विकासन्युज

परिसूचक २६ अंकले उक्लियो, सबै समूहमा हरियाली, एभरेष्टको २२ करोडको कारोबार

काठमाडौं, १० असोज । धेरै दिन पछि सेयर बजारमा हरियाली छाएको छ । सोमबार नेप्से परिसूचक २६ दशमलब ४६ अंकले बढेर १७५७ अंकमा पुगेको छ । सो दिन १३२ कम्पनीको ११ लाख ४१ हजार कित्ता सेयर करिब एक अर्ब बढी रुपैयाँमा किनबेच भएको छ । सो दिन कारोबार भएका ७ बटै समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ८७ अंकले उकालो लागेको छ । त्यस्तै होटल, बैंकिङ् र हाइड्रोपावर समूहको परिसूचक क्रमशः ५४, ३१ र २१ अंकले उकालो लागेका छन् । बजारमा सबैभन्दा बढी एभरेष्ट बैंकको २२ करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्र्त, नेपाल बङ्गलादेश बैंकको १० करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी नादी ग्रुप पावरका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् भने पोखरा फाइनान्सका लगानीकर्ताले करिब ५ प्रतिशत गुमाएका छन् ।

सेल्फीप्रेमीका लागि जेडटिइ एस ७ नेपाली बजारमा, मूल्य २६ हजार ५ सय रुपैयाँ

काठमाडौं, १० असोज । नेपालका लागि जेडटिई स्मार्टफोनको अधिकृत विक्रेता इभोलुशन इन्टरप्राइजेजले प्रिमियम मिडरेन्ज स्मार्टफोनको रुपमा ‘जेडटिई ब्लेड एस ७’ बजारमा उपलब्ध गराएको छ । कम्पनीले दशैँ क्यास ब्याक अफरसहित ब्लेड एस ७ सार्वजनिक गरेको हो । उक्त ब्लेड एस ७ मा ५ इन्च को फूल एचडी डिस्प्ले रहेको छ । ४४१ पिक्सेल डेन्सिटी भएकाले फोनको पिक्चर गुणस्तर आकर्षक रहेको छ । साथै, फोनको अगाडि र पछाडि दुबैभागमा कोर्निङ गोरिल्ला ग्लास ३ को सुरक्षा रहेको कम्पनीले बताएको छ । फोनको क्यामेरा र यसमा प्रयोग भएका कम्पोनेन्टहरु हुन् । ब्लेड एस ७ को अगाडि र पछाडि दुबैपट्टि १३/१३ मेगपिक्सलको क्यामेरा प्रयोग गरिएको छ । पछाडिको क्यामेरामा फ्लाससहित लेजर अटो फोकसको प्रयोग गरिएको छ जुन एप्पलको आइफोनमा प्रयोग हुन्छ । यस लेजर अटोफोकसको मद्दतले फोटो जुम गर्दा क्यामेरा स्टेबल हुनुका साथै सफा फोटो आउँदछ । यसैगरी, सेल्फी फोटोप्रमीहरुको लागि पनि यो फोन एक उत्कृष्ट रोजाई बन्नेछ । एलइडी फ्लाससहित १३ मेगापिक्सलको फ्रन्ट क्यामेरा भएकाले प्रयोगकर्ताले आकर्षक र नेचुरल सेल्फी फोटोको मज्जा लिन पाउने छन् । क्यामेराका अन्य फिचरहरुमा जिओ–ट्यागिङ, फेस डिटेक्सन, एचडिआर र पानोरोमा रहेका छन् । स्मार्टफोनमा ३ जिबी र्याम र ३२ जिबीको इन्टर्नन स्टोरेज रहेको छ । एसडी कार्डको प्रयोग गरेर १२८ जिबीसम्म एक्स्टर्नल मेमोरी बढाउन सकिने छ । एन्ड्रोइड ललिपप ५.१ अपरेटिङ सिस्टमा चल्ने यस फोनमा अक्टा कोर १.५ गिगाहर्ज स्नाप्ड्रागन ६१५ प्रोसेसरको प्रयोग भएकाले फोन दु्रत गतिमा चल्ने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार फोनमा झिक्न नमिल्ने २ हजार ५ सय एमएएच ब्याट्री प्रयोग गरिएको छ । होम बटनमा फिङ्गरप्रिन्ट सेन्सर रहेको छ । ब्लेड एस ७ का अन्य फिचरहरुमा डुअल सिम, एफएम रेडियाे लगायत छन् । स्मार्टफोनको बजार मूल्य २६ हजार ५ सय रुपैयाँ रहेको छ । नेपालीको महान चाड दशैलाई मध्यनजर गरेर जेडटिई ब्लेड एस ७ को खरिदमा २ हजार दशै क्यास ब्याक अफर दिइएको छ । यसरी खरिदकर्ताले २४ हजार ५ सय रुपैयाँमै यो स्मार्टफोन प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।

