मूल्य वृद्धि ४.८ प्रतिशतमा झर्यो, व्यापार घाटा ९७.९ प्रतिशतले बढ्यो
काठमाडौं, १ पुस । मूल्य वृद्धि घट्दो दरमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा मूल्य वृद्धि ४.८ प्रतिशतमा सिमित रहेको छ । चालु आर्थिक वर्षको असोजमा भने मूल्य वृद्धि ६.७ प्रतिशतमा रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिमा मूल्य वृद्धि १०.४ प्रतिशतमा रहेको थियो । त्यस्तै आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटा ९७.९ प्रतिशतले बढेर २ अर्व ७७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ३७.८ प्रतिशतले घटेको थियो । निर्यात भन्दा आयातमा उच्च वृद्धि भएपछि व्यापार घाटा चुलिदै गएको हो । चालु आर्थिक वर्षको पहिलो चार महिनामा भारततर्फ २३.२ प्रतिशत, चीनतर्फ ३६.६ प्रतिशत र अन्य मुलुकतर्फ ९ प्रतिशतले निर्यात बढेको छ । यसअवधिमा आयात ८७.४ प्रतिशतले बढेर ३ अर्व ०१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३६.८ प्रतिशतले घटेको थियो । निर्याततर्फ १७ प्रतिशतले वृद्धि भई २४ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २९.१ प्रतिशतले घटेको थियो । यस अवधिमा रेमिट्यान्स वृद्धिद्धर घटेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा रेमिट्यान्सको वृद्धिदर ७.८ प्रतिशतले वृद्धि भई २३२ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धिद्धर १९.४ प्रतिशतले वृद्धि भएको थियो । त्यसैगरी, शोधनान्तर स्थिति बचतमा रहेको छ । चालु आर्थिक वर्षको चार महिनामा शोधनान्तर २१ अर्व ९८ करोड रुपैयाँ बचतमा रहेको छ । यो गत असोजसम्ममा ८३ अर्ब ७० करोडले बचतमा रहेको थियो ।
जेबिल्स फाइनान्सको १२.५ प्रतिशत बोनस दिने प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत
काठमाडौं, १ पुस । जेबिल्स फाइनान्स लिमिटेडको १२ दशमलब प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृती दिएको छ । साथै, फाइनान्सले प्रस्ताव गरेको शून्य दशमलब ६५७९ प्रतिशत नगद लाभांश वितरण गर्न राष्ट्र बैंकले स्वीकृति दिएको छ । राष्ट्र बैंकद्धारा स्वीकृत फाइनान्सको उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण गरिने छ ।
लुम्बिनी जनरल इन्स्योरेन्सको १८ प्रतिशत बोनस र शतप्रतिशत हकप्रद सेयर पारित
काठमाडौं, १ पुस । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७२/०७३को नाफाबाट सेयरधनीलाई १८ दशमलब १८ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको बिहीबार सम्पन्न २८ औं वार्षिक साधरणसभाले सो मात्रामा बोनस दिने प्रस्तावलाई पारित गरेको छ । उक्त बोनस वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ३९ करोड रुपैयाँ पुग्ने छ । सभाले उक्त बोनस पश्चात कायम हुन आउने चुक्ता पूँजीमा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ । साथै, सभाले कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ र जारी तथा चुक्ता पूँजी ७८ करोड रुपैयाँ पुर्याउने निर्णय गरेको छ ।
