विकासन्युज

वायुसेवा निगमलाई ऋणको भारी, व्याज अधिकको समस्याले थप जहाज भाडामा मात्रै ल्याइने

काठमाडौं । नेपाल वायु सेवा निगमले दुर्ई वर्ष अगाडि मात्रै कर्मचारी संचयकोषबाट १० अर्ब ऋण लिएर दुई वटा १५८ सिट क्षतमताको एयरवसको ए३२० नामक न्यारोवडि जहाज किनेर उडान गरिरहेको छ । उक्त त्रैमासिक ऋण भुक्तानी निगमले १४ वर्षसम्म गर्दै छ । यो जहाज किन्दा लिएको १२ प्रतिशतको व्याज हाल वार्षिक ११ प्रतिशत रहेको छ । निगमले आगामी १३ वर्षसम्म हरेक तीनतीन महिनामा संचयकोषलाई ३२ करोड ३६ लाख १७ हजार चार सय २१ रुपैयाँ नियममित बुझाउनुपर्ने छ। हालसम्म निगमले ५ किस्ता मात्रै यस्तो रकम तिरेको छ । निगमले आगमी बैशाखभित्रै २ वटा वाइवडि जहाज ल्याउँदै छ । यो जहाज खरिद गर्न निगमले कर्मचारी संचय कोष र नागरिक लगानी कोषबाट लिएको २४ अर्ब रुपैयाँको व्याज ९ प्रतिशत हुने छ । निगमले साढे तीन अर्ब रुपैयाँको किनेको चारवटा चिनियाँ जहाज वाई १२ र एमए६० दुईदुई वटाको व्याज पनि बार्षिक १ दशमलल ७५ प्रतिशत छ । यसको व्याज पनि आगामी वर्षदेखि तिर्नुपर्ने भएको छ । निगमले हालसम्म साढे ३८ अर्ब रुपैयाँ लिण लिएको छ । निगमले जहाज उडाएर कमाएको नाफाको ठूलो हिस्सा निगमको जहाज खरिद गर्दा लिएको ऋणको व्याजमा जाने भएपनि निगमले आगामी वर्ष आउने वाइडवडि पछि तुरुन्तै अगाडि बढाउने २ वटा न्यारोवडि र त्यसपछिका जहाज भने भाडामै चलाउने भएको निगमका महाप्रवन्धक सुगतरत्त कंसाकारले बताए । उहाका अनुसार निगमले लिएको ऋणको व्याज थेग्न पनि थोरै जहाज मात्रै किन्ने र थेरै जहाज भाडामा ल्याउने गर्नुपर्ने आवश्यकता देखिएको हो । निगमले दुईवटा वाइडबडी किनेपछि भाडा (लिज) मा थप जहाज ल्याउने कंसाकारले जानकारी दिए । अबका दिन जहाज खरिद नगरिने नीति लिइएको उनको भनाइ छ । ‘संसारमा थोरै मुलुक छन् जो हामीले जस्तै नौ दश प्रतिशत ब्याजमा ऋण उठाउँदै जहाज किन्छन्, उनले भने, । यसरी जहाज किन्न ब्याजको भारले