पशुपति पेन्ट्सको नयाँ शोरुम बुटवलमा

बुटवल, १० असोज । पशुपति पेन्ट्सले बुटवलको कालिका नगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीकाे   आधिकारिक विक्रेता भैरव कलर ट्रेडर्सद्वारा उक्त स्थानमा नयाँ शोरुमकाे सञ्चालन गरिएकाे हो । नयाँ शोरुमको समुद्घाटन पशुपति पेन्ट्सका कन्ट्रि म्यानेजर सन्तोश श्रेष्ठद्वारा गरिएको हो । समुद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले नयाँ शोरुमबाट आफ्ना उपभोक्ताले कम्पनीका समग्र उत्पादनहरु थप सहजताका साथ प्राप्त गर्न सक्ने बताए । पशुपति पेन्ट्सले दशैँ तिहारको अवसरमा ग्राहकलाई लक्षित गर्दैै महापर्वको रङ्गोत्सव उपहार योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत ४० हजार रुपैयाँ बराबर वा सो भन्दा बढीको इमल्सन खरिद गर्दा उपभोक्ताहरुका लागि विभिन्न आकर्षक उपहारहरुको ब्यवस्था गरिएको छ । योजनाको बम्पर उपहार स्वरूप एक जना भाग्यशाली विजेताले रोयल एन्फिल्डको बुलेट बाइक उपहारका रुपमा प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ । उक्त शोरुमबाट उपभोक्तालाई गुणस्तरिय सेवा प्रदान गर्न आफू सँधै प्रतिबद्ध रहेको कम्पनीका सञ्चालक चिरञ्जिवी खनालले बताए ।

सिद्धार्थ विकास बैंकले २५ प्रतिशत लाभांश दिने

काठमाडौं, १० असोज । सिद्धार्थ डेभलपमेन्ट बैंकले २५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७२÷७३ को नाफाबाट लगानी कर्तालाई २५ प्रतिशत बोनस सेयर दिन लागेको हो । एक अर्ब १४ करोड चुक्ता पुँजी रहेको बैंकले गत आवमा ३३ करोड १३ लाख नाफा कमाएको थियो । बैंकले हालसम्मकै उच्चतम लाभांश वितरण गरेको प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए ।

पाँचतारे होटल एभरेष्ट डेढ वर्षदेखि बन्द, १० अर्बको लगानी अलपत्र, ३ सय जना मजदुर बेरोजगार