टिभीएस अपाचे सिरिज आरटीआर २०० उत्सव अफर सम्पन्न
काठमाडौं, १ पुस । शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोटर्सले हालैमात्र टिभीएस अपाचे सिरिज आरटीआर २०० उत्सव अफर सम्पन्न गरेको छ । उक्त अफर अन्र्तगत अपाचे सिरिज आरटीआर २०० ४भि का ग्राहकहरुले २० हजार रुपैयाँ पर्ने टिभीएसको जेन्यूइन रेसिङ् गियर प्राप्त गरेका थिए । गत नोबेम्बर २५ देखि यसै डिसेम्बर १ सम्म ७ दिनका लागि काठमाडौं उपत्यका भित्र लागू भएको सो अफर थुप्रै भाग्यशाली विजेताकासाथमा सफलताका साथ सम्पन्न भएको छ । सो अवसरमा कम्पनीले नक्सालस्थित आफ्नो शोरुममा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना सम्पूर्ण ग्राहकलाई टिभिएस गिएर उपहार प्रदान गरेको थियो । उपहार लिने क्रममा ग्राहकहरुले आफूहरु अत्यन्तै हर्षित भएको प्रतिक्रिया दिएका थिए । सो अवसरमा कम्पनीले आफ्ना ग्राहकहरुलाई पुनः नयाँ खालका स्किमहरु बजारमा ल्याउँदै जाने बताएको छ ।
नेशनल लाइफ इन्स्योरेन्सको ३० प्रतिशत बोनस र शतप्रतिशत हकप्रद सेयर पारित
काठमाडौं, १ पुस । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको राजधानीमा सम्पन्न २८ औं वार्षिक साधरणसभाले ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ३२ करोड रुपैयाँ पुग्ने छ । कम्पनीले उक्त चुक्ता पुँजीमा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने पनि जानकारी दिएको छ । हकप्रद सेयर वितरण पश्चात् कम्पनीको चुक्तापुँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्ने छ । कम्पनीको हाल चुक्तापुँजी १ अर्ब १ करोड रुपैयाँ रहेको छ । साथै कम्पनीले अधिकृत पुँजी ५ अर्ब रुपैयाँ र जारी पुँजी ३ अर्ब रुपैयाँ पुर्याउने भएको छ ।
बढ्दैछ केमिकल फोबिया, कहाँ जान्छ १५ अर्ब ९४ करोड रुपैयाँको बिषादी ?
काठमाडौं, १ पुस । केमिकल अर्थात बिषादी बिनाको जिवन असम्भव जस्तै बन्दै गएको तथ्य नेपालले आयात गरिरहेको बिषादीको तथ्यांकले पुष्टि गर्छ । प्रत्येक बर्ष वृद्धि भैरहेको विषादीको आयातले नेपाली जनजिवनमा केमिकल फोबिया बढिरहेको देखाउँछ । आर्थिक बर्ष २०७२/७३ सालमा मात्रै १५ अर्ब ९४ करोड रुपैयाँ मूल्य बराबरको बिभिन्न केमिकल आयात भएको छ । यसरी आयात भएको अधिकांश बिषादी नेपालीको रगतसम्म पुगेको छ । यी केमिकलहरु अधिकांश अन्न तथा फलफुल र तरकारी उत्पादन र पशुपंक्षिमा प्रयोग भएका छन् । यसरी प्रयोग भएको बिषादी तीनै उत्पादनका माध्यमबाट नेपालीको रक्त सञ्चार प्रणालीसँग जोडिन पुगेका छन् । कृषि विकास मन्त्रालयको बाली सरक्षण निर्देशनालयका प्रमुख डिल्ली शर्माका अनुसार तरकारी तथा फलफुलमा प्रयोग हुने बिषादी मात्रै ५० औं करोडको आयात भैरहेको छ । सन १९९७ मा बालीमा प्रयोग हुने ५० मेट्रिक टन बिषादी आयात भएको थियो । तर गत आर्थिक बर्षमा त्यसको मात्रा बढेर ४५४ मेट्रिकटन पुगेको शर्माले बताए । यसरी आयात भएका बिषादीमध्ये ८० देखि ८५ प्रतिशत तरकारी बालीमा प्रयोग हुने पनि उनले जानकारी दिए ।