थिच्दै जाने भएकोले पनि लिजमा लिनुपर्ने उनले जानकारी दिए । हरेक वर्ष २ वटा जहाज थप निगमले वर्षेनी २ वटा जहाज थप गर्दै जाने नीति लिएको छ । यो नीति अनुसार नयाँ जहाज खरिद गर्दै पनि जाने हो भने हामी त्यति धेरै सक्षम कम्पनी भइसकेका छैनौ कि हामीलाई चाहिने सबै जहाज खरिद गर्न सक्ने । त्यसैले जहाज थप गरेर बजार हिस्सा भने बढाउँदै जाने हो । यसका लागि निगमले वार्षिक २ वटा जहाज थप गर्दै जाने योजना अगाडि सारेको छ । तर, सबै जहाज खरिद गरेर होइन् । आवश्यकता अनुसार बजार रणनीति बनउँदै उपयुक्त गन्तव्य र जहाज थप गर्दै जाने पनि निगमको भनाइ छ । निगमको भोली ऋणको व्याजले थिच्ला कि भन्ने हो र भविष्य पनि उज्ज्वल बनाउने हो भने अब भडामा वा लिज फाइनान्स सुविधामा जहाज लिनुपर्छ । हिमालयको पनि भाडामै नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पनि हाल उडाउँदै आएका तीनवटा एयरबस ए ३२० लाई १२ वर्षको ड्राइलिज मा ल्याएर चलाइरहेको छ । यसले अहिलसम्म जहाज किनेकै छैन् । यसले राम्रोसँग नेपालमै उडाएकै छ । त्यसो त आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरले पनि आईएसफसीसँग किनेको पहिलो २ वटा एटीआर जहाज जिल फाइनान्समा ल्याएर आफ्नो बनाएको हो । भाडामा ल्याउँदा फसिने चिन्ता जहाज भाडामा ल्याउदा फसिने मात्रै हो कि भन्ने चिन्ता वायुसेवा निगमलाई छ । निगमले यस अघि भाडामै ल्याएको जहाले निगमलाई नकारात्मक छविका रुपमा राखेको छ । यसको संचित नोक्सानी देखिएको छ । निगमले लाउडा विमानको लिज प्रकरणमा निगमले १ अर्ब ६२ करोड हाराहारी रकम घाटा बेहोरेको थियो । त्यसपछि निगमले भाडामा जहाज ल्याउने आट नै नगरेको उल्लेख छ । भाडामा जहाज ल्याउँदा वित्तीय निकायबाट लिइने ऋणको तुलनामा आर्थिक भार धेरै कम पर्छ । ‘लिजमा सुरुमा २० देखि २५ प्रतिशत टोकन मनी बुझाएपछि आर्थिक भार पर्दैन त्यसपछि त्यही जहाजले कमाउँदै गर्छ, किस्ता तिरी रहनुपर्ने पनि निगमको भनाइ छ ।  