काठमाडौं १०, असोज । राजधानीको पाँचतारे होटल दि एभरेष्ट करीब डेढ वर्षदेखि पूर्ण रुपमा बन्द भएको छ । २८ वर्षसम्म सफल रूपमा संचालनमा आएको यो होटल बन्द हुदा होटलमा कम गर्ने करीब ३ सय जना मजदुर बेरोजगार बनेका छन् । सन् १९८७ मा सुरु भएको यो होटल अन्तर्राष्ट्रिय ब्राण्ड शेराटनले करीब आठ वर्ष संचालन गरेको थियो । विसं २०७२ सालको भूकम्पपछि बन्द भएको यो होटल खुलाउँन व्यवस्थापनको चासो छैन । मजदुरको पहल र संसदको अन्तर्राष्ट्रिय सम्वन्ध र श्रम समितिले तुरुन्त होटल खुलाउन दिएको निर्देशनलाई व्यवस्थापनले वास्ता नगरेका कारण होटलको १० अर्बको सम्पती अलपत्र परेको छ । १६० कोठा रहेको यो होटल ३२ रोपनी क्षेत्रफलमा फैलिएको छ । यो होटलमा एउटा क्यासिनो पनि रहेको छ ।  होटल लामो समयदेखि बन्द भएको कारण क्यासिनोमा भएको गेमिङ मेसिन, होटलले प्रयोग गर्ने विभिन्न दैनिक उपभोगका इलेट्रोनिक्स सामान विग्रिएका छन् । होटल नियमित सफाइ नहुँदा र कर्मचारीको निगरानीमा रहन छोडेकोले कोठासम्मनै पानी पस्ने, ढुँसी गनाउँने, सुनासानको वातावरण भएको र होटलबाट तत्कालिन समयमा गेष्ट सार्दा भएको सामान पनि अझै छरपष्ट रूपमै रहेको छ । होटल २०७२ वैशाख २९ गतेको भूकम्पले बस्न नमिल्ने गरी क्षति भएको थियो । यो क्षतिपछि पर्यटन मन्त्रालयको एक प्राविधिक टोलिले सोही वर्षको जेठ १३ गते गरेको स्थलगत अनुगमनपछि होटलमा पर्यटक राख्न नमिल्ने भन्दै रातो स्टिकर टाँसेको थियो । अघिल्लो वर्षको जेठ १४ गतेबाट सम्पूर्ण पर्यटक हटाएर बन्द भएको यो होटल पुननिर्माण नहुँदा र व्यवस्थापनले पनि होटल संचालनको चासो नदेखाउँदा पूर्ण रूपमा बन्द भएको हो । भारतीय लगानीकर्ता लारी परिवारको यो होटल बन्द हुँदा ३ सय जना नेपाली कामदार नै बेरोजगार भएका छन् । यो होटल भारतीय नागरिक मस्कुर अहमद लारीको अध्यक्षतामा उनकै परिवारका सदस्य संचालक समितिमा रहेका थिए । मजदुर समस्याको बाहानमा होटल बन्द होटल व्यवस्थापनले पटक पटक कर्मचारी युनियले सहयोग नगरेको आरोप लगाउँदै आएको थियो । होटल व्यवस्थापन स्रोतका अनुसार कर्र्मचारी युनियनको सहयोग नभएको कारण होटल बन्द नै गरिएको हो । मजदुरले पटक पटक असहयोग गरेकोले पनि मजदुर समस्याकै कारण होटल नखुलेको उल्लेख छ । होटल व्यवस्थापनले भूकम्पले बनाएको क्षतिपछि बढाएको थियो । होटलले २०७२ जेठ ३२ गते नै श्रम ऐन २०४८ को दफा १२ बमोजिम सम्पूर्ण कामदार कर्मचारी कटौति गर्न नेपाल सरकारसमक्ष अनुमति मागेको थियो । होटल राम्रोसँग चलेको भएपनि होटल मालिकले विस्तारै मजदुर विवाद निकालेर होटल बन्द गराएको उल्लेख छ । होटलका कर्मचारीले भने नियतबस होटल बन्द गरेको आरोप लगाएका छन् । कर्मचारीले होटलको पुनर्निर्माण गरी भएकै कर्मचारीबाट होटल संचालन गर्न माग गरेर संसदको श्रम समितिसमक्ष पुगेको भएपनि होटल भने पुन संचालन हुन सकेन । दि एभरेष्ट होटल संयुक्त संघर्ष समिति संयोजक होम सुवेदीका अनुसार होटलको आवश्यक मर्मत गरी छिटो संचालन गर्न कर्मचारीले साथ रहेकोले कर्मचारी कटौति नगर्न गरेको पटकपटको मागलाई व्यवस्थापनल वास्तै गरेन् । नेपाल लगानी बढ्दै गइरहेको अरु होटल आने क्रम भइरहेको समयमा भएकै होटल बन्द हुनुले कर्मचारीको रोजीरोटि खोजिनुका साथै लगानीको वातावरण नै विग्रदै गएको सन्देश प्रभाव भएको छ । नेपालमा उत्कृष्ट सेवा दिइरहेको यो होटल हरेक वर्ष लाभमा हुँदा पनि व्यवस्थापनले अझै संचालनको चासो देखाएका छैनन् । होटल निकट स्रोतका अनुसार व्यवस्थापनले पूरै होटल रिनोभेसन गर्न चाहेका भएपनि प्रक्रिया भने अगाडि बढेको छैन । होटल नहुँदा क्यासिनो लगानीकर्ता विच्किए होटल नभएको कारण क्यासिनोमा लगानी गर्न चाहेका लगानीकर्ता पनि फिर्ता गएका छन् । होटल भएपछि मात्रै क्यासिनो संचालन हुने भएकोले पनि भारतीय लगानीकताले क्यासिनो संचालन गर्न चाहेको भएपनि प्रक्रिया अगाडि नै बढ्न पाएन् । एभरेष्ट होटलमा क्यासिनो नभएको कारण यसका लगानीकर्ता इम्पेरियल समूह अहिले होटल अन्नपूर्णको क्यासिनोमा लगानी गर्न थालेको पनि उल्लेख छ । होटलबाट नै पानी, वत्ति क्यासिनोमा जाने हुुुन्छ । होटलमै आएका पाहुना क्यासिनो जाने भएकोले कुनै पनि क्यासिनो संचालन हुन होटल अनिवार्य छ । क्यासिनोमा करीब पाँच सय कर्मचारीले काम पाउने भएपनि यो होटल बन्द हुँदा यसको क्यासिनोमा काम गर्ने कर्मचारी पनि बेरोजगार भएका छन् । एभरेष्ट क्यासिनोमा पनि झण्डै पाँच सय जना कर्मचारी थिए ।

