सेन्ट्रल फाइनान्स र भक्तपुर फाइनान्स मर्जको लागि राष्ट्र बैंकको स्वीकृति, एकिकृत कारोबार चैत १० गतेबाट
काठमाडौं । भक्तपुरको भक्तपुर फाइनान्स अब ललितपुरको सेन्ट्रल फाइनान्समा मर्ज हुने भएको छ । सेन्ट्रल फाइनान्स र भक्तपुर फाइनान्सबीच मर्ज हुनको लागि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयले अन्तिम स्वीकृति दिएका छन् । मर्जको लागि राष्ट्र बैंकले फागुन ११ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले फागुन २२ गते स्वीकृति दिएको हो । मर्जपछिको एकिकृत कारोबार चैत १० गतेबाट गरिने भएको छ । भक्तपुर फाइनान्स चैत ८ गतेसम्म मात्र खुल्ने छ । एकाउन्ट मर्जको लागि ९ गते सो फाइनान्सको सबै कारोबार बन्द हुने छ भने १० गतेदेखि सेन्ट्रल फाइनान्सको नामबाट कारोबार हुनेछ ।
हिज होलिनेस ग्यालवाङ ड्रुक्पाको जन्मदिन मनाउन विश्वका बहु–धर्म गुरुसहित ५०० अतिथि नेपालमा
काठमाडौं । हिज होलीनेस ग्यालवाङ ड्रुक्पाको जन्मोत्सव मनाउन विश्वभरबाट पवित्र ग्यालवाङ ड्रुक्पाका अनुयायीहरु नेपाल आएका छन् । सो जन्मोत्सव मनाउन नेपाल र भारतभरबाट धर्मगुरुहरु तथा अमेरिकी अधिकारीहरुसहित विश्वभरका करिव ५०० जना आमन्त्रित अतिथिहरु संयुक्त रुपमा काठमाडौंमा फागुन २२ गते भेला भएका छन् । प्रमुख अतिथिको रुपमा आएका द आर्ट अफ लिभिंगका संस्थापक श्री श्री रवि शंकरले हिज होलीनेस ग्यालवाङ ड्रुक्पाको शान्ति स्थापना तथा सेवा प्रतिको लगावको बारेमा विचारहरु व्यक्त गरे । उनको दयालु नेतृत्व र आफ्नो मानवीय तथा वातावरणीय पहिचानको सम्मान सबैले गर्नु पर्ने उनले बताए । यसका साथै, अल इण्डिया अर्गनाइजेसन अफ इमाम्स अफ मस्कसका प्रमुख इमाम डा. इमाम उमर अहमद इलयासी, प्रशिद्ध जैन आध्यात्मिक गुरु हिज होलीनेस आचार्य डा. लोकेश मुनी तथा महाबोधी अन्तर्राष्ट्रिय ध्यान केन्द्रका संस्थापक तथा अध्यक्ष भिक्षु सङ्गसेना पनि हिज होलीनेस ग्यालवाङ ड्रुक्पाको जन्मोत्सव मनाउन काठमाडौं आएका छन् । कार्यक्रमको अवसरमा हिज होलीनेस ग्यालवाङ ड्रुक्पाले अमेरिकी कंग्रेसकी प्रतिनिधि क्यारेलिन मालोनी (डि–एनवाई) न्यूयोर्कका १२ औं डिस्ट्रिक्टका लागि अमेरिकी कंग्रेस उमनका साथमा प्रस्तुती दिएका थिए । ग्यालवाङ ड्रुक्पालाई विश्व प्रसिद्ध मानवीयतावादी, वातावरणवादी तथा लैगिक समानताका लागि बिजेताजस्ता उपाधीबाट उनको संकल्प समर्पित गरिएको थियो । त्यसैगरी वि.सं.२०७२ मा नेपालमा गएको विकासकारी भूकम्पको समयमा हजारौंलाई राहत सेवा प्रदान गरेकोमा प्रशंसा गरिएको थियो । उनको वान मिलियन ट्रिज प्रोजेक्टमार्फत भूक्षय नियन्त्रण तथा स्वच्छ हावाका लागि सहयोग प्रदान गरिएकोमा तथा हिमालय क्षेत्रसहित विश्वभर शक्ति, शिक्षा, सूरक्षा, तथा बालिकाहरु तथा महिलाहरुलाई अभिप्रेरित गरेकोमा सम्मान व्यक्त गरिएको थियो । अन्य अमेरिकी प्रशासनिक अधिकारीहरु पनि उक्त कार्यक्रममा उपस्थित थिए । हिज होलिनेस्को जन्मोत्सवको अवसरमा आयोजित यो महोत्सव फागुन २५ गतेसम्म निरन्तर जारी रहनेछ ।