मुग्लिन–नारायणगढको विकल्प के ? सहजता अनुसारको विकल्पको तीन वटा सडक विकल्पमा

काटमाडौं । राजधानीको ‘लाइफ लाइन’ का रूपमा रहेको नारायणगढ–काठमाडौं सडकको मुग्लिन–नारायणगढ खण्डमा वर्षायामका बेला छिन–छिनमा पहिरो गएर हरेक दिनजसो हजारौं यात्रुले सास्ती भोग्नुपरिरहेको छ । सातायता मात्रै केहीले ज्यान गुमाएका छन् । सडक चौडा पार्ने क्रममा रहेको उक्त खण्डमा वर्षा नभएका बेला समेत सुक्खा पहिरो जाने गरेकाले यात्रु मात्र हैरान छैनन् कि खाद्यान्नलगायत ओसारपसारमा समेत समस्या भइरहेको छ । के मुग्लिन–नारायणगढ सडक खण्डको विकल्प छैन त ? ‘विकल्पमा मुलुकको पूर्वी भागमा जान बीपी लोकमार्ग, त्रिभुवन लोकपथ (बाइरोड) र दक्षिणकाली–कुलेखानी–हेटौंडा गरी तीनवटा सडक छन्,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले भने, ‘तर, यी तीनवटै सडक साँघुरा र मोडसमेत नपुग्ने भएकाले ठूला गाडी ओहोरदोहोर गर्न सक्दैनन् ।’ यी सडक मोटरसाइकल, साना यात्रुवाहक गाडी (माइक्रो र जिप) र निजी सवारी साधनका लागि मात्र विकल्प बनिरहेका छन् । ‘ठूला गाडीका लागि तत्काल कुनै विकल्प छैन,’ उनले भने, ‘आपतकालीन अवस्थामा पश्चिमी नेपालका लागि पृथ्वी लोकमार्ग (काठमाडौं–पोखरा) हुँदै सिद्धार्थ लोकमार्ग .पोखरा–बुटवल) उपयुक्त विकल्प हुन सक्छ ।’ तर यो मार्ग मुग्लिन–नारायणगढभन्दा बढी दूरीको छ । दक्षिणकाली–कुलेखानी–हेटौंडा सडकलाई ठूला गाडी चलाउने बनाउन कुलेखानीदेखि भैंसेसम्म सुरुङ निर्माण गर्नुबाहेक अर्को विकल्प नभएको उनको भनाइ छ । उक्त सडकलाई बुट प्रणालीमा सुरुङ मार्ग बनाउने नाममा नेपाल पूर्वाधार कम्पनीले तीन वर्षदेखि ओगटिरहेको छ, तर कुनै काम गरिरहेको छैन । त्रिभुवन लोकपथलाई चौडा बनाउन आर्थिक रूपमा सम्भव छैन । त्योभन्दा आर्थिक रूपमा सम्भव हुने सडक कान्ति लोकपथ र फास्ट ट्रयाकमात्र हुन् । सरकारले फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ । कार्कीका अनुसार मुग्लिन–नारायणगढ खण्ड अवरुद्ध भएका बेला मुलुकको पूर्वी भागबाट ठूला गाडी राजधानी आउजाउ गर्न तत्काल कुनै विकल्प छैन । आगामी कात्तिकदेखि भने काठमाडौंबाट हेटौंडा पुग्ने सबभन्दा छोटो सडक कान्तिपथ ठूला गाडीका लागि समेत विकल्प हुने उनले बताए । कान्ति लोकपथ ललितपुरको टीकाभैरवदेखि हटौंडासम्म ७९ किमि लामो छ, जबकि त्रिभुवन लोकपथबाट १ सय ३३, दक्षिणकाली–कुलेखानीबाट ८६ किमि दूरीमा छ हेटौंडा । काठमाडौंबाट मुग्लिन–नारायणगढ हुँदै हेटौंडाको दूरी २ सय २२ किमि छ । यो लोकपथलाई चौडा बनाई कालोपत्रे गर्न यस वर्ष ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । आयोजना प्रमुख देवेन्द्र शाहका अनुसार कान्तिपथको ७९ किमिमध्ये ५५ किमि खण्ड दुई लेनको चौडा बनाउने काम भइसकेको छ । यो भागमा ललितपुरतर्फ १ किमि र हेटौंडातर्फ ४ किमि कालोपत्रेसमेत भइसकेको छ । बाँकी २४ किमि खण्डसमेत चौडा पार्ने, मोडलाई फराकिलो बनाउने र रिटेनिङ वाल बनाउने काम आगामी दसैंसम्म सकिने छ । ‘चार मिटरको सडकलाई ९ मिटर चौडा बनाउने काम भइरहेको छ, जहाँ ठूला दुई गाडी सहजै ओहोरदोहोर गर्न सक्छन्,’ शाहले भने, ‘हामीले यो सडकबाट दसैंपछिदेखि मुग्लिन–नारायणगढ खण्डको विकल्प दिन सक्छौं ।’ अर्को असारदेखि भने कान्ति लोकपथको निर्माण सकिएपछि सबै खाले गाडी चल्ने जानकारी उनले दिए । ‘२०७५ असारसम्ममा यो सडकको कालोपत्रे गर्ने कामसमेत पूरा गर्ने लक्ष्य छ,’ उनले भने, ‘आपतकालीन अवस्थामा दसैंपछिदेखि ठूला गाडीका लागि आउजाउ गर्न यो सडक खोल्न सकिनेछ ।’ कान्तिपुर दैनिकबाट ।