रिलायबल माइक्रोफाइनान्सले २० प्रतिशत लाभांश दिने, ५० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय

काठमाडौं, १० असोज । रिलायबल माइक्रोफाइनान्स वित्तिय संस्थाले २० प्रतिशत लाभांश दिने भएको छ । असोज ९ गते बसेको संस्थाको सञ्चालक समिति बैठकले लगानी कर्तालाई २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्विकृति तथा संस्थाको आगामी साधारण सभाले पारित गरेपछि लगानी कर्ताले २० प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् । पाँच करोड चुक्ता पुँजी रहेको कम्पनीले गत आर्थिक वर्षमा १ करोड ८८ लाख नाफा कमाएको थियो । त्यस्तै, सोही बैठकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय पनि गरेको छ ।

एक्सल डेभलपमेन्ट बैंकले २६ प्रतिशत लाभांश दिने

काठमाडौं, १० असोज । एक्सल डेभलपमेन्ट बैंकले २६ प्रतिशत लाभाांश दिने भएको छ । असोज ९ गते बसेको बैंक् सञ्चालक समितिको बैठकले लगानी कर्तालाई २५ प्रतिशत बोनस सेयर र एक दशमलब ३१५७९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो । बैंकको आगामी साधारण सभा र नेपाल राष्ट्र बैंकको स्विकृति पछि एक्सलका लगानी कर्ताले सो मात्रामा लाभांश पाउनेछन् । ३० लाख चुक्ता पुँजी भएको एक्सलले गत आवमा १० लाख नाफा कमाएको थियो ।

