हिमालयन जनरल इन्स्योरेन्सको बुक क्लोज असार १६ देखि
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको असार १६ देखि सेयर खरिद दर्ता बन्द हुने भएको छ ।हिमालयनले हकप्रद सेयर जारी गर्ने प्रयोजनका लागि असार १६ देखि बुक क्लोज गर्ने निर्णय गरेको हो । कम्पनीले एक बराबर १.६६६७ कित्ता हकप्रद सेयर निष्काशन गर्दैछ । असार १६ गते अघिसम्म सेयर खरिद गर्नेहरुले हकप्रद सेयर भर्न पाउनेछन् ।
भूकम्प पीडितलाई नयाँ ट्याक्सीः मेरो नम्बर कहिले आउँछ ? फोटो फिचरसहित
काठमाडौं । भूकम्प प्रभावित १४ जिल्लाका भूकम्प पीडितलाई ट्याक्सीको नम्बर वितरण सुरु भएको छ । बुधबार ललितपुरको च्यासल फुटबल मैदानमा गोला प्रथाबाट ट्याक्सीको नम्बर वितरण सुरु भएको हो । तीन दिनसम्म चल्ने गोला प्रथाको पहिलो दिन काभ्रेपलान्चोक, नुवाकोट र रामेछापका चार सय ९१ जनालाई गोलाप्रथाबाट ट्याक्सी नम्बर वितरण सुरु भएको हो । यी तीन जिल्लाका ४८ हजार नौ सय ६५ जना भूकम्प पीडितले ट्याक्सी नम्बर प्लेटका लागि आवेदन दिएका थिए । काभ्रेका भूकम्प पीडितलाई २०१, नुवाकोटका पीडितलाई १२५ र रामेछापका भूकम्प पीडितले १६५ वटा ट्याक्सीको नम्बर पाउनेछन् । बिहिबार दोलखाका २१४, सिन्धुलीका ४६ र सिन्धुपाल्चोकका २५३ गरि ५१३ पीडितलाई ट्याक्सी नम्बर प्रदान गरिनेछ । त्यस्तै, शुक्रबार भने काठमाडौंका ९५, ललितपुरका ७२, भक्तपुर ४३, मकवानपुर ३१, धादिङ ११७, ओखलढुंगा ३०, गोरखा ७८ र रसुवाका ३० जना भूकम्प पीडितले ट्याक्सीको नम्बर पाउनेछन् । दोलखा, सिन्धुली र सिन्धुपाल्चोकका ५१ हजार तीन सय १२ जनाले आवेदन दिएका छन् । त्यस्तै, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, ओखलढुगा, गोरखा र रसुवाका चार सय ९६ भूकम्पपीडितलाई ट्याक्सी नम्बर गर्ने भएको छ । यी आठ जिल्लाबाट ट्याक्सी नम्बर प्लेटका लागि ४९ हजार तीन सय ११ जनाले आवेदन दिएका छन् । विभागका प्रवक्ता टोकराज पाण्डेका अनुसार विभागले एउटै वास्केटमा हालेर गोलाप्रथा गर्दा जिल्ला र आवेदकअनुसार ट्याक्सी नपर्ने सम्भावना देखिएको जिल्ला र आवोवेदकको आधारमा नम्बर प्लेट वितरण गर्न लागेको हो । विभागले गत साउन ५ गतेदेखि भदौ ५ गतेसम्म भूकम्पबाट अति प्रभावित भएका १४ जिल्लाका आमनागरिकसँग आवेदन लिएको थियो । ट्याक्सी नम्बर प्लेटका लागि कुल एक लाख ४९ हजार पाँच सय ८८ आवदेक भूकम्प पीडितले आवेदन दिएका थिए । आवेदन दिएका एक हजार ५ सय भूकम्प पीडितलाई ट्याक्सी वितरण गर्न लागेको हो ।
अल्पाइन डेभलपमेन्ट बैंकको १८ लाख कित्ता हकप्रद सेयर निष्कासन, ३ कित्ता हुनले २.८ कित्ता पाउने
काठमाडौं । अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेडले १८ लाख ३ हजार २४७ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । यो बैंकले ३ कित्ता हुनले २.८ कित्ता दिने गरी (३ः२.८)को अनुपातमा हकप्रद सेयर जारी गरेको छ । एक सय रुपैयाँ दरका यो बैंकले हकप्रद किन्न गत जेठ २१ गतेसम्म कारोबार गरेका सेयरधनीले मात्रै पाउने गरी सूचना जारी गरेको छ । बैैंकले यही असार २५ गतेबाट आवेदन खुला गरेको छ । आवेदन साउन २९ गतेसम्म दिन पाइने जानकारी दिएको छ । यसको सेयर आवेदन बैंकका हेटौडा, काभ्रे, चितवनसहिका विभिन्न कार्यालय, एनएमबी बैंक र एनमएमबी क्यापिटलबाट आवेदन दिन सकिने छ । यसको विक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेड हो ।
