रुपमा दोश्रो नम्बरमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल रहेको छ । यो कम्पनीले ८ अर्ब ८० करोड रुपैंयाँ प्रिमियम संकलन गरेको हो । यसले आफ्नो बजार २५ प्रतिशतले वृद्धि गरेको देखिन्छ । त्यस्तै, तेश्रो धेरै प्रिमियम संकलन गर्ने कम्पनीका रुपमा नेशनल लाइफ इन्स्योरेन्स स्थापित भएको छ, जसले ४ अर्ब ९५ करोड प्रिमियम संकलन गरेको हो । नेशलन लाइफ इन्स्योरेन्सक कम्पनीले आफ्नो बजार हिस्सा २९ प्रतिशतले बढाएको देखिन्छ । जीवन बीमा कम्पनीहरुले आफ्नो बजारलाई ८ प्रतिशतदेखि २९ प्रतिशतसम्म विस्तार गर्न सफल भएका छन् । राष्ट्रिय बीमा संस्थानको बजार ८ प्रतिशतले बढेको छ भने नेशनल लाइफ इन्स्योरेन्सले २९ प्रतिशतले बजार बढाएको छ ।
बिनोद ढकालले ल्याए “भ्यालेन्टिनो” नामको पप गीत नेपाली बजारमा
काठमाडौं । बिनोद ढकालले आफ्नै शब्द, संगीत र स्वरमा रहेको नयाँ डान्सिङ नम्बर भ्यालेन्टिनो को भिडियो युट्युव मार्फत रिलिज गरेका छन् । “उकालीमा पनि हजुर मोटर जाँदो रैछ”,”मर्छु किक्या हो गाँजा तानी तानी”, “भ्रुम-भ्रुम” लगायतका सफल गीत पस्किएका बिनोदले यस अघि “बाजेले गितार बजाको बज्यै नाच्न लजाको” बोलको म्युजिक भिडियो बजारमा ल्याएका थिए । बाजेले गितार बजाको म्युजिक भिडियोले राम्रो सफलता पाएपछि बिनोदले भ्यालेन्टिनो बजारमा ल्याएका हुन् । यसपटक बजारमाल्याएको भ्यालेन्टिनो बोलको गीतमा उनलाई मिना सिंहले फिमेल भोकलमा साथ दिएकी छन् । मालालिम्बु र सुनिलश्रेष्ठले अभिनय गरेको म्युजिक भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका छन् । अमृत सुनुवारको छायाँकनमा तयार गीतको भिडियोलाई शुशील न्यौपानेले सम्पादन गरेका छन् । एशियन म्युजिकले बजारमा ल्याएको यो गीत युवा केन्द्रित रहेको बताइएको छ । अहिले बजारमाल्याएको भ्यालेन्टिनोले यस अघिका गीतभन्दा धेरै सफलता पाउने दाबी गर्दै ढकालले आफूले अरु भन्दा फरक स्वादका गीतहरु मात्र बजारमा ल्याउने र यसलाई श्रोता तथा दर्शकले मन पराउने बताए । २०६१ साल देखि गायन क्षेत्रमा हात हालेका ढकालले निशाना, मोक्ष, लालटिन, किङ, कुुन्ठा लगतायत दर्जन बढी फिल्ममा र्याप, पप लगायतका स्वर र संगीत दिइसकेको पनि जानकारी दिइएको छ ।