प्रभु बैंकको नयाँ एटिएम सेवा सञ्चालनमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले मंगलबारदेखि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा नयाँ एटिएम सेवा सञ्चालनमा ल्याएको छ । उक्त एटिएमको उद्घाटन त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयका महाप्रबन्धक देवानन्द उपाध्यायले एक समारोहकाबीच गरेका हुन् । मंगलबार सञ्चालित बैंकको उक्त एटिएमबाट स्वदेशी तथा विदेशी ग्राहकहरुले एटिएम प्रयोग गरी सेवा लिन सक्नेछन् । उक्त एटिएमबाट बैंकका ग्राहकहरुले अधिकतम लाभ उठाउन सक्ने बैंकको विश्वास रहेको छ ।
नारी दिबसको अवसरमा यती बैंकद्धारा सम्मान कार्यक्रम आयोजना
काठमाडौं । यती डेभलपमेण्ट बैंकले १०७ औं अन्तराष्ट्रिय नारी दिबसको अवसरमा नारीहरुको सम्मान कार्यक्रम आयोजना गरेको छ । बैंकले मंगलबार विभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्याएका नारीहरुको सम्मान कार्यक्रमको आयोजना गरेको हो । बिगत लामो समय देखि कला क्षेत्रमा तथा रेडियो प्रस्तोताको रुपमा समाजमा गहिरो छाप छोड्न सफल लक्ष्मी भुषाल, लामो समय देखि संचार क्षेत्रमा योगदान पुर्याएकी कृष्णा ताम्राकार र आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगीताको एथलेटीक फिजिक बिधामा कास्य पदक हासिल गरी आन्तराष्ट्रिय क्षेत्रमा नेपाललाइ चिनाउन योगदान गर्नु हुने ननिता महर्जनलाई बैंकले सम्मान गरेको छ । यी तीन नारीहरुलाई नगद तथा सम्मान–पत्र सहित बैंकका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले सम्मान गरेका हुन् । संचारकर्मी कृष्णा ताम्राकार अस्वस्थ्य रहेकाले उनको सम्मान उनीको छोरी गृष्मा राजभण्डारीलाई प्रदान गरीएको बैंकले जनाएको छ । बैंकले सामाजीक उत्तर दायित्व वहन गर्ने शिलशिलामा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेकोे र आगामी दिनहरुमा पनि सामाजीक कार्यहरुलाई निरन्तरता दिदै जाने बैंकको योजना रहेको छ ।
नारी दिवसका अवसरमा टेलिकमले ल्यायो तीन महिने अफर, फागुन २५ गतेदेखि लागू हुने
काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आफ्ना उपभोक्ताहरु माझ तीन महिने अफर ल्याएको छ । कम्पनीको प्रमोसनल अफर अन्तर्गत उपलब्ध गराइएको यो सहुलियत अफर २०७३ फागुन २५ गतेदेखि तीन महिनासम्म लागू हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसरी उपलब्ध गराइएको अफर अन्तर्गत फेसबुक प्याकेज, डे एण्ड नाइट डाटा प्याकेज र नाइट डाटा प्याकेज रहेका छन् । फेसबुक प्याकेज अन्तर्गत २२ रुपैयाँ ६० पैसामा पाँच दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १०० एमबी डाटा उपलब्ध गराइएको छ । त्यसैगरी डे एण्ड नाइट डाटा प्याकेज अन्तर्गत १०० रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजे सम्म ५०० एमबी र बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म १०० एमबी डाटा सात दिनसम्म उपभोग गर्न पाइने कम्पनीले जनाएको छ । साथै, कम्पनीका अनुसार नाइट डाटा प्याकेज अन्तर्गत ४५ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म ५०० एमबी सात दिनसम्म र ९० रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म १२०० एमबी डाटा १५ दिनसम्म उपभोग गर्न पाइने छ ।