कतारमाथिको नाकाबन्दी प्रभाव, नेपाली कामदार पनि ७५ प्रतिशतले घटे

काठमाडौं । आतंकवादलाई समर्थन गरेको आरोपमाा छिमेकी मुलुकहरुले नाकाबन्दी लगाए पछि कतार जाने नेपाली कामदारको संख्या ७५ प्रतिशतले घटेको छ । नेपाली युवाका लागि वैदेशिक रोजगारीका प्रमुख गन्तब्य मध्ये कतार पनि एक हो । अहिलेसम्म कतारमा कार्यरत कोही पनि नेपाली समस्यामा नपरे पनि यहाँ जाने कामदारहरुको संख्या भने दिनहुँ घटिरहेको छ । नाकाबन्दी लगाउनु अघि दैनिक औषतमा चार सय कामदार कतार जाने गरेको अहिले यो संख्या एक सयमा रोकिएको हो । नागरिक दैनिकबाट ।

घुस लिएको आरोपमा १० ट्राफिक प्रहरी निलम्बनमा, घुसमा तरकारी पनि

काठमाडौं । ट्राफिक प्रहरी महाशाखाले घुस खाएको आरोपमा १० ट्राफिक प्रहरीलाई निलम्बन गरेको छ । उपत्यकामा प्रहरी ऐनविपरीत तथा आफूखुसी रकम असुलेको भन्दै उनीहरूलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । वैशाखदेखि असारसम्मको तीन महिनामा तरकारी तथा नगद रुपैयाँ असुली गरेको फेला परेपछि कारबाही गरिएको महाशाखाका डिआइजी मिङमार लामाले बताए । उनका अनुसार कारबाहीमा पर्नेमा दुई हवल्दारसहित आठजना प्रहरी जवान छन् । लामाले प्रहरी हवल्दारद्वय लेखनाथ यादव र दीपक बोहोरा, प्रहरी जवानहरू भरत कार्की, मानदेव चौधरी, भरतबहादुर चन्द, लक्षुमन साह, रमेश राउत, विनोदकुमार गिरी, बालेश्वर यादव र गोपाल पोखरेल कारबाहीमा परेको बताए । ट्राफिक प्रहरी घुसमा तरकारी पनि लिन्छन् कालिमाटीमा तरकारी तथा रकम असुलेको आरोपमा प्रहरी हवल्दार यादव र प्रहरी जवान चौधरी कारबाहीमा परेका छन् । भाडा ट्रकबाट एक सय रुपैयाँ असुलेको आरोपमा स्वयम्भू वृत्तका प्रहरी जवान कार्की परेका छन् । यस्तै, ड्युटीमा मादक पदार्थ सेवन गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी हवल्दार भरतबहादुर चन्द कारबाहीमा परेका छन् । भाडाको ट्रकबाट दुई सय रुपैयाँ असुली गरेको आरोपमा लक्षुमन साह, माइतीघरमा स्कुटर चालकबाट एक हजार असुलेकोमा यादव र कोटेश्वरमा ट्याक्सी चालकसँग पाँच सय रुपैयाँ लिएको आरोपमा गिरी कारबाहीमा परेका हुन् । जमलमा होटेल सञ्चालन गर्ने महिलालाई दुव्र्यवहार गरेकाले राउत कारबाहीमा परे । त्यस्तै, मैतीदेवीमा मोटरसाइकलचालकबाट पाँच सय लिई छाडेको आरोपमा पोखरेललाई कारबाही गरिएको डिआइजी लामाको भनाइ छ । नयाँ पत्रिका दैनिकबाट ।

नेपालीलाई कालोसूचीबाट हटाउने प्रयास, चार वर्षपछि नेपाली आकाशको अडिट हुँदै

काठमाडौं । नेपालले हवाई सुरक्षाको क्षेत्रमा पछिल्लो समय उल्लेख्य सुधार गरेको दावी गरिरहेका बेला खन्तराष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ)ले वृहत् अध्ययन तथा मूल्यांकन (अडिट) गर्ने भएको छ । आइकाओको दुइ सदस्यीय टोलीले मंगलबार (आज) देखि नेपाली आकाशको अडिट सुरु गर्दैछ । टोलीले असार २७ सम्म नागरिक उड्ययन प्राधिकरणसहित केही एयरलाइन्सहरुको अडिट गर्ने कार्यक्रम छ । नेपाली वायुसेवाको अडिट गर्ने र युरोपेली मुलुकले नेपाली वायुसेवाालाई राखेको युरोप उडानको प्रतिवन्धसहितको कालोसूचिबाट हटाउने प्रयास स्वरुप यो अडिट हुन लागेको हो । कारोबार दैनिकबाट ।