तीन वटा बैकको २० लाख ५६ हजार कित्ता सेयर लिलामीमा
काठमाडौं । २ वटा वाणिज्य र एउटा विकास बैंकको गरी २० लाख ५६ हजार ६ सय ४ कित्ता सेयर लिलामीमा राखिएको छ । यसमध्ये सानिम बैंकको सर्वसाधारण तर्फको २ लाख ११ हजार ४७ किता सेयर रहेको छ । यो सेयर आगामी असार २२ गते भित्रै लिलामी गर्ने बैंकले जानकारी दिएको छ । यसका लागि यही असार १५ गते देखि २२ गते भित्र न्युनमत एक सय रुपैयाँ कबोल गरेर शिलबन्दी बोलपत्र पेश गर्न बैंकले अनुरोधन गरेको छ । यसको विक्री प्रवन्धक सीबीआईएल क्यापिटल लिमिटेड हो । यस्तै नेपाल बैंङ्गलादेश बैंकले पनि ९ लाख ८८ हजार १२० कित्ता सेयरको लिलामी गर्ने भएको छ । यसले संस्थापक तर्फको १९ हजार ५११ कित्ता र सर्वसाधारण तर्फको ९ लाख ८८ हजार १२० कित्ता सेयरको लिलामी गर्दै छ । यो बैैंकले पनि यही असरा १४ देखि २१ गतेभित्र बोलपत्र पेश गर्नुपर्ने गरी आवेदन मागेको छ । यो बैंकको विक्री प्रवन्धक ग्लोवल आईएमई क्यापिटल हो । सिदार्थ डेभलपमेन्ट बैंकले पनि ८ लाख ५७ हजार कित्ता सेयरको लिलामी गर्ने भएको छ । यो बैंकले संस्थापक समूहको ४ लाख ५ हजार ८८८ कित्ता र सर्वसाधारण तर्फको ४ लाख ५१ हजार ५४८ कित्ताको सेयरको लिलामी गर्ने भएको छ । यो बैैंककले पनि यही असार १४ देखि २१ गतेभित्र शिलवन्दी बोलपत्र पेश गर्नुपर्ने जानकारी दिएको छ । यसको विक्री प्रवन्धक नबील इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड हो ।
सबै शीर्ष नेता चुनावी दाैडमा, कुन नेता कहाँ खटिदैँछन् ?
कांग्रेस – -प्रधानमन्त्री देउवा ६ दिन काठमाडौंबाहिर – रामचन्द्र पौडेल नवलपरासी, रुपन्देही र कपिलवस्तुको प्रचारमा जाने -महामन्त्री शशांक कोइराला अमेरिकातिर -कोषाध्यक्ष सीतादेवी यादव तराईमै व्यस्त -अनुगमन गर्न डा. प्रकाशशरणको नेतृत्वमा कार्यदल – प्रदेश नं. १ मा ‘हेभिवेट’ नेता, ५ मा ‘लो प्रोफाइल’मात्रै महत्वपूर्ण ठाउँमा कांग्रेसका ठूलै नेता -भीमसेनदास प्रधान ताप्लेजुङ -अर्जुनप्रसाद जोशी पाँचथर -श्यामकुमार घिमिरे इलाम -डा. रामशरण महत झापा -प्रकाशमान सिंह-जीवन परियार संखुवासभा -जगदीश्वरनरसिंह केसी तेह्रथुम -बहादुरसिंह लामा तामाङ भोजपुर -मोहनबहादुर बस्नेत धनकुटा -विमलेन्द्र निधि मोरङ -अर्जुननरसिंह केसी सुनसरी -यज्ञबहादुर थापा सोलुखुम्बु -राजेन्द्रकुमार केसी खोटाङ -प्रकाश शर्मा पौडेल ओखलढुंगा -तेजुलाल चौधरी उदयपुर -चन्द्रबहादुर कुँवर गुल्मी -ध्रुव वाग्ले पाल्पा -कमला पन्त अर्घाखाँची -रोमी गौचन थकाली-रञ्जित कर्ण नवलपरासी -महेन्द्र यादव-शंकर भण्डारी रुपन्देही -धनराज गुरुङ-रामकृष्ण यादव कपिलवस्तु -गोविन्द भट्टराई रुकुम -उदयशमशेर राणा रोल्पा -रामचन्द्र पोखरेल-खड्गबहादुर बस्याल प्युठान -सुरेन्द्रराज पाण्डे दाङ -हृदयराम थानी बाँके -चित्रलेखा यादव-उमाकान्त चौधरी-रेशमबहादुर बानियाँ बर्दिया -इन्द्र बानियाँ बाजुरा -मोहनप्रसाद