गोर्खाज फाइनान्सको ५० प्रतिशत हकप्रद आउँदै, धितोपत्र बोर्डमा निवेदन
काठमाडौं । गोर्खाज फाइनान्सले ५० प्रतिशत हकप्रद सेयर निष्कासनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले सेयरधनीलाई २ बराबर १ अनुपातमा हकप्रद दिन फागुन २४ गते बोर्डमा निवेदन दिएको छ । फाइनान्सले २८ करोड ९३ लाख ३१ हजार ३ सय रुपैयाँ बराबरको २८ लाख ९३ हजार ३१३ कित्ता सेयर निष्कासन गर्न लागेको हो । फाइनान्सले सेयर निष्कासनको काम एनआईबीएल क्यापिटल मार्केटलाई दिएको छ ।
चौधरी फाउण्डेसनद्धारा निर्मित शाश्वत धाम राष्ट्रपतिद्धारा उद्घाटन, धार्मिक पर्यटनको लागि नयाँ गन्तव्य
चौधरी फाउण्डेसनले नवलपरासीको देवचुली नगरपालिका वडा नं. २ दुम्कौली अवस्थित सिजी इन्डष्ट्रियल पार्क परिसरमा निर्माण गरेको ‘शाश्वत धाम’को औपचारिक उद्घाटन राष्ट्रपति विद्यदेवि मंगलबार भण्डारी गरेकी छन् । उद्घाटनको अवसरमा पूर्व राजा ज्ञानेन्द्र, भूमिससधार मन्त्री बिक्रम पाण्डे, उपप्रधानमन्त्री कमल थापा, भारतीय धर्म गुरु रविशंकर लगायतको सहभागिता थियो । १७ वर्षअघि शङ्कराचार्यले शाश्वत धामको सिल्यानास गरेको थिए । औपचारिक उद्घाटनका कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यदेवि भण्डारीले शाश्वत धाम पर्यटन क्षेत्रको लागि नयाँ गन्तव्य बन्न सक्ने बताईन । निजी क्षेत्रको पहलमा आकर्षक र भव्य धार्मिक स्थाल बनेकोमा खुशी व्यक्त गरिन् । चौधरी ग्रुपले प्रवद्र्धन गरेको सामाजिक संस्था चौधरी फाउण्डेसनले सनातन धर्मप्रति आस्थावान आम समुदायको चाहनालाई सम्मान सीजी पार्क परिसरमा शाश्वत धाम निर्माण गरेको हो । चौधरी ग्रुपका अध्यक्ष चौधरीले एउटा फरक सपना पुरा हुन लागेकोमा आफुलाई सन्तोष मिलेको बताए । ‘शंकराचार्य जयेन्द्र सरस्वतीज्यूको आर्शिवचन र श्रद्धेय गुरु श्री श्री रविशंकरज्यूको मार्गदर्शनबाट शाश्वत धामको स्थापना सम्भव भएको’ उनले बताएका छन् । “धर्मो रक्षति रक्षितः” अर्थात धर्मको रक्षा गरे धर्मले हामीलाई रक्षा गर्छ भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै देवचुली र वर्चुली पहाडको काखमा अवस्थित नवलपरासीको सुन्दर तथा मनोरम क्षेत्र दुम्कौलीमा निर्मित शाश्वतधाम नेपालकै एक महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलको रुपमा रहनेछ । सनातन धर्मप्रति आस्थावान सवैको भावनाको कदरस्वरुप निर्मित यो शाश्वतधाममा आम मानिसले आध्यात्मिक उर्जा एवं शान्तिपूर्ण तथा उर्जायुक्त वातावरणमा मानसिक शान्ति र आत्मीय आनन्दको अनुभव गर्नसक्ने विश्वास गरिएको छ । शंकराचार्य जयेन्द्र सरस्वतीजीबाट चौधरी ग्रुपका संस्थापक स्व. लुनकरण चौधरीलाई मानिसहरुमा सकारात्मक धारणाको विकास गराउन शिवमन्दिर र ऋषिआश्रमको रुपमा गुरुकुल सहितको धाम निर्माण गर्न आशिर्वाद भएबमोजिम उनका छोरा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले शाश्वतधाम निर्माणमार्फत पिताको सपना पूरा भएको बताएका छन् । पूर्वीय सनातन धर्मको संरक्षण, प्रवर्धन तथा अध्ययन अनुसन्धानको लागि मुनाफा नकमाउने उद्देश्यका साथ यो धामको स्थापना गरिएको हो । उद्घाटन