अध्यागमनमा रोकिएका २७ सय यात्रुले भाडा फिर्ता पाएनन्, कामदारकाे बिजाेग गरा दलालले

काठमाडौं । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले विदे अश जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा रोकिएका करिब ३ हजार नेपालीको हवाई भाडा फिर्ता गर्न अटेर गरेका छन् । अध्यागमनले सुरक्षा जाँचमा कडाइ गरेपछि गैरकानूनी रुपमा विदेश जान लागेका तथा आवश्यक कागजात नपुगेका यात्रु फिर्ता हुने क्रम बढेको विभागले जानाकारी दिएको छ । विदेश जाने क्रममा विमानस्थलको अध्यागमनबाटै फिर्ता भएका २ हजार ७ सयभन्दा बढी नेपालीले हवाई भाडमा तिरेको ६० करोडभन्दा बढी रकम नपाएको पाइएको छ । फिर्ता भएका यात्रुले गन्तव्य र हवाई कम्पनीअनुसार २० हजार रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म फिर्ता पाउनुपर्छ । भाडा फिर्ता नपाउनेमा सबैभन्दा बढी वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने नेपाली कामदार रहेका छन् । कारोबार दैनिकबाट ।

फागुनमा रेल आउँदै, भारतीय रेल नेपाली भूमिसम्म आइपुग्दै

जयनगर । नयाँदिल्ली, कोलकता र भारतका अन्य प्रमुख सहरलाई रेलमार्गले जोड्ने विहारको जयनगर स्टेसशनछेउमै धमाधम नयाँ संरचना निर्माण भईरहेको छ । भारतीय भुमिमा भारत सरकारकै लगानीमा निर्मार्ण भईरहेको रेलवे स्टेसन, कार्यालय, भन्सार, गार्डघरजस्ता संरचनाको स्वामित्व भने नपालको हो । भारतीय निर्माण कम्पनी र नेपालको रेलवे विभागका वरिष्ठ अधिकारीहरुले दिएको जानकारीअनुसरा यही स्टेसनबाट आगामी फागुन सन् २०१८ को मार्च मा दुई देशलाई रेलमार्गले पुनः जोड्ने योजना छ । भारत सरकारबाट बर्दिवास जनकपुर जयनगर रेलवे निर्माणको ठेक्का पाएको इरकोनले जयनगरको नेपाल रेलवे स्टेसनमै शनिबारबाट कार्याललयसमेत स्थापना गरेको छ । कान्तिपुर दैनिकबाट।

महँगो मेसिन किन्दै वीर, अनियमितताको आंशका

काठमाडौं । देशको सबैभन्दा पुरानो सरकारी अस्पताल वीरले करिब ४२ करोड रुपैयाँमा रेडियोथेरापी मेसिन किन्ने योजना बनाएको छ । विज्ञका अनुसार क्यान्सर उपचारमा प्रयोग हुने यस्ता मेसिन यति नै मुल्यमा तीनवटा खरिद गर्न सकिन्छ । तीन बर्षअघि पनि वीर अस्पतालले ६ करोड रुपैयाँ पर्ने रेडियोथेरापी मेसिन ११ करोड ८० लाख रुपैयाँमा किन्न कोसिस गेको थियो । खरिद प्रक्रियमा भएको अनियमितता मिडियामार्फत सार्वजनिक भएपछि उक्त प्रक्रिया नै रोकिएको थियो । दुई वर्षभित्र रेडियो थेरापी किन्ने यो चौथौ प्रयास हो । नागरिक दैनिकबाट।