‘तरकारीमा प्रयोग भएका बिषादी मानिसको रक्तसञ्चार प्रणलीसँग जोडिन पुग्छ, जसले स्वास्थ्यमा असर गर्छ नै’, शर्माले भने । यद्यपी दक्षिण एसियामा भुटानपछि नेपालमा सबै भन्दा कम मात्रामा बिषादी प्रयोग हुने गरेको पनि उनले दावी गरे । ‘नेपालमा प्रति हेक्टर ३९६ ग्राम बिषादी उपयोग हुने गरेको छ, जुन अन्य देशको तुलनामा निकै कम हो’, शर्माले भने । उनले बिषादीको प्रयोगलाई घटाउन जैविक बिषादी उत्पादन तथा प्रयोगमा जोड दिँदै आएको पनि बताए । नेपालमा युरिया, अमोनियम सल्फेट, अमोनियम नाइट्रेट, सोडियम नाइट्रेट, सुपर फोस्फेट, पोटासियम क्लोइराट, पोटासियम सल्फेट, पोटास लगायतका बिषादी आयात हुने गरेका छन् । यस्ता बिषादीको आयात पछिल्ला बर्षमा वृद्धि भैरहेको देखिन्छ । आर्थिक बर्ष २०७०/७१ मा १४ अर्ब ७३ करोड मुल्य बराबरका यस्ता केमिकल बिषादी आयात भएका थिए भने आव २०७१/७२ मा १५ करोड ७० लाख रुपैयाँ बराबरको आयात भएको थियो ।
एलजी फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा ७ हजार रुपैयाँको स्योर सट गिफ्ट
काठमाडौं, १ पुस । नेपालको लागि एक मात्र आधिकारीक बिक्रेता सिजी इलोक्ट्रोनिक्स प्राइभेट लिले एलजी फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा स्योर सट गिफ्ट दिने भएको छ । कम्पनीले एलजीका हरेक ८ केजी र त्योभन्दा माथिको उक्त वासिङ मेसिनको खरिदमा स्योर सट गिफ्ट एलजी पिएचवान बिल्यूटुथ स्पिकर रहेको छ । बजारमा एलजी पिएचवान बिल्यूटुथ स्पिकरको मूल्य ७ हजार १९० रुपैया रहेको कम्पनीले जनाएको छ । यो योजना सिमित अवधिसम्मको लागि मात्र लागू हुने छ ।
टाटा सुमोको पोखरा-जोमसोम-पोखरा सेवा सुरु, ३५ वटा सुमो सञ्चालनमा
काठमाडौं, १ पुस । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सद्वारा पोखरा–जोमसोम–पोखरामा टाटा सुमोको नयाँ रुटको सुरुवात गरिएको छ । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सद्वारा निर्मित अत्याधुनिक एवं सुविधा सम्पन्न टाटा सुमो श्री मुक्तिनाथ दर्शन यातायात प्रा.लि. ले अबको दिनहरुमा उक्त स्थानमा संचालन गर्ने छ । उक्त कुराको जानकारी मुक्तिनाथ दर्शन यातायातका अध्यक्ष महेन्द्र थकालीले गराएका छन् । उक्त समारोहका प्रमुख अतिथि पूर्व संविधान सभा सदस्य चन्द्रबहादुर गुरुङ्गले यस सेवाले पोखरा–जोमसोम क्षेत्रमा आन्तरीक तथा बाह्य पर्यटन प्रवद्र्धनमा थप सहयोग हुने बताएका छन् । सोही अवसरमा सिप्रदी ट्रेडिङ्गका जनरल म्यानेजर प्रविन खतिवडाले जोमसोममा समयमै मर्मत सेवा तथा स्पेयर पार्टसहरु उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । कम्पनीका अनुसार ३५ वटा टाटा सुमो सञ्चालन गरिएको उक्त रुटमा यात्रुहरुले पहिलेको भन्दा आधा शुल्कमा यात्रा गर्न सक्नेछन् । साथै यस रुटमा यात्रुहरुले आफ्नो यात्राको बीचमा सुन्दर गाउँ र कोसेलीहरुका लागि पसलहरुको आनन्द पनि उठाउन सक्नेछन् । टाटा सुमो एक मजबुत मल्टि युटिलिटि सवारी साधन भएकाले कच्ची बाटोमा अधिकतम लोकप्रिय रहेको कम्पनीको भनाइ छ ।