बराल अछाम -प्रदीप पौडेल बझाङ -चन्द्र महर्जन डोटी -रत्न शेरचन कैलाली -गगनकुमार थापा दार्चुला -तप्तबहादुर विष्ट बैतडी -शेषनाथ अधिकारी डडेल्धुरा -जीवनबहादुर शाही कञ्चनपुर प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा भोट हाल्ने प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा गृहजिल्ला डडेल्धुराबाट भोट हाल्दै छन् । पुख्र्यौली घर डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित असिग्राम उमाविमा उनले भोट हाल्ने उनका स्वकीय सचिव भानु देउवाले बताए । एमालेको प्रचारमा शीर्ष नेता : ओली झापा, खनाल इलाम र नेपाल सम्पर्क मञ्चका कार्यक्रममा व्यस्त तीन प्रदेशमा हुने निर्वाचनको प्रचारका लागि एमालेका शीर्ष नेताहरू जिल्ला खटिएका छन् । केन्द्रीय प्रचार विभागका अनुसार शीर्ष नेताहरू अहिले पनि जिल्लामै छन् । अध्यक्ष केपी ओलीदेखि, वरिष्ठ नेताद्वय, उपाध्यक्षहरू, महासचिव, उपमहासचिव, सचिवदेखि स्थायी समिति सदस्यसम्मका नेता प्रचारमा खटिएको एमालेले जनाएको छ । एमाले नेता को–कहाँ ? -अध्यक्ष केपी ओली झापा -झलनाथ खनाल-सुवास नेम्वाङ इलाम -माधवकुमार नेपाल सम्पर्क मञ्चको कार्यक्रम -उपाध्यक्ष वामदेव गौतम प्युठान -उपाध्यक्ष युवराज ज्ञवाली दाङ -उपाध्यक्ष भीम रावल ७ नम्बर प्रदेशका जिल्ला -महासचिव ईश्वर पोखरेल ओखलढुंगा, भोजपुर र धनगढी -उपमहासचिव विष्णु पौडेल ५ नम्बर प्रदेश -उपमहासचिव घनश्याम भुसाल-छविलाल विश्वकर्मा रूपन्देही -सचिवद्वय प्रदीप ज्ञवाली-गोकर्ण विष्ट गुल्मी -सचिव पृथ्वी सुब्बा गुरुङ ओखलढुंगा -सचिव एवं प्रदेश नम्बर १ का इन्चार्ज भीम आचार्य सुनसरी -सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङ -शंकर पोखरेल दाङ माओवादी नेता को–कहाँ ? -प्रचण्ड कैलाली, कञ्चनपुर, मोरङ -कृष्णबहादुर महरा दाङ -देव गुरुङ बाग्लुङ र रुकुम -वर्षमान पुन र कुलप्रसाद केसी रोल्पा -गिरिराजमणि पोखरेल मोरङ -टोपबहादुर रायमाझी अर्घाखाँची -राम कार्की ओखलढुंगा, सोलु र झापा -शक्ति बस्नेत बाँके र बर्दिया -गोपाल किराती प्रदेश नम्बर १ -लेखराज भट्ट र लीलामणि पोखरेल प्रदेश नम्बर ७ -मणि थापा प्युठान -चक्रपाणि खनाल रुपन्देही र कपिलवस्तु रोल्पाका सबै तहमा केन्द्रीय नेता माओवादीको बलियो पकड मानिएको रोल्पामा आधा दर्जन केन्द्रीय नेता परिचालन भएका छन् । नेता वर्षमान पुनलाई रोल्पा नगरपालिका र माडी गाउँपालिका, कुलप्रसाद केसी सोनामलाई रुन्टीगढी गाउँपालिका र त्रिवेणी गाउँपालिका, जोगबहादुर महरालाई सुवर्णवती गाउँपालिका र लुंग्री गाउँपालिका, झक्कु सुवेदीलाई थवाङ गाउँपालिका, जयपुरी घर्तीलाई दुईखोली गाउँपालिका, दीपेन्द्र पुन सिजललाई सुकिदह गाउँपालिका र मानबहादुर बूढालाई सुनछहरी गाउँपालिकाको नेतृत्व गर्ने गरी जिम्मेवारी तोकिएको छ । राप्रपाका को कहाँ ? -दीपक बोहरा रुपन्देही, -राजेन्द्र लिङ्देन झापा -जयन्त चन्द प्रदेश नं. ७, -सुनीलबहादुर थापा धनकुटा नयाँ शक्तिका कमान्डर -डा. बाबुराम भट्टराई प्रदेश नं. १ -देवेन्द्र पौडेल प्रदेश नं. ५ -हिसिला यमी प्रदेश नं. ७ लोकतान्त्रिक फोरमका कमान्डर नेपाल लोकतान्त्रिक