समाज कल्याणको मिलेमतोमा २९ करोड घोटाला, कनक दिक्षीत पनि मुछिए

काठमाडौं १०, असोज । समाज कल्याण परिषदका पदाधिकारीसँगको मिलेमतोमा सोसल साइन्स बाहा र एलायन्स फर सोसल डाइलगले २९ करोड रुपैयााँ आर्थिक अनियमिता गरेकोे फेला परेको छ । गैर सरकारी संस्थाहरुले विदेशी दाताहरुबाट नेपाली जनताको नाममा करोडौ रुपैयाँ ल्याएको र सो रकम र परिषद्सगँको मिलेमतोमा बाँडीचुँडी खाएकको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगको लगाएको छ । अख्तियारल थालेको छानविनको प्रारम्भिक चरणमा एलान्यस फर सोसल साइन्सले १५ करोड ६५ लाख र बाहाले १३ करोड ५५ लाख रुपैयाँ गरी कूल २९ करोड २० लाख रुपैयाँ आर्थिक अनियमितता भएकोले आवश्यक छानविन सुरु भएको उल्लेख छ । सोसल साइन्स बाहा नामक संस्थासंग आवद्ध एलायन्स फर सोसल डाइलग संस्था दर्ता नै नभई दर्ता भएको संस्था सरह कार्य गरिरहेकोले यसको बारेमा छानविन गरि कारवाहि प्रक्रिया अगाडि बढाउन लागिएको अख्तियारले जानकारी दिएको छ । अख्तियारले यो संस्थाको अनुसन्धान क्रममा सम्वन्धित संस्थाहरुको सम्पूर्ण कागजपत्र माग गर्दा समाज कल्याण परिषदबाट संस्थाहरुको सम्पूर्ण कागजपत्र उपलव्ध नभएको, उपलव्ध भएका विगत पांच बर्षका कागजपत्रहरुका अनुसन्धान थालेको जानकारी दिएको छ । प्रारम्भिक रुपमा छानविन गर्दा सोसल साइन्स बाहा नामक संस्था मिति २०६३/१०र१ मा संस्था दर्ता भएको छ । २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय, ललितपुरमा दर्ता भएको, मिति २०६३/१०र१० मा समाज कल्याण परिषदसंग आवद्धता भएको र सोसल साइन्स बाहामा निर्मलमान तुलाधर अध्यक्ष, बसन्त थापा उपाध्यक्ष, डा.सुधिन्द्र शर्मा महासचिव, मोहन मैनाली कोषाध्यक्ष, निर्मल ज्ञवाली सदस्य र कनक दिक्षीत सदस्य रहेका छन् । एलाइन्स फर सोसल डाइलगू नामको संस्थाको कार्यकारी समितिको अध्यक्षमा सुशिलराज प्याकुरेल र सदस्यहरुमा अमुदा श्रेष्ठ, बिमला राई पौडेल, हिरालाल बिश्वकर्मा, मुक्ता सिंह लामा, शशि अधिकारी, सुरेन्द्र लाभ कर्ण रहेको तथा संस्थामा निर्देशक हरि शर्मा सहितका अन्य कर्मचारीहरु समेत रहेका छन् । संस्थालाई सोसल साइन्स बाहाले विगत ५ वर्षमा १३ करोड भन्दा बढी रकम खर्च अनियमति गरेको पाइएको छ । विभिन्न २२ वटा दातृ संस्थाहरु बाट स्थापनाकाल देखि हालसम्म ४७ करोड ९१ लाख भन्दा बढी रकम प्राप्त गरेको लेखा परीक्षण प्रतिवेदन समेतबाट देखिएको छ । यसरी विदेशी दातृ निकायहरुबाट प्राप्त रकम मध्ये विगत करिव ५ वर्षमा एलाइन्स फर सोसल डाइलग र सोसल साइन्स बाहाले २९ करोड २० लाख रुपैयाँ रकम खर्च गरेको उल्लेख छ । सो मध्ये एलाइन्स फर सोसल डाइलगले मात्र १३ करोड रुपैँया भन्दा बढी रकम खर्च गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको हुँदा माथि उल्लेखित ५ वर्ष लगायत अन्य वर्षहरुमा उपरोक्त गैर सरकारी संस्थाहरुले खर्च गरेको रकमको विषयमा समेत छानविन गर्नुपर्ने देखिन्छ।