पश्चात सर्वसाधारणको लागि औपचारिक पुजा आजा, दर्शन तथा अवलोकन खुला गरिएकाे छ । करिव ७ विघा क्षेत्रफलमा फैलिएको यस धामको मध्य भागमा विश्वमै प्रसिद्धि कमाएको खजुरावान शैलीमा बनेको बुट्टेदार तथा अत्यन्तै मनमोहक एकम्बरेश्वर शिव मन्दिर रहेको छ । मन्दिरलाई चारैतिरबाट सर्वतीर्थ सरोवर तालले घेरेको छ, जहाँ बद्री, केदार, हरिद्वार, मुक्तिनाथ, र पशुपतिनाथ जस्ता प्रसिद्ध धार्मिक तीर्थस्थलबाट ल्याइएको जल मिसाइएको छ । मन्दिरको अलावा यस धाममा गुरुकुल विद्याश्रम, अखण्ड अग्नि कुण्ड, शक्तिघाट, धर्मशाला, यज्ञकुण्ड, हनुमान मन्दिर, धार्मिक प्रदर्शनी, धार्मिक संग्रहालय, डिजिटल धार्मिक पुस्तकालय, हेरिटेज बिल्डिंग हल, गौशाला, अग्र्यानिक फार्म, ४५ जनाको लागि आवासीय सुविधा भएको योग तथा ध्यान केन्द्र, शाकाहारी अग्र्यानिक भोजनालय, विश्राम स्थल लगायत वैदिक सनातन हिन्दु धर्मसंग सम्वन्धित अन्य महत्वपूर्ण स्थलहरु रहेका छन् । शाश्वतधामको अर्को विशेषताको रुपमा अत्याधुनिक अडियो भिडियो केन्द्र रहेको छ । यस केन्द्रमा धार्मिक पर्यटक तथा आगन्तुकहरुले नेपाल तथा भारतमा रहेका पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्वारी, गोसाइँकुण्ड, बद्री, केदार, हरिद्वार जस्ता प्रमुख धार्मिक स्थलका पछिल्ला गतिविधि ठूलो पर्दामा हेर्न सक्ने छन् । त्यसै गरी ओझेलमा परेका नेपालका विभिन्न धार्मिक तीर्थस्थलहरुको पनि प्रचारप्रसार यहाँबाट गरिने व्यवस्था मिलाइएको छ । शाश्वतधाम भित्र धार्मिक सूचना केन्द्र रहेको छ जसबाट देशभरका प्रमुख धार्मिक तीर्थस्थल, मठमन्दिर, शक्तिपीठ तथा वैदिक सनातन धर्मसम्बन्धी जानकारी पाइने छ । धाम परिसरमै एउटा सोभेनियर स्टोर रहेको छ जहाँ आगन्तुकहरुले वैदिक सनातन धर्मको प्रतिनिधित्व गर्ने विविध सामग्री खरिद गर्न सक्ने छन् । धाममा वर, पिपल, अशोकालगायत १२ राशी २७ नक्षत्रको प्रतिनिधित्व हुने गरी विभिन्न रुख विरुवाहरु लगाइएका छन् । धामलाई आकर्षक बनाउनको लागि मन्दिर वरिपरी मनमोहक पानीको फोहरा (वाटर फाउन्टेन) समेत निर्माण गरिएको छ ।
नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट, सबै समूह राताम्मे
काठमाडौं । मंगलबारको सेयर बजार राताम्मे भएको छ । बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । परिसूचक १६ दशमलब ८५ अंकले घटेर १३४१ दशमलब ५६ अंकमा झरेको छ । त्यस्तै, सोमबारको तुलनामा मंगलबारको करोबार रकममा करिब ३३ करोड रुपैयाँ बराबरको गिरावट भएको छ । सोमबार ७४ करोडको कारोबार भएको थियो भने मंगलबार जम्मा ४१ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १४० कम्पनीको ७ लाख ९४ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा कारोबार भएका सबै समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ७४ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल, बैंकिङ् र विकास बैंक समूहको परिसूचक क्रमशः ४२, १९ र १४ अंकले ओरालो लागेका छन् । अन्य बाँकी समूूहको परिसूचक भने सामान्य अंकले घटेका छन् । कारोबारका आधारमा १० उत्कृष्ट कम्पनी नाफा कमाउने १० उत्कृष्ट कम्पनी