फोरमले प्रदेश छुट्याएर कमान्डरहरू खटाएको छ । प्रदेश नं. १ मा पार्टी अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा नेताहरू खटिएका छन् । महामन्त्री रामजनम चौधरीका अनुसार प्रदेश नं. ५ मा उपाध्यक्षद्वय गोपाल दहित र शिवलाल थापाको नेतृत्वमा देवप्रसाद दुरा, वकिल मुसलमानलगायतका नेता खटिएका छन् । प्रदेश नं. ७ मा महामन्त्री रामजनम चौधरीको नेतृत्वमा सांसद जनक चौधरी र आरसी यादवलगायतका नेताहरूलाई खटाइएको छ । जिल्लामा खटिएका नेताहरूले आवश्यकताअनुसार अन्य नेताहरूको पनि सहयोग लिन सक्ने महामन्त्री चौधरीले बताए । नयाँ पत्रिका दैनिकबाट ।
प्रदूषण नियन्त्रण शुल्क चार अर्ब नाघ्यो, वातावरण भने झनै दूषित
प्रदूषण नियमन्त्रणका नाममा सरकारले २० वर्षदेखि प्रतिलिट सवारी इन्धनबाट ५० पैसाका दरले उठाउँदै आएको रकम अहिले चार अर्ब पुगेको छ । यसरी जम्मा भएको रकम प्रदूषण नियन्त्रका क्षेत्रमा भने पटक्कै खर्च भएको छैन । देशभर विग्रदै गएको वातावरण प्रदूषण र सशरी क्षेत्रमा बढेको अत्यधिक प्रदूषणले दैनिकी कष्टकर बनाउँदै गएको छ । सरकारले ०५३ देखि देशभर चल्ने सवारी साधानमा खपत हुने इन्धनबाट यस्तो प्रदूषण शुल्क लिने गरेको छ । ०७४ बैशाखसम्म आइपुग्दा यो रकम ४ अर्ब ४ करोड १७ लाख रुपैयाँ जम्मा भैसकेको छ । यो रकम बातावरण प्रदूणा नियन्त्रका नाममा संकलन भएपनि नाम अनुसार खर्च हुन सकेको छैन । नागरिक दैनिकबाट ।
जनयुद्धका कमाण्डर भेडा गोठालो लागेर विताउँछन दैनिकी
बझाङ । बुङगल नगरपालिका २ का शंकर धामी गरेरै राम्रो आम्दानी गर्दै आएका छन् । शंकर मात्र होईन, गाउँकै किशोर धामी र कमल धामी पनि यो ब्यवसायमा सक्रिय छन् । हिमाली क्षेत्रमा भारी बोक्न, उन र मासुका लागि भेडाबाख्राको प्रयोग हुन्छ । हिउँदेयाममा बेसी र बर्षायाम्मा लेकतिर लाग्नु उनीहरुको दैनिकी नै हो । ०५९ सालमाकक्ष ७ मा पढ्दै गर्दा तत्कालिन नेकपा माओवादीको सशस्त्र संघर्षमा लागेका उनहीहरु अहिले भेडापालान गर्छन । भेडापालन गरेर बार्षिक ३ देखि ५ लाख रुपैयाँ आम्दानी गरिरहेका छन्, कारोबार दैनिकबाट ।
साढे ३३ किलो सुन तस्करीका नाइके दुबईबाट पक्राउ
काठमाडौं । प्रहरी र भन्सारका कर्मचारीसँग सेटिङ मिलाएर दुबईबाट सुन तस्करी गर्ने गिरोहका दुई नाइके पक्राउ परेका छन्। तस्करीका नाइके अर्जुनप्रसाद खरेल र राजन पन्थलाई युएई प्रहरीले पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले दुबैलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाएको छ । इन्टरपोलको सहयोगमा उनलाई नेपाल ल्याउने प्रयास भइरहेको सीआइबीका एसएसपी शेरबहादुर बस्नेतले जानकारी दिए । खरेल र पन्थविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिससमेत जारी गरेको थियो । सोही आधारमा युएई प्रहरीले उनीहरुलाई केही दिनअघि पक्राउ गरेको हो । सिआईबीले गत पुस २० मा पिंगलास्थानबाट साढे ३३ किलो सुनसहित तीन युवकलाई पक्राउ गरेको थियो । अनुसन्धान गर्ने क्रममा सो सुन दुबईमा रहेका व्यक्तिहरुले नेपाल पठाएको र विमानस्थलमा सेटिङ गरेर दुई वर्षदेखि तस्करी गर्दै आएको खुलेको थियो। नयाँ पत्रिका दैनिकबाट ।